Sunday, May 18, 2014

धादिङबेसी जेष्ठ ५ । एड्भान्स एकेडेमी धादिङबेशिमा शैक्षिक सत्र २०७१ बाट चिनिया भाषामा कक्षा संचालन शुरु गरिएको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चिनिया भाषामा कक्षा संचालनको विषयमा शिक्षक र अविभावकहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यार्थीहरुमा अन्तराष्ट्रिय भाषा र संस्कृतिको विषयमा ज्ञान दिने उद्देश्यले विद्यालयमा चिनिया भाषाको कक्षा संचालन गरिएको विद्यालयका प्रिन्सपल गोविन्द बुढाथोकीले जानकारी दिनुभएको छ ।

स्थानिय पाठ्यक्रम अन्तर्गतको विषयमा कक्षा २ देखी ८ सम्म उक्त भाषाको कक्षा संचालन गरिएको हो । चिनिया भाषामा कक्षा संचालनको लागी इन्टरनेसनल भोलेन्टीएर अर्गनाइजेशनले विद्यालयमा आवश्यक शिक्षकहरु उपलब्ध गराइसकेको छ । कार्यक्रममा सहभागी अविभावकहरुले विद्यालयमा चिनिया भाषामा कक्षा संचलान हुनु राम्रो कामको शुरुवात भएको भन्दै यसमा प्रभावकारीता ल्याउनको लागी केहि समयको लागी मात्र नभई दिगो रुपमा कक्षा संचालन गर्नुपर्ने बताएका थिए ।

एड्भान्स एकेडेमीका निर्देशक विष्णु प्रसाद कोइरालाको अध्यक्षता, इन्टरनेसनल भोलेन्टीएर अर्गनाइजेशनका संयोजक बसन्त श्रेष्ठको प्रमुख आतिथ्य र सल्लाहाकार हाउ मिन जयीको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षक विद्यार्थीहरु लगाएत स्थानिय समाजसेवि, वुद्धिजिवि वर्ग लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts