
पार्टी विभाजन पछि वैद्यको यो पहिलो चीन भ्रमण हो । एमाओवादीबाट औपचारिक रुपमा पार्टी विभाजन भएर नेकपा–माओवादी गठन भएको एक महिना नबित्नै वैद्यले चीनको भ्रमण गर्न लागेका हुन् ।
वैद्यसंगै पार्टी विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल पनि चीन जाने कार्यक्रम रहेको पार्टी प्रवक्ता पम्पा भुसालले जानकारी दिएकी छन् । दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा पार्टी विभाजनपछिको अवस्था बारे चिनियाँ कम्युनिष्ट नेताहरुसंग छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।
0 comments:
Post a Comment