Wednesday, August 20, 2014

आज भोलि केमा व्यस्त हुनुहुन्छ ? 
पार्टीको नवौँ महादिवेशन भर्खरै सम्पन्न भयो, नवौँ महादिवेशनले पारित गरेका नीति तथा कार्यक्रमहरुलाई जनताको बीचमा स्थापित गराउन लाग्ने तयारीमा छु । तपाईको त जागिर पनि राजनीतिले खाइदिएको थियो होइन ? 
 २०३४ सालमा श्री गौरेश्वर प्रावि दर्शनटार तारुका (हालको नुवाकोट जिल्ला) मा प्रावि स्थायी शिक्षक नियुक्ति भई एक वर्षपछि सिद्धेश्वर उमावि नलाङमा सरुवा भइआएँ ।
२०३६-२०३७ सालमा भएको शिक्षक आन्दोलनमा शिक्षकको हकहितको निम्ति पेशागत मर्यादालाई स्थापित गर्न शिक्षकको पेन्सन, उपदान, सञ्चयकोष प्राप्तिको आन्दोलनमा तत्कालीन नेकपा मालेलाई सहयोग गररे लागे । २०४३ सालमा आनदोलन लागेको र तत्कालीन नेकपा माले (हालको एमाले ) पार्टीलाई सहयोग गरेको कारणले तत्कालीन सरकारले दश बर्षे स्थायी शिक्षक जागिर खाइदियो । 
एमालेको सरकारले पनि तपाईको जागिरको पुनर्बहाली गर्न सकेन ? 
नेकपा एमालेको सरकार हुँदा निरौला आयोगले पुनर्वहाली हुने शिक्षकको लिष्टमा मेरो नाम पनि समावेश ग¥यो । मसँगै जागिर गएका ६ जना मध्ये रामप्रसाद अधिकारीको जागिर पुनर्वहाली ग¥यो । अरु हामी राजेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद वुर्लाकोटी, म कृष्णप्रसाद अर्याल लगाएत हामी ५ जनाको जागिर एमाले सरकारमा हुँदा पनि पुनर्वहाली भएन । 
तपाईको जागिर पनि गयो, मुलुकमा द्वन्द्व पनि सुरुभयो अनि तपाई गाउँ पनि विस्तापित हुनुप¥यो, त्यसपछिको तपाईको आर्थिक र राजनीतिक अवस्था कस्तो रह्यो ? 
पहिले पनि घरको आर्थिक अवस्था कमजोर थियो । त्यस माथि पनि मेरो जागिर गएपछि त झन आर्थिक अवस्था दयनीय नै रह्यो । राजनीतिकको कुरा गर्दा २०४७ सालदेखि नै पार्टी जिल्ला कमिटीमा रहे । जनयुद्ध सुरुभएपछि तत्कालीन नेकपा माआवादीले चिठी लेखेर, सार्वजनिक ठाउँमा सुचना टाँसेर घरमा भएका श्रीमती छोराछोरीलाई धम्क्याएर मलाई गाउँबाट विस्थापित बनायो ।२०५४ सालमा परिवार सहित सदरमुकाम झरे । सदरमुकाम आएपछि आर्थिक संकट प¥यो । त्यसपछि वैकबाट र साथीहरुबाट क्रण गरेर सानो फर्निचर पसल सुरु गरे । पार्टीकामले गर्दा पसललाई समय दिन सकिन । पसलबाट पनि जीविका नचलेछि झनै अािर्थक संकट थपियो । 
गाउँका गरिब जनताको निम्ति तपाईले त्यस्तो के काम गर्नु भयो ? जसले गर्दा अहिले पनि गरिब जनताले तपाईलाई सम्मान गर्छन ? 
तत्काल गाउँमा मैले बर्गीय राजनीति सुरु गरेको थिए । त्यसवेला एक सय रुपैयाँको एक बर्षमा १२ खेतला साँहू सामन्तहरुले गरिबहरुसँग लिने प्रचलन थियो । नगद तिरे महिनाको ५ रुपैयाँ व्याज दिनु पथ्र्याे । साहूँ सामन्तहरुले गरिबसँग व्याजको स्याँज लिन्थ्ये । स्थानीय ठूला ठालुहरु (साहूँ सामन्तहरु) का घरमा गरिबहरुले कोशेली (घरमा भएको फलफूल, तरकारी, घाँस लगाएतका सामग्री) बुझाउनु पथ्र्याे । त्यस व्यवस्थाको विरुद्धमा म संगठित रुपमा गरिब जनताको पक्षमा लागेर शोषक सामन्तहरुको विरोध गर्न थाले । यसरी मैले गरिब जनताको पक्षमा खुलेर लागेपछि स्थानीय पञ्चहरुले शक्ति नाश हुदै गयो । गरिब जनताको स्वतन्त्रताको अधिकारको निम्ति मैले ठूलो सङ्घर्ष गरे त्यसकारण पनि गाउँका गरिब जनताहरुले मलाई सम्मानजनक दृष्टिकोणबाट हेर्छन् ।
 तपाईले राजनीतिक आन्दोलन गर्दा त्यसवेलाका सामन्तहरुसँग कसरी मुकाबिला गर्नुभयो नि ? 
 म कम्युनिष्ट दर्शनबाट प्रशिक्षित व्यक्ति थिए । देशमा कम्युनिष्ट व्यवस्था नआएसम्म श्रमजीवि जनता, किसान, मजदुर, भरिया, ज्यामीहरुको प्रगति हुनसक्दैन भन्ने मेरो सोचाई थियो । पञ्चायती शाषकहरुले स्थानीय गुण्डाहरु लगाएर मलाई पटक–पटक आक्रमण गरी घाइते बनाए । त्यति गर्दा पनि मेरो उच्च मनोबलका कारणले गरिब जनताको साथ लिएर जनतालाई सङ्गठित गर्दै अघि बढिरहे । तपाईले यो राजनीतिमा लाग्ने प्रेरणा कसबाट पाउनु भयो नि ? 
म २०३२ सालमा चितवनमा पढ्दैगर्दा विद्यार्थी आन्दोलन सुरुभयो । त्यो आन्दोलनमा सक्रियातापूर्वक लागे । आन्दोलनमा मेरो सक्रियाता देखेपछि मेरा गुरु शिवशरणसिंह कुँवरले बोलाएर कम्युनिष्ट हुन प्रेरणा गर्नुभयो । उहाँकै प्रेरणाबाट कम्युनिष्ट राजनीतिमा लाग्ने प्रेरणा पाएँ । 

भूमिगतकालमा भएको अविस्मरणीय घटना केही छन कि ? 
 शोषक सामन्तको विरुद्धमा गरिब जनतालाई संगठित गरी विरोधमा लागेकाले २०४४ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर खड्काले मेरो टाउको काटेर ल्याउनेलाई १७ हजार रुपैयाँ दिन्छु भनि स्थानीय पञ्चायती गुण्डाहरुलाई मेरो घरमा पठाएछन् । त्यसबेला म घरको तलामा थिएँ । आमा बाहिर हुनुहुन्थ्यो । आमालाई तेरो छोरो कहाँ छ देखाइदे भने । आमाले घरमा छैन भनिदिनु भयो । त्यसपछि आमालाई तैले नै लुकाएकी छेस् देखा भन्दै आँगनमा लाठा बजारे । घरमा आमालाई गालि गलौच गरेर लछार पछार बनाएँ । त्यो घटना अझै मेरो निम्ति अविस्मरणीय छ ।
जतिखेर तपाई भूमिगत जीवन विताई रहनु भएको थियो । त्यति बेलाको राजनीति र अहिलेको राजनीतिमा के भिन्नता पाउनु हुन्छ ?
 भूमिगत कालमा हामी सिङ्गो देशका गरिब जनताहरुले मुक्ति पाउँछन भनेर गरिब जनताको पक्षमा उनीहरुको हक हितका निम्ति लागिन्थ्यो । पार्टी कार्यकर्तामा निस्वार्थी भावना थियो । पार्टी कार्यकर्ता एक ढिक्का थियौ । पार्टीको सिद्धान्तमा विश्वास गथ्र्यौ । अहिले पार्टीको सिद्धान्त कार्याक्रम भन्दा पनि व्यक्तिवादी प्रवृति हावि भएको छ । पार्टी स्वार्थमा भन्दा व्यक्ति स्वार्थमा पार्टी कार्याकर्ता लागेका छन् । त्यसवेलाको र अहिलेको पार्टी पद्धति कार्यन्वयन गर्ने कार्याकर्तामा धेरै भिन्नता छ ।
अहिले राजनीतिमा उदाउँदै गरेका पुस्तालाई केही भन्नु हुन्छ कि ?
राजनीतिमा आउँदा देखिनै विशाल छातिका साथ निष्ठाको राजनीति, वर्गीय राजनीति, व्यक्तिवादी भन्दा सामुहिक हितको निम्ति सिङ्गो समाजको मूक्तिको निम्ति शिष्ट्रतापूर्वक, स्वार्थ रहित ढङ्गले, प्रचलित मूल्यमान्यताई आत्मसाथ गर्दै अगाडि बढ्न सल्लाह दिन्छु । अनि राजनीतिज्ञले अपहेलित आमजनताको हितको निम्ति निरन्तर लागिरहनु पर्छ भन्ने सुझाव पनि दिन चाहन्छु । (जनसन्जाल पत्रिकाको लागि नवराज गीरीले गर्नु भएको संवाद)

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts