Showing posts with label लेख/विचार. Show all posts
Showing posts with label लेख/विचार. Show all posts

Tuesday, November 4, 2014

नेपालको प्रत्येक नियम कानुनको पालना गर्दै नेपाली भुमिबाट बैदेशिक रोजगारीमा पुगेका नेपालीहरुको ग्यारेन्टी लिने काम नेपाल सरकारको हो । यसरी नेपाल सरकारले तोकेको कानुन बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरि बैदेशिक रोजगारीमा पुगेका नेपाली नागरिकहरुको अहिलेको जल्दोबल्दो समस्या के हो ? त्यसमा ध्यान दिने काम नेपाल सारकारबाट हुन सकिराखेको छैन । सन् २०१५ नोभेम्बर महिनाबाट अन्तर्राष्ट्रिय स्तरमा हस्तलिखित पासपोर्ट नचल्ने सूचनासंगै अहिले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा चिन्ता थपिएको छ ।
मुलुक यतिबेला संघीय राज्य निर्माणको जगमा उभिएको छ । सबल र सक्षम राष्ट्र निर्माणका लागि राज्यका हरेक अङ्ग र निकाय चलायमान र सबलीकरण हुनु जरुरी छ । जब राज्यका सबै निकाय स्वत स्फूर्त रुपमा    चलायमान  हुन्छन तब मात्र राज्य पूर्नसंरचना  सम्भव छ ।

Friday, September 26, 2014

दशैं हिन्दु धर्मावलम्वीहरुका लागि महत्वपूर्ण चाड हो । दशैंलाई आफन्तहरुको जमघट, भाइचार सम्बन्धलाई पुर्नताजगी गर्ने अवसरका रुपमा लिंदा पनि हुन्छ । धार्मिक विश्वासमा दैवी शक्तिले असुरी शक्ति अर्थात देवताहरुले राक्षसहरुमाथि विजय हाँसिल गरेको हर्षमा यो पर्व मनाइने उल्लेख छ । यस पर्वलाई विजया दशमी पनि भन्ने गरिन्छ । हिन्दु धर्ममा विभिन्न चाडपर्वहरु रहेका छन् ति मध्ये दसैंलाई सबैभन्दा ठूलो चाड मान्ने गरिन्छ । नेपालमा शाहीकालमा राजालाई नै देवताको रुपमा अथ्र्याइएको थियो, त्यतिबेला हिन्दु राज्यकै रुपमा नेपाल रहेको थियो । दशैं १५ दिनसम्म र लगत्तै तिहार ५ दिन हिन्दुहरुले विशेष रुपमा मनाउने पर्व हुन् । यसका अलाभा दर्जनौ पर्वहरु रहेका छन् । पौराणिक कालखण्डमा धार्मिक विश्वास एउटा ऐन नियम परिधिजस्तो अथवा नैतिक बन्धनका रुपमा प्रयोग गर्न खोजेको देखिन्छ ।
“लाहुरेलाई चाडवाड नआएकै जाती, परिवारको सम्झनाले पोल्छ मेरो छाती” कर्ण दासको आवाजमा भएको यो गीत केवल शब्द मात्र नभएर कामको खोजीमा खाडी मुलुक भासिएका बीस लाख भन्दा बढी प्रवासी नेपालीहरुको प्रतिनिधी आवाज पनि हो । पहिले पहिले आफ्ना छोराछोरीलाई दशैतिहार अनि चाडवाड मनाउने जोहो गर्न नसकेर आमा रुने गर्थिन आजभोली त्यही छोराछोरी परदेशमा बन्धकी बसेर चाडवाड मनाउने जोहो त भएको छ तर घरपरिवार पुरै शुन्य भएको छ अझ भनौ दशै मानिदिने मान्छे नै छैन । एक या दुई घर मात्रै होइन गाउँ पुरै शुन्य भएको छ युवाहरु विदेसिएका छन् महिला केटाकेटी र बुढाबुढी बाआमा नआउने छोराछोरीको बाटो कुरिरहेका छन् यही नै हाम्रो वर्तमान समाजको तीतो यथार्थता हो ।
जब दशैँ आउछ अनि हामी परदेशीलाई रुवाउँछ ! आफ्नै देश आफ्नै परिवेश आफ्नै आफन्त र आत्मीय मित्रहरुको सम्झनाले पिरोल्छ ! आफ्नै देशका उकाली ओराली, साथीभाईसँगको रमाइलो झल्झली आँखामा आउँछ ! भौतिक सुख सुविधाले सम्पन्न भए पनि आफ्नोपन र आत्मियता छैन !

Friday, September 12, 2014

‘ए सेतु तेरो गाईले काँबाट बाच्छा पाउँछ भन् तो ?’ 
 मैले सेतुलाई सधै यही सोधेर हैरान पार्थेँ। 
अनि कहिलेकाहीं त उसले रिसाएर आफ्नो च्यातिएको मैलो फ्रक उल्टाउँदै भन्थी ‘यी ह्याँबाट ...... देखिस् ?’
होमराज विष्ट
बरिष्ट कृषि विकास अधिकृत धादिङ
धादिङ जिल्ला
–कुल क्षेत्रफल १९२४८७ हे.
–खेतीयोग्य जमिन ४८१३६ हे. (२५.०० ५)
–खेती गरिएको जमिन ३५३०० हे. (१८.२८ ५)
–सिंचित क्षेत्रफल १६५०० हे. (४६.७४ ५) खेती गरिएको जमिनको आधारमा खाद्यान्न वासलातको अवस्था न्यून ८३६३ मे.ट. अपुग ।
जिल्लाको कृषि प्राथमिकता
तरकारी, फलपूmल (सुन्तलाजात, लिची), मसला बाली (अदुवा), मह, च्याउ, वीउ उत्पादन ।
धादिङमा वीउ प्रतिस्थापन दरको अवस्था (क्च्च्) २०७१
 धान   – ५.५६ ५ प्रतिशद

Friday, September 5, 2014

धादिङबेसी । धादिङ जिल्लाका तीनवटा कम्यूनिष्ट पार्टीहरु ( एकृकीत नेकपा माओवादी,  नेकपा–माओवादी र नेकपा एकता केन्द्र )  बीच कार्यगत एकता भएको छ ।
 धादिङबेसीमा एमाओवादी धादिङ, नुवकोट र रसुवाका ईन्चार्ज हितबहादुर तामाङको विशेष उपस्थितिमा यी तीन पार्टी बीच कार्यगत एकता भएको हो ।
कार्यगत एकता पछि संयूक्त रुपमा कार्य संचालन गर्न रामबहादुर भण्डारीको संयोजकत्वमा तीन पार्टीको संयूक्त एकता मञ्च बनेको छ ।

Monday, September 1, 2014

श्रावणको गर्मी अलि अलि सञ्चो नहँुदैमा किन डराउनु र ? मैले यस्तै सोचेर साँझपख दुखेको शरीरलाई सान्त्वना दिएँ । राती त असाध्यै भयो, ज्वरो पनि एक सय दुई डिग्री, मलाई डर लाग्यो । पौने बाह्र बजे हरिदाइलाई घरमै लिन बोलाइ अस्पताल गएँ । रातिको समय डाक्टरसाब पनि आउनुभयो, ल्याबका साथीहरु पनि खट्नुभयो ।

Sunday, August 31, 2014

सगरमाथाको देश नेपाललाई विश्वक्रान्तिको आधार इलाका बनाउने महान् उद्देश्यका साथ सञ्चालित नेपाली जनयुद्ध समग्रयुद्ध थियो । दक्षिणपन्थीहरू, यथास्थितिवादीहरू, अवसरवादीहरूका सबैखाले षड्यन्त्रका कारण अहिले दोस्रो संविधान सभाको नाममा नाटक मञ्चन गरिरहेका छन् ।

Wednesday, August 20, 2014

आज भोलि केमा व्यस्त हुनुहुन्छ ? 
पार्टीको नवौँ महादिवेशन भर्खरै सम्पन्न भयो, नवौँ महादिवेशनले पारित गरेका नीति तथा कार्यक्रमहरुलाई जनताको बीचमा स्थापित गराउन लाग्ने तयारीमा छु । तपाईको त जागिर पनि राजनीतिले खाइदिएको थियो होइन ? 
 २०३४ सालमा श्री गौरेश्वर प्रावि दर्शनटार तारुका (हालको नुवाकोट जिल्ला) मा प्रावि स्थायी शिक्षक नियुक्ति भई एक वर्षपछि सिद्धेश्वर उमावि नलाङमा सरुवा भइआएँ ।

Sunday, August 17, 2014

सिन्धुपाल्चोक माङखा गाविसको जुरे भन्ने ठाउमा गत साउन १७ गते पुरै गाउँ बगाउने गरी इटनीभीर खसेर गएको पहिरोले थुनिएर बनेको सुनकोशी नदीको ताल अझै खुल्न सकेको छैन । दुई सय भन्दा बढीको संख्यामा पहिरोमा पुरिएको आँकलन गरिए पनि केही व्यक्तिहरुको लास भेटिएको छ भने कैयौ व्यक्तिहरु अझै बेपत्ता अवस्थामा नै छन् ।

दाई, मलाई एउटा मोबाईल दिनु न ? आजको रातलाई भनेर  एकजना मोबाईल पसलेलाई खुट्टा ढोक्दैथियो । लाग्छ ,उसको आजको देवता नै त्यहि मोबाईल पसले हो  । दिनु न दाई भनेर मैले पनि सपोर्ट गरे । उसले मोबाईल लेर गए पछि मैले मोबाईल पसलेलाई सोधेँ किन हो मरिहत्ते हाल्दै थियो नि त्यो । उसको जवाफ यस्तो थियो । फेसबुक चलाउन रे । म छक्क परेँ । फेसबुकको क्रेज यति सम्म । उता कम्प्युटर ईन्स्टिच्युट तिरको क्रेज पनि यो भन्दा कम छैन ? बेसिक कम्प्युटर सिक्न आएको हुन्छ ।

Monday, August 11, 2014

कुमार अधिकारी
हालः अष्ट्रेलिया
कृपया यो मेरो नितान्त निजी बिचार हो। यहाँ मेरो बिचार नै सर्वप्रिय हुनुपर्छ भन्ने छैन "चरी" जन्म जात नै डन भयर जन्म ले को हैन । यो त पुलिस समाज र राजनीति को खोल ओडेका नेता हरु बाट सिक्नी हो । अनि ,म एती भन्न चहानछु । हाम्रो देसका कुन्चाई नेता हरु अपरादिक किर्याकलाब मा छैन्नन  ।

Sunday, August 10, 2014

सार्क राष्ट्रको ठूलो देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएर नयाँ बानेश्वर स्थित संविधानसभा भवनको व्यवस्थापिकामा सम्बोधन गर्ने क्रममा नेपालमा पानी र जवानी कहिले काम लागेन पानी बगेर जान्छ, जवानी रोजिरोटीका क्रममा बाहिरिन्छ । मोदीले यस्तो कुरा गर्दै गर्दा मेरो मानस्पटलमा यि कुराले सारै नै सताईरहयो एउटा भारतीय प्रधानमन्त्रीले नेपालको बारेमा यस्तो सुक्ष्म अध्ययन गरिरहेको पाइयो ।
अर्जुन खतिवडा
२०६८ साल पौषको पहिलो साता धादिङमा दैनिक पत्रिका संचालन गर्नुपर्ने कुरा पटक–पटक उठे । सन्दर्भ त्यतिबेला मात्रै होइन कात्तिक मंसिरताकादेखी नै खासखुस कुरा चलिरहेकै थियो । एकदिन एउटा सानो बैठकमा म आफैंले पनि जिल्लामा दैनिक पत्रिका सञ्चालन गर्न सकिने भएकाले व्यवसायीक रुपमा दैनिक पत्रिका संचालनको प्रस्ताव नै गरेको थिएँ । पत्रकार महासंघ जिल्ला शाखाले त्यसको नेतृत्व गर्दा उत्तम हुने राय मैले राखेको थिएँ । पत्रिका प्रकाशन गर्ने कुरामा साथीहरु सहमत नै भए पनि महिनाको पूरै दिन कम्प्युटरमा को बस्ने ? भन्नेमा टुङ्गो लगाउन गाह्रो भएपछि कुरा त्यसै सेलाएको थियो ।

Monday, August 4, 2014

धेरै फरक छन् विकसित देशहरुका कतिपय विकासका सुत्रहरु, जस्तो “छिटो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ” भन्छौ हामी तर, विकसित देशहरुमा यसको भनाई ठ्याक्कै उल्टो छ “ढिलो गए भन्न सकिन्न छिटो गए अवश्य पुगिन्छ । त्यसैले उनीहरु जसरी घडीको सुई सेकेन्ड सेकेन्डमा घुम्दछ त्यसै गरी समयको रङ्खतारमा हिडिरहेका हुन्छन् चिया पसलदेखी घरसम्म गाउँदेखी सहरसम्म हामी हाम्रो देशमा विकासका ठूला–ठूला कुरा गर्ने गर्छौ हाम्रो देशमा ।

Sunday, July 27, 2014

लेखनाथ ढकाल

फ्रान्स र जर्मनीका गाउँमा, शहरमा र युरोपका विभिन्न देशमा देखिएको वर्ग संघर्षका उतार चढावमा रहेका घटनाहरुको शुक्ष्म अध्ययन गरेर एङ्गेल्सले लेखेका रचनाहरु आज पनि सामाजिक अध्ययनकर्ताहरुका लागि जीवित सामग्री झै रहेका छन, किनकी ती यथार्थ थिए ।
मानव चेतनाको विषयमा अध्ययनकर्ताहरुको खोज, जैविक विकासक्रमको मेकानिक्स र मानव इतिहासको विकासक्रम आदि विषयमा प्राप्त ज्ञानको आधारमा कार्ल माक्र्सको नेतृत्वमा द्वन्दात्मक र ऐतिहासिक भौतिकवादको आविश्कार भयो । स्वयं यस दर्शनको प्रस्तावनाले यो सारा विश्व ब्रम्हाण्ड तथा जैविक जगत परिबर्तनशील मान्दछ ।

Monday, July 21, 2014

 
राम ढकाल ‘ऋतिक’
अझै पनि मलाई याद छ, सायद त्यो कार्यक्रम वि.सं २०६६ सालको मध्येतिर भएको हुनुपर्छ । कार्यक्र थियो विविसी नेपाली सेवाबाट प्रसारण हुने साझा सवाल, जुन कार्यक्रम अहिले पनि नारायण श्रेष्ठले संचालन गर्नुहुन्छ । कान्तिपुर टेलिभिजन बाट रेकर्डेड हेर्न पनि पाइन्छ । त्यस समय कार्यक्रमको स्थान थियो तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनको मुख्यालय अगाडी जुटपानी चौरमा । त्यस हप्ताको कार्यक्रम जनमुक्ति सेनाको विषयमा केन्द्रित गरिएको थियो ।
तानाशाहरुले फूल फुल्ने कोपिलाहरु टिप्न सक्छन् तर फूल फुल्ने समयलाई कदापि रोक्न सक्दैनन् ।”      धादिङ जिल्लाको विकट उत्तरी क्षेत्र गुम्दी गा.वि.स वडा नं ७ सादल्दुम गाउँमा वुबा भिमप्रसाद सिंखडा र आमा प्रेमकुमारी सिंखडाको कोखबाट वि.स. २०२७ साल वैशाख १५ गते जन्मनु भएका गोविन्द सिंखडा २०३१ सालमा गुम्दी वडा नं ८ फलाङगेमा बसाई सरी बुबा आमासँगै फलाङ्गेमा बस्दै आउनुभएको थियो । अति मिलनसार, निडर, साहसी, समाजसेवी उहाँ अन्याय र अत्याचारको भण्डाफोर गरिहाल्ने स्वाभावका गोविन्द सिंखडा सबैको आँखाका नानी बनिरहनुभएको थियो ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts