Wednesday, August 21, 2013

धादिङको तीन क्षेत्रमा नै चुनाव जित्ने दावी

भाद्र ५ ।धादिङ । एनेकपा माओवादी धादिङले श्रावण १० गतेवाट “पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभावाटै संविधान”  को मूल नारासहित संविधानसभाको निर्वाचनको तयारीका लागि पार्टी केन्द्रको निर्देशन अनुसार संचालन गरेको जनसम्बन्ध सुदृढीकरण अभियान सम्पन्न गरेको छ ।
अभियान सम्पन्न पछि तीनवटै क्षेत्रका संयोजकहरुले धादिङको तीन वटै क्षेत्रमा माओवादीले जित्ने दावी गरेका छन् ।
जनताहरु संविधान सभाको निर्वाचन छिटो भन्दा छिटो होस् भन्ने पक्षमा रहेको बताउँदै धादिङ क्षेत्र नं.२ को अभियानलाई नेतृत्व गर्नु भएकी एमाओवादी केन्द्रीय सदस्य शशी श्रेष्ठले आफ्नो पार्टी संगठन हरेक गाविसमा बलियो रहेको बताउनु भएको छ । केन्द्र गुट उपगुटले बिग्रेको बेलामा पनि गाउँमा पार्टी एकताबद्ध रहेको बताउँदै श्रेष्ठले क्षेत्र नं.२ मा एमाओवादीलाई चुनावमा कसैले हराउन नसक्ने बताउनु भएको छ ।
यस अभियानमा केन्द्रिय सल्लाहकार क. खुसीराम पाख्रीन तामसालीङ राज्य सम्मेलन आयोजक समिति सदस्यहरु धनबहादुर बुर्लाकोटी , मनराज भण्डारी, गणेश तिवारी, सृजना रिजाल, विनोदबाबु रिमाल, दिपक विश्वकर्मा, प्रमोद पोखरेल, राम ढकाल, भरत कोईराला लगायतका नेताहरु  सहभागी थिए ।  यसैगरि Ôेत्र नं. १ को जिम्मा बोकेर अभियानको नेतृतव गर्नू भएका  एमाओवादीका केन्द्रीय सदस्य श्रीकृष्ण अधिकारीले आफले अभियान संचानल गरेको क्षेत्र जनयुद्धको आधार क्षेत्र भएकाले यो क्षेत्रमा अरु कसैले चुनाव नजित्ने बताउनु भएको छ । अभियानमा जिउँदा सहिदका रुपमा स्थापित एमाओवादी नेता तथा तामसालिङ राज्य सम्मेलन आयोजक समिति सदस्य रामबहादुर भण्डारी, राजु नेपाल , रामबहादुर थापा, शुसिला थापा, वीरबहादुर तामाङ, सोम्बोले तामाङ, रामसिंङ् तमाङ, लगायतका नेताहरुको सहभागिता रहेको थियो । त्यसैगरी धादिङ क्षेत्र नं. ३ को नेतृत्व माधव नेपाललाई चुनावमा पछार्दै चर्चामा आउनुभएका
एमाओवादीका केन्द्रीय सदस्य झक्कु प्रसाद सुवेदीले गर्नु भएको थियो । सुवेदीले  क्षेत्र नं.३ मात्र नभै मुलुक नै एमाओवादी मय भएकोले पहिलो चुनावमा  भन्दा राम्रो नतिजा आउने दावी गर्नू भयो । भेटमा उहाँले चुनावमा जितिदैन कि भन्दा पनि प्रतिगामी र जडसुत्रवादीहरुले चुनाव गराउन दिदैनन् कि भन्ने चिन्ता रहेको बताउनु भएको थियो । उहाँले नेकपा –माओवादी तर्फ लक्षित गर्दै माथिबाट बार्ताको गीत र तलबाट बहिस्कारको गीत गाउँने बताएकाहरुले अहिले बार्ताको नाटक गरि रहेको र केहि ठुला भनिने दलहरु पनि त्यहि नाटकमा रमितेबनेको बताउनु भएको थियो । मंसिर ४ गते चुनाव भए आफनो पार्टीने दुई तिहाईबहुमत ल्याएर देखाई दिने समेत सुवेदीको दावी छ । राज्य सम्मेलन आयोजक समितिका सदस्य एमाओवादी तामसालिङ राज्य समिति सदस्यहरु उत्तमराज कडेंल, रामहादुर तामाङ , दिपक लामिछाने , राजन रेग्मी ‘निशान’, धुर्व सुवेदी र वाईसिएल धादिङका अध्यक्ष चन्द्रबहादुर सिलवाल लगायतका नेताहरु सहभागी रहेका थिए ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts