Sunday, July 27, 2014

लेखनाथ ढकाल

फ्रान्स र जर्मनीका गाउँमा, शहरमा र युरोपका विभिन्न देशमा देखिएको वर्ग संघर्षका उतार चढावमा रहेका घटनाहरुको शुक्ष्म अध्ययन गरेर एङ्गेल्सले लेखेका रचनाहरु आज पनि सामाजिक अध्ययनकर्ताहरुका लागि जीवित सामग्री झै रहेका छन, किनकी ती यथार्थ थिए ।
मानव चेतनाको विषयमा अध्ययनकर्ताहरुको खोज, जैविक विकासक्रमको मेकानिक्स र मानव इतिहासको विकासक्रम आदि विषयमा प्राप्त ज्ञानको आधारमा कार्ल माक्र्सको नेतृत्वमा द्वन्दात्मक र ऐतिहासिक भौतिकवादको आविश्कार भयो । स्वयं यस दर्शनको प्रस्तावनाले यो सारा विश्व ब्रम्हाण्ड तथा जैविक जगत परिबर्तनशील मान्दछ ।
माक्र्सवादको सुत्रपात भएको बखतको मानिसको चेतना र चरित्रमा परिबर्तन आएको छ, तर त्यही बेलाको परिभाषालाई अकाट्य मान्नुपर्ने सोंच बोकेर सर्वहारा वर्गको राज्यसत्ताको लप्mफाजी अहिलेसम्म पनि चल्ने गरेको छ । कार्ल माक्र्स र एङगेल्सले माक्र्सवादको सुत्रपात गरेको बेलाको मान्यतामा परिबर्तन आएको छ, मानव समाजको चरित्र र समग्र परिबेश बदलिएको छ । स्पेस–टाइम (दीक र काल), पदार्थ–शक्ति, जैविक–अजैविक क्षेत्रमा कार्ल माक्र्स र एङग्ेल्सको समयमा थाह हुन नसकेका धेरै कुरा मानव चेतनाको पहँुचमा आएका छन् । माक्र्सवाद आफैं परिस्कृत हुदै जाने कुरा स्वयं यसकै मूल प्रस्तावना हो । लेनिन र माओत्सेतुङसम्म मात्र होइन आज एउटै आधारभूत नियमका आधारमा सारा पकृतिका घटना सम्पन्न हुने रहेछन भन्ने चेतनाको युगमा मानव समाज आई पुगेको छ (युनिफाईड सिद्धान्त) । कार्ल माक्र्सका पालामा पदार्थको अणुको बारेमा समेत यथार्थ जानकारी थिएन ।
लेनिनका पालामा अणुको संरचना सम्बन्धी नयाँ र उत्तेजक आविश्कार भए । निल्सबोर र रदर्फाेडका सिद्धान्तहरुले स्वयं लेनिनलाई उत्तेजित पार्ने घटनाहरु लेनिनका रचनाहरुमा पाइन्छन । माओत्सेतुङको युग प्रकृतिलाई चार आयामिक परिभाषामा बुभ्mन सकिने समय थियो । स्वयं माओत्सेतुङले चीनीया क्रान्तिका फेयरिस्तको सैद्धान्तिकीकरण गर्ने सिलसिलामा अल्बर्ट आइन्स्टाइन र उनका समुहका विद्वानहरुसंग पटक–पटक छलफल गर्नुले तत्कालीन मानव चेतनाले गरेका उच्चतम उपलब्धीहरुलाई समेटेर दार्शनिक जगलाई बलियो बनाउन उनले गरेको योगदानको बारेमा बुझ्न सकिन्छ । दोश्रो विश्वयुद्धपछिको समय खासगरी सन् १९८० को दशकपछि मानव चेतनाको विकासमा आएको तीब्र विकास, सञ्चार र यातायातको विकासले  विश्वब्यापीकरणको प्रक्रियालाई नयाँ ढङ्गले अगाडि ल्यायो ।
आधुनिक हवाई यातायात सामन्य श्रमिकहरुसमेतको पहुँचमा रहनु र आधुनिक सञ्चार प्रणालीको विकासले आज विश्वको मानव समाज ज्ञान, सूचना, अनुभव आदानप्रदान आदि कुराले धेरै अगाडि छ । मानव समाजको आम चरित्र निर्धारण हुने प्रमुख तत्वहरुमा उत्पादनका स्रोत साधन र त्यसमाथिको पहुँच नै रहेको तथ्य यथावत हो, यद्यपि पहिलेको जस्तो एउटा मात्र पक्ष सामाजिक चरित्रको लागि निर्णायक मान्न सकिन्न ।
नेपालको इतिहासमा स्वतन्त्र प्राज्ञहरु जस्ले नेपाली समाजका विविध पक्षहरुको अध्ययन गरेर प्रस्तुत गरेको धेरै कम विषय रहेका छन भन्दा अयुक्ति नहोला, जसले यस क्षेत्रमा योगदान गरेका छन उनीहरुलाई अपमान गर्न खोजिएको होइन ।
राजनैतिक र सामाजिक सिद्धान्तका विषयमा विदेशी विद्वानहरुका विचारको सहायताले हाम्रो समाजको आँकलन गर्ने गरिएको छ । राणा शासनको पतनपछि वि पी कोइरालाले ल्याएको प्रजातान्त्रिक समाजवाद, कम्युनिस्टहरुले ल्याएको नौलोजनवाद र राजा महेन्द्रले ल्याएको निर्दलीय पञ्चायती ब्यवस्था बाहिरका सन्दर्भहरुबाट नै आएका हुन । कम्युनिस्ट खेमाभित्रबाट जनताकको बहुदलीय जनवाद मदन भण्डारीले स्थापित गराए र उनले यो कार्यक्रमलाई आप्mनो मौलिक र रचनात्मक रुपमममा लागु गर्ने प्रयत्न गरेका मान्न सकिन्छ । वामपंथी खेमाको अर्को घटकले जनयुद्धबाट नौलो जनवादी व्यवस्था लागु गर्ने प्रयत्न ग¥यो तथापि नौलो जनवादी व्यवस्थाको आजको सन्दर्भका विषयमा आफै रनभुल्लमा रहेको प्रतित हुन्छ । नेपाली समाज पुजीवादी चरित्रको रहेको र भन्दै आए जस्तो अर्धसामन्ती र अर्ध औपनिवेशिक नरहेको भन्ने कुरा सबैभन्दा पछिल्लो समयमा अर्को वामपंथी खेमाको समुहमा चर्चामा रहेको छ । क्लासिकल विचार अनुसार कम्युनिस्टहरुले प्राप्त गर्ने समाजवादमा पुग्न पुँजीवादी व्यवस्था जरुरी हुन्छ, पुँजीवादमा श्रमिक र मालिक हुन्छन, श्रमिकले मालिकका हातबाट सत्ता खोस्छन र समाजवाद लागू गर्छन ।
सायद उन्नाइसौ सताब्दीभरी यो साहित्यको औचित्यमाथि प्रस्न उठाउने ठाउँ रहेन होला तर बीसौ सताब्दीको पछिल्लो कालतिर आइपुग्दा पहिले कल्पना गरिएको राम्रो समाजका रुपमा नै पुँजीवादी समाज रहन पुगेको देखियो । पहिलेका परिभाषा अनुसारका न पुँजीवादी चरित्रको समाज छ, न समाजवादी । औद्योगिक क्रान्ति र त्यसपछि पहिलो विश्वयुद्धको समयको जस्तो सर्वहारा वर्ग नै रहेको छ । तर पनि, पुँजीवादी, समाजवादी, सर्वहारा, नौलो जनवाद आदि शब्द नल्याईकन कुनै प्रशिक्षण र भाषण नै चल्न सक्दैन आजभोलि । तर, यो देशलाई जे जस्तो गर्छु भन्ने कुरा गरिएको छ, त्यसको एउटा कलात्मक चलचित्र बनाउने हो भने पनि यथार्थभन्दा टाडाको कोरा काल्पनिक कथामा आधारित जस्तो मात्र त हुदैन ? विकासित तथा औद्योगिक समाजमा पनि आजको समयमा श्रमिकहरुको सोझो र गैरकानुनी शोषण गर्न पहिले जस्तो सकिदैन । अर्कोतिर विज्ञान र प्रविधिको विकास पहिले कल्पना नगरिएको अवस्थामा रहेको छ । डिजिटल प्रविधिबाट हजारौ श्रमिकहरुले गर्ने काम केही मानिसबाटै हुन्छ । राज्यले पूर्ण रुपमा समाजको नियन्त्रण सम्भव पनि छैन । प्रविधिममाथिकको नियन्त्रण र ट्रेडमार्क वा प्याटेण्टको नियन्त्रणबाट विश्व बजारको नियन्त्रण गर्ने अवस्था विकास भएको छ भने पहिले बजारको सामरिक नियन्त्रण हुने गर्दथ्यो ।
श्रमिकहरुको बीमा, पेन्सन, स्वास्थ्य र सामाजिक सुरक्षामा कानुनी अधिकार बनाइएको छ जवकी पहिले श्रमिकहरुलाई नागरिक हक अधिककार नै थिएन । यस्तो अवस्थामा औदोगिक क्रान्तिपछिको सर्वहारा बर्गको कुरा गरेर वर्गसंघर्षबाट राज्यसत्ता पाप्त गर्ने लप्mफाजीमा किन मानिस युद्धमा जान्छन् ? फेरी शोषक भनिएका शासकहरु प्नि आम नागरिकहरुबाट निर्वाचित भएर नै सत्ताको प्रमुख हुने परिपाटीको विकास भयो । मतदाताहरुको संख्या हेर्ने हो भने नेपालमा झण्डै सत्तरी प्रतिशत वामपंथी मतदाता रहेको स्थितिमा किन कम्युनिस्टको सरकार निर्वाचित हुन नसकेको होला ?
देशको पिछडीएको अवस्था र गरीब नेपालीहरुलाई समृद्ध बनाउने त्याग र हैसियत भएको नेता नभएको भन्न सकिएला ? राष्ट्रलाई समृृद्ध बनाउने सपना भएको इमान्दार नेतृत्वकर्ता नभएको भन्दा बेठीक होला ? माओवादलाई एक्काइसौं सताब्दीमा समाजको दार्शनिक आधार बनाउन आज मानिसको चेतनाले आर्जन गरेको ज्ञानको माथिल्लो
क्षितिजको प्रकाशमा यसलाई परिष्कृत गर्न जरुरी छ । आज मानिस एकीकृत सिद्धान्त(युनिफाइड थ्योरी)को तहमा पुगेको छ । युनिफाइड थ्योरीको सफलताले आजको उच्च प्रविधिको विकास संंभव भएको हो । विद्युत शक्ति बेग्लै चुम्बक शक्ति बेग्लै भन्ने अवस्थामा मानव ज्ञानको क्षितिज रहेको समयमा लेनिनले विकास गरेको दृृष्टिकोण लेनिनको अल्पायुमा नै मृत्यु भएको लगत्तै दुबै शक्ति एउटै सिद्धान्तमा बुभ्mन सफल भएपछि मार्कोनीले आविश्कार गरेको सञ्चार प्रणाली आजको आधुनिक मोवाइल प्रविधितर्फ विकास हुने ढोका खुलेको हो । चिप्स, टूान्जिस्टर र इलेक्ट्रोनिक्स प्रविधि ममानव ज्ञानले क्रान्तिकारी फड्को मारेपछिको परिणाम हो ।
माक्र्सवादको प्रस्तावना अनुसार प्रकृति र मानव समाजका विकासका आधारभूत नियम उस्तै हुन्छन । एउटा विडम्बनायुक्त प्रसङ्गले पङ्तिकारलाई झकझक्याई रहन्छ, त्यो के भने सन् १९२०–२५ तिर विद्युतशक्तिको रहश्यको विषयमा नयाँ अवधारणाले लेनिनलाई समस्यामा पारेको थियो र उनले नयाँ विचारलाई प्रतिभाशाली बैज्ञानिकहरुको साहित्य भनेर आलोचना गरेका थिए, लेनिनको मृत्यु भएको दुई वर्ष मै त्यो युगान्तकारी ज्ञानको प्रमाणित गर्न बैज्ञानिकहरु सफल भए । मानव ज्ञानको दुनियामा क्रान्ति आयो । लेनिन थप दस बर्ष बाँचेका भए द्वन्दात्मक र ऐतिहासिक भौतिकवादको दर्शनलाई समृद्ध पार्न ठूलो योगदान हुने अवस्था अवश्य रहने थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts