
यो कण छ वा काल्पनिक हो भन्ने बारेमा संसारका वैज्ञानिकहरूका बीचमा लामो समयसम्म बहस चलेको थियो । यसका बारेमा प्राप्त हुने जानकारीले भौतिक विज्ञानको चित्र नै बदलिने वैज्ञानिकहरूको विश्वास छ । यसको गति प्रकाशको गति भन्दा तीव्र हुने समेत समाचारमा जनाइएको छ । तथापि हिग्स पार्टीकल्स एक यस्तो अवधारण हो जस्को अहिलेसम्म प्रयोगमार्फत प्रमाणित गर्न सकिएको छैन । यदि यो अवधारणलाई यर्थाथतामा फेर्न सकिए यसमार्फत ब्रमाण्ड निर्माणमा पहलुहरू सुल्झाउन सकिने वैज्ञानिकहरूको विश्वास छ ।
यससम्बन्धमा अनुसन्धान गर्न लार्ज हेड्रोन कोलाइडर नामक परियोजना निर्माण गरेर लगभग १० अर्ब डलर खर्चिएको थियो । यस अवधारणअन्तर्गत संसारकै सबैभन्दा तीव्र कणहरूको निर्माण गरी ती कणहरूलाई प्रकाशको गतिका आधारमा प्रोटनसँग जुधाइन्छ । यसमार्फत नै ब्रमाण्डको निर्माणको राज खुल्न सक्ने वैज्ञानिकको दाबी छ । यसलाई वैज्ञानिकहरूले गड पार्टीकल्स पनि भन्ने गरेका छन् ।
यदि यसको अस्तित्वलाई मानव हितमा प्रयोग गरिए यसले संसारले झेलिरहेका ऊर्जा संकट सहज समाधान गर्न सकिने तथा भौतिक विज्ञानमा वस्तुको गतिबारेमा नयाँ अवधारणको विकासहुने जनाइएको छ । यसले ब्रमाण्डको अनुसन्धान प्रक्रियालाई थप सहज बनाइदिने छ भने भौतिक विज्ञानमा उलटफेर सिर्जना गर्नेछ । वैज्ञानिकहरूले आफ्नो सोधलाई सार्वजनिक गर्नु अगाडि यो अस्तित्वमा रहेको दाबा गर्ने वैज्ञानिक पिटर हिग्सलाई समेत जेनेभामा बोलाइएको थियो ।
0 comments:
Post a Comment