Sunday, August 10, 2014

‘संसारका मजदुरहरु एक होऊ’ भनेर कार्ल माक्र्सले कम्युनिष्ट पार्टीको घोषणापत्रमा लेख्नुभएको छ । त्यही अजेय नारामा आफ्नो आवाज बुलन्द पार्दैै संसारव्यापी रुपमा मजदुरहरु साँच्चिकै गोलबद्ध हुँदै गए । आखिर तिनै संगठित मजदुरले संसार हल्लाए । संसार बनाएका पनि तिनैले हुन् । फ्रान्स, अमेरिका, रुस, चीन लगायत थुप्रै देशमा पूँजीपति वर्गका विरुद्ध उनीहरुले आफ्नो असली तागत देखाए । विभिन्न कालक्रममा मजदुरहरुले आफ्नो हक अधिकारका लागि सचेत र संगठित, स्वतः स्फूर्त रुपमा आन्दोलन उठाइरहे, चलाइरहे ।
त्यसकै प्रतिफल स्वरुप ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन’ को श्रम सम्बन्धी मान्यता कायम गराइछाडे । यसका लागि उनीहरुले कैयौं जीवनहरु आहुत गरे । सामान्य र सहजरुपमा मजदुरहरुले अहिलेसम्म केहीपनि पाएका छैनन् । मजदुर आन्दोलनको इतिहास पूरै रक्तरञ्जित छ । यो त भयो १९ औं र २० औं शताब्दीको इतिहासको कुरो । अब २१ औं शताब्दी हुँदै अगाडि कसरी जान्छ त मजदुर आन्दोलन ? यस बारेमा तल छलफल चलाऔं ।
    १९ औं शताब्दी जस्तो २० औं शताब्दी रहेन । पूँजी, उद्योग, कल(कारखाना, विज्ञान–प्रविधि, मानव चेतना, प्राकृतिक अवस्था आदि सबै प्रकारले फरक, भिन्न र उन्नत रहँदै आयो । भौतिक पूर्वाधार, सञ्चार, संस्कृति पनि उस्तै रहेन । मालिक र मजदुरको चिन्तन शैली, जीवनशैली आदिमा पनि काफी परिवर्तन आयो । शासक वर्गमा शासन गर्ने शैली पनि स्वतः फेरियो । पहिले सिधा र बलप्रयोगको तरिकाबाट आउँथे, अब त्यस्तो छैन । अहिले कानूनी, अप्रत्यक्ष, कुटनीति र षड्यन्त्र प्रयोग गर्छन् । मजदुर आन्दोलन र त्यसको नेतृत्व टीमभित्र भ्रम छर्ने, खरिद गर्ने, जासुस घुसपैठ गराउने, लोभलालच देखाउने, साम, दाम, दण्ड, भेद जस्ता सबै हतकण्डा चलाएर भएपनि फुटाउने र  शासनसत्ता टिकाउनेतिर लाग्ने गर्दछन् । सुख, सुविधा र सहुलियत दिएर पनि ठीक पार्ने गर्छन् । मजदुर वर्गभित्र पनि संगठित र जुझारुपना विस्तारै हराउँदै जान खोजे जस्तो देखिन्छ । अल्छी, स्वार्थी, व्यक्तिवादी, मनोगत, उत्तरआधुनिकतावादीपनले घेराहाल्दै निल्दै गरेको पाइन्छ । परिचित र अपरिचित यावत् समस्याका कारण मजदुर वर्ग र आन्दोलन ठूलो समस्या, अन्योलता र पींडा ग्रस्त छ । यसबेला सर्वहारावर्गको अग्रदस्ता कम्युनिष्ट पार्टी र त्यसको मूल नेतृत्व टीमले समग्र विश्व कम्युनिष्ट आन्दोलन, वर्गीय मुक्ति तथा राष्ट्रिय मुक्ति आन्दोलन, क्रान्तिका रणनीति र कार्यनीति (कार्यनीति र कार्यक्रम), विद्यमान समाज र सत्ताको नयाँ विश्लेषण नगरेर संश्लेषणमा पुग्न गाह्रो छ । त्यसकै आधारमा सामान्य र विशिष्ट रुपमा मजदुर आन्दोलनको दिशा र दशा निर्धारण हुन्छ । नत्र मजदुर आन्दोलनको दिशा, दशा र भविष्य गन्तव्य विहीन बन्न पुग्छ । त्यसो हुन नदिनका लागि मजदुर वर्गीय नेतृत्व र आन्दोलनले निम्न कुराहरुमा जोड र ध्यान दिन जरुरी छ ।
१. विचार र कार्यदिशामा स्पष्टताको प्रश्न ः–
जबसम्म माक्र्सवाद(लेनिनवाद(माओवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा बुझ्ने र ग्रहण गर्ने गरिंदैन, तबसम्म हाम्रो सन्दर्भमा जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्दै समाजवादी क्रान्तिको आधार निर्माण गर्न सकिंदैन । मालेमालाई क्रान्तिकारीकरणका नाममा जड र यान्त्रिक रुपमा, सिर्जनशिलता र वैज्ञानिकताका नाममा दक्षिणपन्थी सुधारवादी, अवसरवादी तथा विशुद्ध अनुभववादी रुपमा बुझेर ग्रहण गरेर पनि हुँदैन । बरु यसलाई त ऐतिहासिक द्वन्दात्मक भौतिकवादी रुपमा बुझ्नुु, ग्रहण गर्नु र लागू गर्नुपर्छ । त्यो भनेको सिद्धान्त(व्यवहार(सिद्धान्त, व्यवहार–सिद्धान्त–व्यवहार भएर जाने हो । सिद्धान्तको बुझाई र व्यवहारको प्रयोग गराई ठीक छ कि छैन भनेर जाँच्ने कसीको नाम द्वन्द्ववाद हो । हामीले मालेमाको रक्षा, प्रयोग र विकास गर्न सकेनौं भने क्रान्ति र मुक्ति असम्भव छ । रक्षा, प्रयोग र विकासलाई समग्र सेटमा लिनु र बुझ्नुपर्छ । अंशमा लिएर हुँदैन । अन्ततः विचार र कार्यदिशा नै निर्णायक प्रश्न हो । यो सही वा गलत हुनुले सबैकुराको निर्धारण गर्छ । तसर्थ विचार र कार्यदिशा खरो(दह्रो र स्पष्ट हुनैपर्छ ।
२. संगठन निर्माण, विस्तार र सुदृढीकरणको प्रश्न ः–
विचार र कार्यदिशा सही भएर मात्र पुग्दैन । सोही अनुसारको संगठनात्मक कार्यदिशा पनि हुन आवश्यक छ । जसरी विचार र कार्यदिशामा नवीनता र विकास अपरिहार्य हुन्छ, त्यसैगरी संगठनमा पनि संगठनात्मक सिद्धान्त, अवधारणा, नीति, विधि र संरचनामा नयाँपन र विकास नभइ हुँदैन । त्यतिले मात्र पनि पुग्दैन । संगठन परिचालन विधि र शैलीको पनि विकास गर्नुपर्छ । संगठन गर्ने पुरानै शैलीले काम दिंदैन । आमाहरु बच्चा जन्माउँछन्, हुर्काउँछन् र बल–बुद्धिले भरिपूर्ण पार्छन् । ती आमा जस्तै हामीले पनि संगठन निर्माण, विस्तार र सुदृढ गर्न नितान्त आवश्यक छ । संगठन त बनाउने तर त्यसको बैठक बस्ने, प्रशिक्षण, योजना, कार्यक्रम निर्माण, कार्यान्वयन, समीक्षा, मूल्याङ्कन आदि गरिएन भने केही अर्थ रहन्न । विचार र कार्यदिशापछिको दोश्रो हतियार संगठन नै हो । सचेतन रुपमा संगठनमा आवद्ध नभएका मान्छेहरु बगरका लोरा(ढुंगा) र छाडा साँढे जस्ता हुन्छन् । तिनीहरु गन्तीमा आएपनि काम र नतिजामा कहिल्यै आउँदैनन् । त्यस्तो नहोस् भनेर सचेत, ठोस र मूर्त रुपमा संगठन निर्माण, विस्तार र सुदृढीकरणमा जानैपर्छ ।
३. आर्थिक, साँस्कृतिक र व्यवस्थापकीय प्रश्न ः–
माथि १ र २ नम्बरको अन्तरसम्बन्ध जति अकाट्य छ त्यति नै तिनीहरुसँग यो ३ नम्बरको पनि छ । भोको पेट र असभ्यताले केही पनि गर्न सकिन्न, कहीं पनि पुग्न सकिन्न । जतिसुकै सुन्दर र वैज्ञानिक विचार, कार्यदिशा र संगठन भएपनि आर्थिक, साँस्कृतिक र व्यवस्थापनको पाटो मिलाउन सकिएन भने त्यसले यथार्थ धर्तीमा ओर्लिन र कार्यरुप पाउन प्रायः गाह्रो हुने गर्दछ । अबको जमाना पूर्णतः व्यवस्थापकीय जमाना नै हो । व्यवस्थापन भन्ने विषयको बहुआयामिकता झन्झन् बढिरहेको छ । यसले चौतर्फी चुनौति सिर्जना गरेको छ । जसले जहाँ जति सफलतम् ढंगले व्यवस्थापन गर्न सक्यो त्यसले त्यति नै मात्रामा विजयश्री चुम्दै जान्छ । सिंगो भविष्य पनि उसकै हुन्छ ।
४. नयाँ पिढी र युगको सन्देश ः–
धेरै पहिलेको कुरा त गर्दै नगरौं । त्यो त अर्कै र टाढाको विषय भो । केवल बीस–तीस वर्ष यताका मात्र कुरा गरौं । त्यति बेला अहिले जस्तो जमाना थिएन  । हामी शर्माउँथ्यौं, यस्ता सञ्चारका नयाँ नयाँ साधन पनि थिएनन् । एउटा चिी महिनौं बोकेर पु¥याउनु पथ्र्यो । मान्छे पनि निकै सोझा(सिदा खालका । छलछाम र तिकडम केही नजान्ने । दिएको काम खुरुखुरु गर्ने । भनेको कुरो असाध्य आज्ञाकारी छात्र–छात्रा झैं मान्ने । अग्रजप्रति आदर सम्मान, समन्वय प्रति आत्मिय ममता, आफूभन्दा कनिष्टप्रति गहिरो स्नेहभाव रहन्थ्यो । परस्पर एकता र भातृत्व पनि त्यत्तिकै मजबुत थियो । अहिले फरक छ । शायद विज्ञान, प्रविधि र जमानाको प्रभाव होला । नयाँ पिढी निकै चलाख छ । आँककक गरे अलङ्कार बुझ्दछ । देश–देशान्तरको कुरा छिनभरमै पढ्दछ र जान्दछ । राम्रा–नराम्रा कुराहरुको प्रवाह त्यत्तिकै तीब्र गतिमा बहनेभएकाले पनि हाम्रा नयाँ मान्छेहरु छिट्टो प्रभावित वा दुश्प्रभावित हुने गर्दछन् । विज्ञान वरदान र अभिशाप यहींनिर हुने गरेको छ । अहिलेका मजदुरहरु पहिले जसरी केवल भौतिक श्रममा मात्र व्यस्त छैनन्, बरु छलाङ्मय गतिमा मानसिक र प्रविधिगत श्रममा लिप्त छन् । ज्याला–मजदुरी पनि उस्तै र उति नै छैन । मजदुरको श्रममाथि शोषणका प्रकृति र प्रवृत्तिहरु प्नि फेरिएका छन् । यसकारण पनि मजदुर आन्दोलन र नेतृत्वले आफ्ना सम्पूर्ण नीति, योजना र गतिविधिहरु फरक ढंगले नै निर्माण–कार्यान्वयन गर्नु पर्दछ । यदि त्यसो गरिएन भने विभिन्न खालका असंगतिहरु आउन सक्छन् । अर्थात् मजदुर असंगठित र आन्दोलन असम्भव हुन सक्छ ।
यसरी नयाँ पिढी र युगको सन्देश बुझ्ने र वस्तुसंगत रुपमा व्यवहारमा उल्था गर्न आवश्यक छ । अन्तमा निर्णायक त विचार नै हुन्छ । यी त भए जोड दिनैपर्ने कुराहरु । जसलाई हरहालतमा छुटाउन सकिन्न ।
त्यस्तै केही ध्यान दिन लायक कुराहरु छन् । जस्तो ः– कार्र्यशैलीमा विचार पु¥याउनुपर्ने । हामी मजदुरहरुको बीचमा जाँदा उनीहरुको साथी भएको अनुभूति दिऔं, मालिक र पर्यटक होइन । पाहुना, हाकिम र अतिथि बन्ने गरियो भने त्यहाँ हाम्रो विचार र संगठन घुस्न नसक्ने हुन्छ । एउटा भनाइ पनि छ, ‘सादा जीवन, उच्च विचार र कडा परिश्रम ।’ यो हामी मजदुर र कम्युनिष्टहरुका लागि नै भनिएको हो । त्यत्तिकै वैज्ञानिक पनि छ ।
    मजदुरका कतिपय स(साना कामहरु तत्कालै गरिदिने, सुल्झाइदिने काम पनि गर्नै पर्ने काम हुन् । प्रशासन, नियम(कानून, नीति, विधि, प्रक्रिया भन्दै उल्झाइदिएका हुन्छन् प्रशासकहरु, विचरा सोझा–सिधा मजदुरहरुलाई । ती काममा हाम्रो सहयोग रह्यो भने उनीहरु अरुतिर भौंतारिने कुरै आउँदैन । हाम्रो शिघ्र र राम्रो लगाव हुनुप¥यो । उनीहरुले हामी र हाम्रोबाट भविष्य र समाधान देख्नुप¥यो ।
    पहिलेका जस्ता विशुद्ध कारखाना मजदुर र त्यसमै वा ज्यालामै आफ्नो जीवन धान्ने मजदुर पाउन अब गाह्रो छ । उद्योग, उद्यम, कल–कारखानाको प्रकृति फरक(फरक छन् । हामीले देखेको कारखाना मजदुर र कृषि मजदुर मात्र नभएर यावत्–विविध क्षेत्र र आयामका मजदुरहरु छन् । तिनीहरुको पहिचान गरेर त्यहाँ पस्न सक्नुप¥यो । तेल बनेर पस्ने र अमृत बनेर निस्कने हो । तर, कोल बनेर होइन । मजदुर फाँटलाई सबै प्रकारले अभेद्य किल्ला बनाउनुपर्छ ।
    यसैगरी मजदुरका विमा, बोनस, शिक्षा, स्वास्थ्य, तालिम लगायतका कुराहरुलाई यथासमय सर्वत्र कायम गरेर लागू गर्न÷गराउन राज्यपक्ष र सम्बन्धित निकायलाई शान्तिपूर्ण र संघर्षको माध्यमबाट बाध्य तुल्याउनुपर्छ । हक अधिकार रोएर र मागेर कहीं कसैले पनि दिंदैन । लडेर सकभर शान्तिपूर्ण र नैतिकबल प्रयोग गरेर लिनुपर्छ । त्यसरी भएन भने संघर्षपूर्ण र भौतिकबल प्रयोग गरेरै भएपनि नलिई हँुदैन । महिला मजदुरहरुलाई प्रसुती बिदा र भत्ताको व्यवस्था गराउनुपर्छ । दलित मजदुरप्रति गरिने छुवाछूत, भेदभाव र उचनिचको डटेर विरोध गरिनुपर्छ । त्यसको अन्त्यका लागि निरन्तर सशक्त रुपमा संघर्ष सञ्चालन गर्नुपर्छ । क्षेत्रीय र साम्प्रदायिक विभेद विरुद्ध पनि मजदुरवर्ग उठ्न जरुरी छ ।
अन्तमा, मजदुर आन्दोलनभित्र जुझारु ट्रेडयुनियनवादी अर्थवाद, सुधारवाद हावी हुने खतरा रहन्छ । यसका विरुद्धमा क्रान्तिकारी सर्वहारावर्गीय माक्र्सवाद पकड्नैपर्छ । उत्तरआधुनिकतावादी उपभोक्तावादले सताइरहेको अवस्था हो यो । यसर्थ पनि मालेमावादी सर्वहारावर्गीय मजदुरहरुले चौतर्फी फणा उठाएका चुनौतिहरुलाई चिन्न र चिर्न जरुरी छ । मजदुरवर्गले क्रान्तिकारी अग्रगामी धारलाई अरु तेज पार्दै यथास्थितिवादी, प्रतिगामी(प्रतिक्रियावादी धारलाई छिचोल्दै अघि बढ्नैपर्छ । यसको विकल्प छैन । ‘कि त गर, कि त मर’ नै हो । मजदुरवर्गको क्रान्तिकारी धारले विगत र वर्तमानको शिक्षा र सवकबाट भविष्यको गोरेटो कोर्नुपर्छ । विश्व साम्राज्यवाद, विस्तारवाद र बचेखुचेको सामन्तवादले मजदुरहरुको क्रान्तिकारिता, एकता, विचार र साहसलाई भुत्ते पार्न हजार हतकण्डा अपनाउँछ । यो पनि जान्दै त्यसका विरुद्ध लड्ने माथि उल्लेखित तीन कार्यदिशा तय गर्नै पर्छ । ती कार्यदिशालाई एक आपसमा जोड्दै शिघ्र र निपूर्णतापूर्वक लागू गर्दै गएमा मजदुरवर्गले आन्दोलनमा नयाँ आयाम र किर्तीमान कायम गर्नेछ । यो सम्भव छ । आजैबाट थालौं÷लागौं । समाप्त

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts