Friday, September 5, 2014

धादिङबेसी । धादिङ जिल्लाका तीनवटा कम्यूनिष्ट पार्टीहरु ( एकृकीत नेकपा माओवादी,  नेकपा–माओवादी र नेकपा एकता केन्द्र )  बीच कार्यगत एकता भएको छ ।
 धादिङबेसीमा एमाओवादी धादिङ, नुवकोट र रसुवाका ईन्चार्ज हितबहादुर तामाङको विशेष उपस्थितिमा यी तीन पार्टी बीच कार्यगत एकता भएको हो ।
कार्यगत एकता पछि संयूक्त रुपमा कार्य संचालन गर्न रामबहादुर भण्डारीको संयोजकत्वमा तीन पार्टीको संयूक्त एकता मञ्च बनेको छ ।
कार्यक्रमका विशेष अथिति हितबहादुर तामाङले मुलुक फेरि ध्रुविकृत बन्दै गहि रहेको अवस्थामा हामी वामपार्टीहरु बीच कार्यगत एकता अनिवार्य बन्दै गहिरहेको बताउँदै धादिङबाट सुरु भएको एकता मञ्च अब अन्य जिल्लामा पनि बनाउन आवश्यक रहेको बताउनु भएको थियो ।
गठित एकता मञ्चका संयोजक एवम् एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले विचारका हिसावले हामी विच आ–आफ्नै धारणाहरु छन् । तरपनि जिल्लामा विकास निर्माण होस या आन्दोन सबै स्थानमा हाम्रो धारणा समान रहन्छ । हामी मिलेर अगाडी बड्छौ । यो आजको वस्तुगत आवश्यकता भएको बताउनु भएको छ ।
त्यसैगरी एकता मञ्चका सदस्य एवम् नेकपा–माओवादी धादिङका सेक्रेटरी शेरबहादुर भण्डारीले हामी कम्युनिष्टहरु वास्तविक सर्वहारा वर्गको मुक्तिका लागि आन्दोलनरत छौ तर पनि विभिन्नकारणले टुट–फुट र विभाजनमा रुमल्लिदै मित्र शक्ति लाई दुश्मनको व्यवहारले गर्दा कम्युनिष्ट आन्दोलन प्रति जनतामा निराशा छाउदै जान थालेको छ । यहि निराशालाई हामीले गम्भीरताका साथ मनन गर्दै कार्यगत एकताको चरणमा पुगेको बताउनु भएको थियो ।
नेकपा एकता केन्द्रका धादिङ सेक्रेटरी शिवनीधि खनालले अब कम्यूनिष्ट आन्दोलनको मर्म बुझ्दै सबै बामपार्टीहरु एकै ठाउमा आउनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा माओवादीका सह– सचिव मनराज भण्डारी, झम्क परियार, दुर्लभ तामाङ लगायतको आतित्थ्यता रहेको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts