Friday, September 12, 2014

होमराज विष्ट
बरिष्ट कृषि विकास अधिकृत धादिङ
धादिङ जिल्ला
–कुल क्षेत्रफल १९२४८७ हे.
–खेतीयोग्य जमिन ४८१३६ हे. (२५.०० ५)
–खेती गरिएको जमिन ३५३०० हे. (१८.२८ ५)
–सिंचित क्षेत्रफल १६५०० हे. (४६.७४ ५) खेती गरिएको जमिनको आधारमा खाद्यान्न वासलातको अवस्था न्यून ८३६३ मे.ट. अपुग ।
जिल्लाको कृषि प्राथमिकता
तरकारी, फलपूmल (सुन्तलाजात, लिची), मसला बाली (अदुवा), मह, च्याउ, वीउ उत्पादन ।
धादिङमा वीउ प्रतिस्थापन दरको अवस्था (क्च्च्) २०७१
 धान   – ५.५६ ५ प्रतिशद

मकै – १२.७२  ५ प्रतिशद
 गहुं  – ६.५७  ५ प्रतिशद
 कोदों –०.८७  ५ प्रतिशद
SRR ९५० प्रतिशद बराबर Total seed seeded  X 100  Total seed required .।
‘जे विक्छ त्यो रोपौं
    जे उम्रन्छ त्यो नरोपौं ’
त्यसैले गुणस्तरीय वीउ मात्र प्रयोग गर्दा १५–२०.५ प्रतिशद उत्पादन बढ्छ ।
बीउ बिजन ऐन, २०४५
पृष्ठभूमि
बीउ बिजन क्षेत्रमा सबैभन्दा पहिलो कानूनी दस्तावेजको रुपमा बीउ बिजन ऐन, २०४५ सोही सालको कार्तिक १० गते जारी
–यो ऐन पहिलो पटक २०४६ साल भाद्र १ गतेदेखि काठमाण्डौ उपत्यकाका ३ जिल्लामा लागु
–सो ऐन पूर्ण कार्यान्वयनको लागि आबश्यक पर्ने बीउ बिजन नियमावली २०५४ सालमा लागु
–बीउ बिजन ऐन २०४५ लाई समसामयिक बनाउने उदेश्यले २०६४ माघ १० मा पहिलो पटक संसोधन
–ऐन पूर्ण कार्यान्वयनको लागि आबश्यक पर्ने बीउ बिजन नियमावली, २०६९ फागुन १४ गते लागु
प्रस्तावना
विभिन्न बालीको उत्पादन वृद्धि गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरयुक्त बीउ बिजन सुव्यवस्थित रूपले उपलब्ध गराई सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हित कायम राख्न
नेपाल ध्त्इ को सदस्य भैसकेको सन्दर्भमा अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय बीउको उत्पादन तथा आपूर्ति गरी बीउ विजनको आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्घन गर्न ऐन कार्यान्वयनले सहयोग गर्ने ।
बीउ बिजन बिक्रि सम्बन्धी
– कुनै व्यक्ति वा संस्थाले बीउ विजनको विक्रि वितरण सम्बन्धी कारोवार गर्न चाहेमा अनुमतिपत्र लिनु पर्ने ।
– कृषि अनुसन्धान प्रयोजनको लागि बाहेक कसैले पनि यस ऐन बमोजिम सूचित नभएका वीउ विजन विक्रि वितरण गर्न पाइने छैन ।
– सूचित नभएका बीउ विजन विक्री वितरण गरेको पाइएमा त्यस्तो बीउ विजन बाली निरिक्षकले जफत गर्न
सूचित वीउ विजन विक्री बितरणका लागि आवश्यक विवरण
– किसिम वा जात छुट्टयाउन सकिने
– तोकिएको उम्रने शक्ति तथा शुद्धताको न्युनतम हद अनुकूल भएको ।
– संकेतपत्र भएको भांडोमा राखिएको ।
– तोकिए वमोजिमको अन्य शर्तहरु अनुकूल भएको ।
– खास क्षेत्रको लागि उपयुक्त भनि निर्धारित सुचित किसिम वा जातको वीउ विजन तोकिएको क्षेत्र वाहेक अन्य क्षेत्रको लागी विक्री गर्न गराउन नपाईने ।
– रासायनिक पदार्थ प्रयोग गरी उपचार गरिएको भए सोको विवरण खुलेको ।
सूचित वीउ विजन निकासी वा पैठारी सम्वन्धी
–सूचित बीउ बिजन निकासी वा पैठारी गर्न चाहने व्यक्तिले तोकिएको अधिकारी समक्ष तोकिएबमोजिमको दस्तुर र विवरण सहित निकासी वा पैठारी गर्न स्वीकृतीको निमित्त निवेदन दिनुु पर्ने ।
– बीउ बिजन निकासी वा पैठारी गर्ने उद्देश्यले स्थापित उद्योगले भने निकासी वा पैठारी गर्न चाहेको सूचित बीउ बिजनको तोकिए बमोजिमको विवरण तोकिएको अधिकारीलाई दिई निकासी वा पैठारी गर्न सक्नेछ ।
– नेपाल सरकारले कुनै खास जातको बीउ बिजनको पैठारी गर्न वा कुनै खास कारणले निकासी गर्न नहुने कुनै सूचित जातको बीउ बिजन निकासी गर्न जोखिम विश्लेषणको आधारमा रोक लगाउन सक्नेछ ।
बाली निरीक्षक, वीउ विजन नमुना संकलक तथा वीउ विजन विश्लेषकको व्यवस्था
– नेपाल सरकारले योग्यता पुगेका बाली निरीक्षक, वीउ विजन नमुना संकलक तथा वीउ विजन विश्लेषकको नियुक्ति गर्न सक्ने ।
– नेपाल सरकारले निजी क्षेत्रका बाली निरीक्षक, वीउ विजन नमुना संकलक तथा वीउ विजन विश्लेषकको रुपमा अनमुति दिनको लागि परिक्षा लिने ।
– नेपाल सरकारले योग्यता पुगेका कुनै निजामति कर्मचारिलाइ बाली निरीक्षक, वीउ विजन नमुना संकलक तथा वीउ विजन विश्लेषकको रुपमा काम गर्न तोक्न सक्ने ।
दण्ड सजाय
–सुचित नगरेका वीउ विजन विक्री गर्ने गराउने व्यक्तिलाई दश देखि १५ हजार रुपैया सम्म जरिवाना हुने ।
–बिना अनुमति प्रयोगशाला संचालन गरेमा ५० हजार रुपैया जरीवाना हुनेछ
–अनुमति पत्र नलिई वीउ विजनको कारोवार गर्ने गराउने लाई १० हजार देखि बीस हजार रुपैयासम्म जरीवाना हुनेछ ।
–नक्कली बाली निरिक्षक, बीउ बिजन नमूना संकलक तथा बीउ बिजन बिश्लेषक भई कुनै कार्य गरेमा २५ हजार रुपैया जरीवाना हुनेछ ।
यस वाहेक ऐन र नियमावली विपरित कुनै काम कारवाही गर्ने गराउने लाई दश हजार देखि बीस हजार रुपैयासम्म जरीवाना हुनेछ ।
बीउ बिजन नियमावली २०६९
–२०६९ फाल्गुण १४ गतेदेखि लागु भएको ।
–नेपाल राजपत्र खण्ड ६२ संख्या ४८ भाग ३ मा प्रकाशित ।
–यस नियमावलीमा जम्मा ४१ नियम तथा २३ अनुसूचिहरु रहेका छन् ।
–नियमावली पूर्ण रुपमा कार्यान्वयन गर्न बीउ बिजन ऐन, २०४५ पचहत्तरै जिल्लामा लागु गरी सकिएको ।
–नियमावलीमा स्पष्ट नभएका कुराहरुलाई निर्देशिका बनाई स्पष्ट तुल्याउने कार्य केन्द्रबाट भैरहेको
बीउ बिजन नियमावली २०५४ मा भएको परिवर्तन
–जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति, तथा गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको अध्यक्षमा फेरबदल ।
– बीउ बिजन निरिक्षक र बीउ बिजन बिश्लेषकबाट हुँदै आएको गुणस्तर नियन्त्रण सम्बन्धी कार्य गर्न बाली निरिक्षक, बीउ बिजन नमूना संकलक र बीउ बिजन बिश्लेषकको व्यवस्था ।
–योग्यता पुगेका नेपाली नागरिक बाली निरिक्षक, बीउ बिजन नमूना संकलक र बीउ बिजन बिश्लेषक हुन सक्ने व्यवस्था ।
– सूचित बीउ बिजन बिक्रि बितरणको लागि अनुमति प्रदान गर्ने कार्य बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको सट्टा जि.कृ.बि.का.बाट हुने ।
– मुद्दा हेर्ने अधिकारी क्षेत्रीय कृषि निर्देशकको सट्टा सम्बन्धित जिल्ला कृषि बिकास कार्यालयको प्रमुख हुने ।
– बीउ बिजन नियमावली २०६९ थपिएका नयाू नियमहरु
– निजी क्षेत्रमा बीउ बिजन परिक्षण प्रयोगशाला स्थापना गर्न सकिने ।
– गुणस्तरीय बीउ आपूर्तिका लागि दुई किसिमको गुणस्तर नियन्त्रण व्यवस्था ः
–यथार्थ संकेतपत्र पद्धतिः प्रजनन् बीउ, श्रोत बीउ, लेवल बीउ, उन्नत बीउ
–प्रमाणीकरण पद्धतिः प्रजनन् बीउ, मूल बीउ,  प्रमाणित बीउ, उन्नत बीउ –केन्द्र र सरकारी प्रयोगशालामा कार्यरत प्राविधिक अधिकृतहरुले बाली निरिक्षक, बीउ बिजन नमूना संकलक र बीउ बिजन बिश्लेषक भै कार्य गर्न सक्ने ।
–गलत विवरण दिई बीउ बिजन बिक्रिबाट भएको हानी नोक्सानीको क्षतिपूर्ति दिनु पर्ने ।
बीउ बिजन नीति २०५६
उन्नत वीउको

प्रयोगवाट मात्र १५(२० प्रतिशत उत्पादन वृद्धि
वीउ नीतिको  मूलभूत कुराहरु (मक्सद)
– गुणस्तरिय वीउ उत्पादन
– गुणस्तरिय प्रशोधन
– प्रभावकारी  विक्री वितरण
– उत्पादन  वृद्धि
– आम्दानी वृद्धि
– जीवनस्तरमा सुधार
बीउ बिजन नीतिको उद्देश्य
– विभिन्न वालकिो आवश्यक गुणस्तरिय तथा परिमाणात्मक वीउ विजन सुव्यवस्थित रुपले उपलव्ध गराउने
– गुणस्तरिय वीउ उत्पादन गरी निर्यात प्रबद्र्धन गर्ने
– विद्यमान अन्तराष्टि?य विश्व व्यापारलाई दृष्टिगत गरी  वीउ व्यवसायलाई प्रभावकारी वनाउने
– नेपालको आफ्नै विशेषतपूर्ण वीउहरुको अनुवांशिक चरित्रलाई अक्षुण र सुरक्षित राख्ने तथा सो उपरको अधिकार सुरक्षण गर्ने काममा अन्य सम्वन्धित निकायसित समन्वय गर्ने
बीउ बिजन नीतिको विशेषताहरु
जातिय विकास तथा सम्वद्र्धन, वीउ वृद्धि, गुणस्तर नियन्त्रण, बीउ विजन व्यवसायमा नीजि क्षेत्रको संलग्नता अभिवृद्धि, आपूर्ति व्यवस्था, संस्थागत सुदृढीकरण,
 एग्रोभेटको भूमिका
–कृषि प्रसार नीति  बहुआयामिक (सरकारी, सहकारी, गैरसरकारी, नीजि)
– एग्रोभेट एक नाफामूखि सेवा प्रदायक
– सेवा सूचनामूलक र पारदर्शी हुन आवश्यक
विषादी संवन्धमा
– नेपाल सरकारवाट प्रतिवन्धित र मिति नाघेका विषादी  नवेच्ने
– विषादी वेच्ने पसल अलगै हुन पर्नेछ र किराना पसल र औषधी पसलमा विषादी राखि नवेच्ने
–विषादी विक्री गर्दा विषादी छरे पछि पर्खने समय, मात्रा आदिको वारेमा कृषकलाई स्पष्ट रुपमा जानकारी दिने
–रातो लेवल लगाएका विषादी तरकारीमा प्रयोग नगर्न सल्लाह दिने
–सकेसम्म वानस्पतिक तथा जैविक विषादी  प्रयोग गर्न सल्लाह दिने र विक्री गर्ने
–विषादी खुद्रा विक्रेता इजाजत प्राप्त व्यक्तिले मात्र विक्री गर्ने
वीउ विक्रेता
– यथार्थ संकेत लगाएको गुणस्तरयुक्त वीउ मात्र वेच्नु पर्ने
– वर्णशंकर (हाईव्रिड) वीउहरु वीउ विजन गुणस्तर नियन्त्रण केन्द्रवाट सूचिकृत भएको हुनु पर्ने र कृषकहरुलाई यसको खेती प्रविधिवारे लेवलमा उल्लेख भए अनुसार राम्रोसंग जानकारी गराउनु पर्ने
– सवै विक्रेताले इजाजत पत्र अनिवार्य लिनु पर्ने
भावी कार्यदिशा
– भौगोलिक संभाव्यता र कृषकको मागको आधारमा योजना तर्जुृृमा
– कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि (तुलनात्मक लाभका आधारमा)
व्यवसायिकरण, विविधिकरण, तथा प्रतिस्पर्धी उत्पादन
– गुणस्तरिय सेवा प्रवाहमा जोड, ग्रामिण कृषि कार्यकर्ता परिचालन, समूह परिचालन तथा सहकारीकरण, सहकारीको माध्यमवाट वजारीकरण, तथ्यांक संकलन तथा अद्यावधिकरण, विद्युतिय माध्यम (त्यिि ाचभभ ल ँः आदि), एग्रोभेट मार्फत सेवा प्रवाहमा जोड
–क्षेत्रफल विस्तार , सघन तथा सहज प्राविधिक सेवा ।
– वीउ उत्पादन तथा विक्री वितरण कार्यमा स्थानिय निकाय तथा अन्य संघ संस्थाको वजेट परिचालनमा पहल गर्ने ।
–गुणस्तरयुक्त वीउ उत्पादनमा सुधार ( क्ष्लकउभअतष्यल, ीबद तभकत, द्यबननष्लन, तबननष्लन भतअ) ।
–समूह र सहकारीहरुलाई वीउ भण्डारण तथा वजारीकरणमा सहयोग ।
– लेवल सहितको क्ष्एः तथा यचनबलष्अ उत्पादनमा जोड ९ज्यबचमष्लन दयबचम,  प्लान्ट क्लीनक, विषादी अवशेष परिक्षण, एग्रोभेट सर्भे वजारिकरण आदि)
–विषादी संवन्धी जनचेतना, पम्फलेट वितरण  ँः वाट प्रसारण ।
–एग्रोभेट अनुगमन (विषादी, वीउ, रासायनिक मल) ।
–सवै सरोकारवालासंग सहकार्य तथा समन्वय
 (यो  धादिङका बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले जिल्ला कृषि कार्यलयमा गरिएको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रबाट लिईएको । )

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts