Sunday, August 31, 2014

सगरमाथाको देश नेपाललाई विश्वक्रान्तिको आधार इलाका बनाउने महान् उद्देश्यका साथ सञ्चालित नेपाली जनयुद्ध समग्रयुद्ध थियो । दक्षिणपन्थीहरू, यथास्थितिवादीहरू, अवसरवादीहरूका सबैखाले षड्यन्त्रका कारण अहिले दोस्रो संविधान सभाको नाममा नाटक मञ्चन गरिरहेका छन् ।
यो प्रक्रियाबाट नेपाली जनताका आकाङ्क्षा मूर्तीकृत हुने अपेक्षा लगभग शून्य रहेको छ । यतिखेर तिनका कथित गढहरू भत्काउ“दै जनताको मुक्ति आन्दोलनका सच्चा हिमायतीहरू सङ्घर्षको मोर्चा सम्हालिरहेको छ । यो मोर्चा नेपाली जनताको मात्रै नभएर संसारभरका श्रमिक, मजदुर तथा सम्पूर्ण सर्वहारा वर्गको गौरवको विषय बनेको छ । त्यसैले यतिखेर संसारले आफ्नो ध्यानलाई नेपालतिर केन्द्रित गरिरहेको छ । उनीहरूका एउटै चिन्ता र चासोको विषय बनेको छ– अब नेपालमा के हुन्छ ?
त्याग तपस्या र बलिदानका दृष्टिले, शौर्य, साहस र वीरताको दृष्टिले, वैचारिक विकासको दृष्टिले नेपाली जनताको आशा र भरोशाको केन्द्रविन्दु नेकपा–माओवादी नै हो । इतिहासका अनेकन प्रतिकूलताहरूका पहाडहरू छिचोल्दै मुलुकको सर्वाधिक लोकप्रिय र ठूलो क्रन्तिकारी पार्टी नेकपा–माओवादीका अबका प्रत्येक पाइलाहरू विशेष महŒवका हुनेछन् । यतिखेर मुलुकभित्र रहेका जनपक्षीय, अग्रगामी शक्तिहरूलाई समेट्दै नया“ नेपाल निर्माणार्थ आगामी विद्रोहमा समाहित गराउनु यसको राष्ट्रिय दायित्व बनेको छ । विश्व साम्राज्यवादले माक्र्सवादको मृत्यु भइसकेको भनेर भ्रम फिँजाइरहेको सन्दर्भमा एकदशकसम्म शानदार ढ¨ले जनयुद्ध हा“केर देखाइदिएको यो शक्तिले क्रान्ति जारी छ भनेर क्रान्तिकारी  स्पिरिट कायम राख्न ठूलै चुनौती  छ । जनयुद्ध एउटा समग्र युद्ध थियो र सारततः यो सांस्कृतिक युद्ध अर्थात् सांस्कृतिक क्रान्ति थियो । नेकपा–माओवादीले आफ्नो क्रान्तिकारी  स्पिरिटलाई कायम राख्न सांस्कृतिक रूपान्तरणमा तुरुन्त ध्यान दिन आवश्यक छ । राजतन्त्रको अन्त्य त एउटा प्राविधिक विषय मात्र हो । सांस्कृतिक रूपमा रहेका राजतन्त्र अर्थात् सामन्तवादको अन्त्य व्यवहारतः हुनुपर्ने कुरा युगीन महŒवको विषय हो । निश्चित रूपमा वर्ग सङ्घर्षका अनेकौँ रूपहरू हुन सक्दछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुकूलता र प्रतिकूलताको गम्भीर विश्लेषण गर्दै नवीन रूपको वर्ग सङ्घर्षलाई जारी राख्नुपर्दछ । अहिले वर्ग समन्वयतिर उन्मुख हुन खोजेको  क्रान्तिकारी स्पिरिटलाई आफ्नो क्रान्तिकारी मार्गचित्रमा स्थापित गराउनु सबैको दायित्व हो । नेपाली जनताका असीमित सपनाहरू, आकाङ्क्षाहरू छन् । ती क्रमिक रूपमा पूरा ह“ुदै जाने सम्भावनाका ढोकाहरूलाई अहिले जबरजस्ती बन्द गराइएको छ । गलगा“ड र गणेश संस्कृतिले विद्रूपीकरण गरिएको छ । फेरि पनि क्रान्तिकारी पङ्क्तिलाई, नेतृत्वलाई टापु–टापुमा परिणत गर्ने खेलहरू हुन सुरु भएका छन् । टापुकरण भएको नेतृत्वले, टापुकरण भएको पार्टीले दुनिया“मा सिन्कोसम्म पनि भा“च्न सक्तैन । एमाओवादी, एमाले, काङ्ग्रेसको यो हविगत तिनका पार्टी र नेतृत्व टापुकरण भएकाले नै हो । जरुरी छ त ध्रुवीकरणको । क्रान्तिकारी ध्रुवीकरणको पक्षमा नेपाली राजनीतिक विद्रोहात्मक परिस्थिति परिपक्व बन्दै गएको पनि छ ।
दोस्रो संविधानसभाको निर्वाचनले एमाओवादीको अभिमान धुलोपिठो बनाएको छ । यसले पार्टी र क्रान्तिका लागि अत्यन्त घातक थियो र भयो पनि त्यस्तै । फेरि उसमा वैचारिक विचलन पनि भयानक रूपमा आएको थियो र छ । जनताले स्वाभिमान चाहेका थिए तर एमाओवादी अभिमानको गर्तमा जाँकियो । क्रान्तिकारी पार्टी र कार्यकर्ताको लागि स्वाभिमान नभई नहुने कुरा हो भने जब स्वाभिमानको बढोत्तरीले अभिमानमा फड्को मार्छ, त्यसपछि त्यसले नकारात्मक परिणामभन्दा अरू केही दि“दैन । अभिमान सुकेको खरमा सल्केको आगो हो । बेलैमा यसको नियन्त्रण हुन सकेन भने यसको परिणाम खरानीकरणमा परिणत हुन्छ । यसमानेमा पनि यो गम्भीर र संवेदनशील विषय हो भन्ने लाग्छ । यो सचेत र सतर्क बन्नुपर्ने केन्द्रीय विषय हो । यस्तो सचेतना र सतर्कताले रूपान्तरणको पक्षमा गुणात्मकताको कार्य गर्दछ । जनताले नेकपा–माओवादीले क्रान्तिको बाटो लिएकोमा खुसी भएका छन् । नेकपा–माओवादीलाई जनमुक्तिको पक्षमा समर्पित र नया“ नेपालको स्पष्ट भिजन भएको पार्टीको रूपमा बुझेका छन् । यो बुझाइ र यो विश्वासलाई नेकपा–माओवादीले कुनै पनि हालतमा कमजोर बन्न दिनुह“ुदैन । नेपाली जनताको अनेकन सङ्घर्ष, आन्दोलन र उपलब्धिलाई अद्यावधि गर्ने काम यसले गरिरहेको छ । त्यसैले त दक्षिणपन्थीहरू, यथास्थितिवादीहरू, अवसरवादीहरू अहिले डाहाले छट्पटाउन थालेका छन् । नेपाली जनता अहिले आफ्नो भूमिकाको खोजीमा, आफ्नो स्वत्वको रक्षाको सन्दर्भमा संश्लेषित हुन खोजिरहेका छन् । जनताको यो संश्लेषित मनोभावनाले नया“ नेपालको निम्ति नया“ मोर्चाको माग गर्दछ । यो माग जनतासित पार्टीको नङ र मासुको सम्बन्ध कायम गर्ने एउटा आधार हुन सक्छ  । यसतर्फ पनि माओवादीको ध्यान जानुपर्दछ । नेकपा–माओवादीभित्र यदाकदा जनयुद्ध नलडेकाहरू अवसरवादी छन् भन्ने विभेदकारी चिन्तन पनि देखापर्दछ । यो चिन्तनले जनयुद्ध र जनआन्दोलनबीचको घनिष्ट सम्बन्ध र त्यो सम्बन्धबाट विकसित ऊर्जाको अवमूल्यन गर्दछ । यसरी जनता र आन्दोलनको अवमूल्यन गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।
नेकपा–माओवादीको स¨गठनात्मक संरचना अझै वैज्ञानिक होस् भन्ने जनअपेक्षा छ । साथै, यसको अपेक्षा व्यावहारिक लचकता र सैद्धान्तिक दृढता नै हो । नया“ राजनीतिक परिवेशमा राजनीतिक सिर्जनात्मकताको माग पनि यसको अर्को तात्पर्य हो । हामी सबै सामाजिक मनोवैज्ञानिक प्रयोग गर्दै सांस्कृतिक सामन्तवादको विरुद्ध एकजुट हुनै पर्दछ । नया“ परिवेशमा पार्टीभित्रका इमानदार कार्यकर्ता पङ्क्ति पनि “म कहा“ छु” भन्ने अनमस्कता र अकर्मण्यता पैदा हुन सक्दछ । यस्तै अकर्मण्यता र अन्यौलताले सोभियत सङ्घको विघटन भएको हो । यस्तो विघटनकारी घातक प्रवृत्तिहरूका अन्त्यका निम्ति नियमित प्रशिक्षणको आवश्यकता पर्दछ । सि¨ो क्रान्तिकारी पङ्क्तिमा, उसका दिल–दिमागमा पार्टीको कार्यनीति, रणनीति, ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने राजनीतिक चेतना भइरहनुपर्दछ । जनताको पक्षमा पार्टी र पार्टीको नेतृत्वलाई बारम्बार सल्लाह, सुझाव दिइरहने संस्कृतिको विकास गरिनुपर्दछ । नेपाली जनता नया“ नेपाल निर्माणको युगान्तकारी नेतृत्व नेकपा–माओवादीबाटै होस् भन्ने चाहन्छन् । यसले अहिलेको आफ्नो सङ्गठनात्मक ढा“चालाई पूरै बदलेर क्रान्तिकारीकरण गर्न आवश्यक छ । जनस¨ठनको व्यापकता र यसको सुदृढीकरणले क्रान्तिकारी अभियानलाई मर्तीकृत गर्नेछ । अहिले पार्टी तथा जवस मोर्चाहरू एनजीओ÷आईएनजीओकरण  जस्ता भएका छन् । परिणामतः यसले अनेक किसिमका नकारहरू पैदा गरेको छ । सबै किसिमका नकारहरूलाई सकारमा परिणत गर्दै नेपालमा रहेको अपूरो क्रान्तिलाई पूर्णतामा लैजानुको विकल्प छैन । माओवादी क्रान्तिको शान्तिपूर्ण चरणमा प्रवेश गरिसकेपछिको समग्र गतिविधिले नेपाली जनताको क्रान्तिकारी आन्दोलनलाई ठूलो घाटा पु¥याएको छ । आज उभिएर हेर्दा विगतका पार्टीका कामहरू, सरकारी मोर्चाबाट भएका कामहरूले यसको उत्तर हामीले सहजै प्राप्त गर्न सक्छौँ । अहिले राप्रपा नेपाल जस्ता केही राजावादी पार्टीहरू आफ्नो  वर्गीय धर्म अनुसार चलखेल गरिरहेका छन् । तिनका षड्यन्त्रको भण्डाफोर, पर्दाफास गर्नु जरुरी छ । यो काम जनसम्बन्धलाई सुदृढीकरणबाट मात्र सम्भव हुन्छ । पार्टी सत्तामा गएपछि जनतासितको सहकार्य कमजोर हुने गरेको छ । एकातिर जनताबाट टाढिने र अर्कोतिर कर्मचारीतन्त्र र प्रहरी प्रशासनको सही प्रयोग र परिचालन गर्न नसक्दा पैदा हुने भयानक परिस्थितिबारे हामी धेरैलाई जानकारी नै छ । जनताका उर्लंदो आकाङ्क्षालाई सम्बोधन गर्ने काम चानचुने छैन । यतिखेर सबैले भनिरहेका छन् कि नेकपा–माओवादी असफल भयो भने क्रान्ति असफल हुन्छ । नेपाली जनता अझै धेरै वर्ष पछि धकेलिनेछन् । एमाओवादीसितको सम्बन्ध विच्छेदको औचित्य पनि यसैमा रहेको छ । पार्टीमा हुन्े र भएका विचारधारात्मक सङ्घर्षलाई गुटबन्दीबाट माथि उठाएर महान् बहसमा परिणत गर्नुपर्छ । नेपालमा गुटबन्दीले पार्टीलाई टापुकरण बनाइदिएको परिघटना सबैलाई थाहा नै छ । यस किसिमको नकारात्मक परिघटनालाई सकारात्मक परिघटनाका रूपमा रूपान्तरण गर्ने कामको सुरुआत तत्तत् पार्टीकेन्द्रबाटै हुनुपर्छ । लेनिनले भने जस्तै अभिव्यक्तिमा आलोचना र काम कारबाहीमा पनि एकरूपता आउनुपर्दछ । अहिले पार्टी तथा नेताका कतिपय काम कारबाहीले जनतामा भ्रम पैदा गर्ने गरेको छ । जनतालाई भ्रमित पार्ने काम क्रान्तिकारी चरित्र हुन सक्तैन । त्यस्तै आश्वासन बढी भयो भने आशङ्का जन्मिन्छ । यस्तो आशङ्का जन्माउने काम कही कतैबाट पनि नहोस् । इमानदारिता, पारदर्शिता र जवाफदेहिता जनविश्वासको प्रमुख आधार हो ।
पार्टीलाई क्रान्तिकारी बनाइराख्ने सन्दर्भमा नेकपा–माओवादीका नेताहरूले पालना गर्नुपर्ने आचार संहिताका विषय पनि संवेदनशील भएर उभिने गरेको छ । यो आचार संहिता पार्टीका केन्द्रीय सदस्यहरूबाटै पालना हुन सके त्यसले तल्लो तहमा सकारात्मक प्रभाव पार्ने हुन्छ । पार्टीका केन्द्रीय सदस्यहरू क्रान्तिको स्वार्थप्रति एकनिष्ठ पूर्णकालीन पेशेवर क्रान्तिकारी हुनुपर्दछ । उनीहरू पार्टीले खटाए अनुसार जहिले पनि र जहा“ पनि विनाशर्त काम गर्न तयार रहनुपर्दछ । पार्टीमा आफ्नो कामको रुचीको फा“ट राख्न सकिनेछ तर व्यक्तिगत सुविधालाई केन्द्रमा राखेर जिम्मेवारी माग गर्ने कुरा उचित हुँदैन । केन्द्रीय सदस्यहरू पार्टीको निर्णय र योजनामा बाहेक कुनै पनि आर्थिक उपार्जनका काममा संलग्न रहने कार्यलाई रोक्न आवश्यक छ । सबै केन्द्रीय सदस्यहरूले आर्थिक मितव्ययिता अपनाउनुपर्दछ । आय–व्ययको विवरण पार्टीसमक्ष पारदर्शी गर्ने र प्रत्येक तीन महिनामा सोको विवरण केन्द्रीय कार्यालयलाई बुझाउनुपर्ने विधिको विकास गर्न आवश्यक छ । केसका सदस्यहरू पार्टीको विशेष योजना अन्तर्गत निर्णय गरिएको अवस्थामा बाहेक आइएन्जीओ र एन्जीओमा संलग्न हुनुहु“दैन ।  कुनै पनि केन्द्रीय सदस्य जाति, वर्ण वा रङ््गको आधारमा छुवाछुत वा त्यसप्रकारको कुनै पनि भेदभावको कार्यमा संलग्न हुुनुहु“दैन र त्यसलाई अपराधको रूपमा लिई पार्टी कार्बाहीको विषय बनाउनुपर्दछ । उनीहरूले एकाघरको परिवारको आर्थिक स्थिति र कारोबार पार्टी समक्ष पारदर्शी ढङ्गले राख्नुपर्दछ । उनीहरूले आफ्नो कार्यक्षेत्रमा नै मुकाम कायम गर्नुपर्दछ । कार्यक्षेत्र बाहेक अन्यत्र डेरा लिन नपाउने व्यवस्था गर्न आवश्यक छ । केन्द्रीय सदस्यहरूबाट भ्रष्टाचार, तस्करी, पार्टीको नाममा आफ्ना लागि गोप्य आर्थिक चन्दा सङ्कलन गरिएको पाइएमा त्यसलाई अत्यन्त गम्भीर अपराधको रूपमा लिई कडा कार्बाहीको प्रक्रियामा लगेर पार्टीलाई शुद्धीकृत बनाउनुपर्छ । उनीहरूले सर्वहाराकरण र सांस्कृतिक रूपान्तरणको समग्र पक्षलाई आत्मसात् गर्दै त्यसअनुकूल आफूलाई रूपान्तरण गर्दै लैजानुपर्दछ र त्यसक्रममा निजी सम्पत्ति पार्टीकरण गरी भौतिक सर्वहाराकरण समेत गर्नुपर्दछ । सबै केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति पार्टीलाई बुझाउने व्यवस्था गरिनुपर्दछ । केन्द्रीय सदस्यले पार्टीको खर्चमा विदेश र महङ्गा निजी एवम् आवासीय विद्यालयहरूमा छोराछोरीलाई नपढाउँदा उपयुक्त हुन्छ । उच्च नेतृत्वले गाडीको प्रयोग गरे पनि त्यसको केन्द्रीकृत व्यवस्थापन गरिनुपर्दछ । राज्य कार्यालयहरूको व्यवस्थापनमा केन्द्रीय सदस्यहरूको भूमिका रहने गर्दछ । राज्य कार्यालयलाई गफ अखडा नबनाई आन्दोलनको राज्य–मुख्यालय बनाउन आवशयक छ । केन्द्रीय सदस्यका एकाघरका परिवारका सदस्यहरू पार्टी वा पार्टीस“ग सम्बन्धित कुनै न कुनै सङ्गठनमा आबद्ध भई क्रियाशील हुनुपर्दछ । केन्द्रीय पदाधिकारीहरूले दुईमहिनामा एक दिन र अन्य सबै उनीहरूले महिनाको एकदिन शारीरिक श्रममा भाग लिने व्यवस्था भए यसले जनसम्बन्धको विकासमा सहयोग पुग्ने हुन्छ । यो कुरा केन्द्रीय सदस्यहरूले पालना त गर्नैपर्छ, अन्य स्तरका सदस्यहरूले पनि यसलाई सोपानक्रममा पालना गर्दै जान आवश्यक छ ।
अन्त्यमा, अब हामीले आमूल परिवर्तनकारी शक्तिको पहिचान गर्ने बेला आएको छ । स्वघोषित क्रान्तिकारीहरूबाट बच्न जरुरी छ । देश र जनताका विरुद्ध सृजना गरिएका सबै किसिमका भ्रमहरू चिर्दै जनअपेक्षा अनुरूप अघि बढ्नुपर्दछ । अवसरवादीहरू, अनावश्यक प्रशंसकहरूका नियत समयमै चिन्नुपर्दछ । आलोचनात्मक नियत छुट्याइनुपर्दछ । खराब चीजको प्रतिरोध गरिनुपर्दछ । पन्ध्र हजार महान् सहिदहरूका रगतको रखवारी गरिनुपर्दछ । यो नेकपा–माओवादीका लागि अवसर र चुनौती दुबै हो । नेपाली राजनीतिको यो विशिष्ट परिस्थितिको सही सदुपयोग गर्न सकियो भने नेपाली क्रान्तिले अझै विकसित रूपमा छला¨ मार्ने अवसर प्राप्त गर्नेछ भने विविध कारणवश देश र जनताको पक्षमा काम भएन भने पनि देश र जनताको दुःसाध्यपूर्ण जीवनको फेरि सुरुआत हुनेछ । नया“ नेपालको निर्माणको खातिर आमूल परिवर्तनको पक्षमा व्यापक ध्रुवीकरण र पार्टीलाई क्रान्तिकारीकरण गरौ“ । क्रान्ति सम्पन्न भएकै छैन । नेकपा– माओवादी क्रान्तिकारी सफलताको सगरमाथा चढ्दै छ । चुचुरोमा पुग्न बा“की छ । जनताको मुक्ति आन्दोलन जारी छ । जनताको विजय अवश्यम्भावी छ । यही अवश्यम्भाविता नै प्रस्तुत आलेखको मूल आशय हो । जनमुक्तिमार्ग साप्ताहिकबाट साभार प्रकाशित मिति ०७१ भाद्र १६ गते

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts