Sunday, August 10, 2014

सार्क राष्ट्रको ठूलो देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएर नयाँ बानेश्वर स्थित संविधानसभा भवनको व्यवस्थापिकामा सम्बोधन गर्ने क्रममा नेपालमा पानी र जवानी कहिले काम लागेन पानी बगेर जान्छ, जवानी रोजिरोटीका क्रममा बाहिरिन्छ । मोदीले यस्तो कुरा गर्दै गर्दा मेरो मानस्पटलमा यि कुराले सारै नै सताईरहयो एउटा भारतीय प्रधानमन्त्रीले नेपालको बारेमा यस्तो सुक्ष्म अध्ययन गरिरहेको पाइयो ।
तर, त्यो सम्बोधन सुनेर बसिरहेका हाम्रा नेताहरुले किन यसलाई बुझ्न नसकेको हो ? हाम्रा प्रधानमन्त्रीदेखि अर्थमन्त्री सम्मले पानी र नेपाली जवानीलाई नेपालमा कहिल्यै पनि किन सहि सदुपयोग गर्न सकेनन् ? अहिले सम्म यहाँ कुनै पनि तरिकाले उत्पादनमा जोड्न र दिर्घकालीन तरिकाले हेरिएको देखिएन ।
अहिलेका अर्थमन्त्री रामशरण महतले संसदमा प्रस्तुत गरिएको वजेटमा जवानी अर्थात युवा रोजगारको विषयमा सम्बन्धीत युवा स्वरोजगार कार्यक्रम जुन एमाओवादी नेतृत्व सरकारका वेलाका अर्थमन्त्री डा. बाबुराम भट्टराईले ल्याएका थिए । युवाका कार्यक्रमलाई विशेष ध्यान दिनसक्दा नेपाल आफैं समृद्ध हुनसक्ने भारतीय प्रधानमन्त्रीले बताईरहंदा नेपालमा संचालित युवा स्वरोजगार कार्यक्रमलाई नाम निसानै नदिई हटाइयो । यो युवाहरुको लागि दुःखद् विषय हो । युवा स्वरोजगारको कार्यक्रममा बजेट किन आउन सकेन भन्ने जवाफमा अर्थमन्त्री रामशरण महतले स्वरोजगार कार्यक्रममा अनियमितता भएकोले हटाइएको भन्ने जवाफ दिए । एदि अनियमितता भएको भए त्यसलाई सुधार गरेर पनि त ल्याउन सकिन्थ्यो होला नि ? स्थानीय स्तरबाट हेर्दा युवाहरुको सन्दर्भमा डा रामशरण महतले यूवाहरुलाई बजेटमा सम्बोधन नै गरेनन् । महतको बजेटभाषण सुन्दा लाग्थ्यो उनको नियतै खराव छ । उनले त्यति धेरै लामो बजेट भाषणमा क्रममा युवा स्वरोजगारको नामसमेत पढेनन् वा उच्चारणसम्म पनि गरेनन् यसकारण विशुद्ध युवाको तर्फबाट हेर्दा उनको नियत खराबै भएको प्रष्ट नै देखिन्छ ।
नेपाली युवाहरुलाई विदेशीन नदिन स्वदेशमै काम गर्ने वातावरण सृजना गर्नुपथ्र्यो । उनले अर्थमन्त्रीको हैसियतमा उल्टै विदेशिन तयार युवाहरुको लागि तालिमको व्यवस्था गर्ने भनेर उद्घोष गरे यसले युवाहरुलाई स्वदेशमा नै बस्ने वा स्वरोजगार बन्ने कुरामा भाँजो हालेको छ । सरकार युवाहरुको अगाडि तगारो बनेको छ । अर्थमन्त्रीको हैसियतमा सरकारको तर्फबाट नै स्वदेशी युवाहरुलाई आ–आफ्नो विधा वा क्षमताका आधारमा तालिम दिएर देश विकासमा खटाउने उद्घोष मात्रै गरेको भए पनि मोदीले नेपाली संसदमा गरेको भाषणको खण्डन गर्न सकिन्थ्यो । नेपाल सरकारले नेपाली युवाहरुलाई कुनै पनि योजना दिएन, विदेश जाने वातावरण आफैंले सृजना ग¥यो यसकारण मोदीको सम्बोधनले नेपाली युवाहरुको मन छोएको छ । जसरी भए पनि विदेशी गुलामी गर्ने, बिदेशी भूमीमा तातो घामको समेत प्रबाह नगरी तातो घाममा बेल्चा, घन चलाएर जीवन निर्बाह गर्न तयार रहने, भाँडा माझ्ने काममा रात या दिन, भोक या तिर्खाको प्रबाह नगरी दशनङ्ग्रा खियाएर जीवन दाउमा राखेर कमाएर पठाएको पैसाको रेमिट्यान्स जम्मागरेर गाडी चढ्ने, मोजमस्ती गर्ने, आफैंमात्रै ऐस आराम गर्ने यो वर्तमान सरकारको नियतै देखिन्छ । लोकतान्त्रिक पार्टीहरुको बहुमतको आधारमा बनेको सरकारले आफ्नो असली लोकतान्त्रिक चरित्र सरकारको माध्यमबाट प्रष्ट देखाएको छ । सरकारले नै युवा स्वरोजगारको कार्यक्रम हटाउनुपर्ने कारण विनासवाद बाहेक अरु केही हुन सक्दैन । यी नेताहरु कस्ता हुन भने एउटा बाबुले पढाउनु पर्ने आफ्नो १०÷१२ वर्षका छोराछोरीहरुलाई साहु माझनकोमा काम लगाउने र विचरा ! ति बच्चाले दुःख गरेर आएको पैसाले टन्न जाँड रक्सी पिएर हिड्ने प्रवृदिको बाउ जस्ता हुन् । उसलाई छोराछारीको पढाइलेखाइ, र नेताहरुलाई देश विकास वा अरु कुनै पनि विषयमा चिन्ता हुँदैन । यिनीहरुको सोचाई देशलाई कसरी लुट्ने वा पैसा कमाउनेमा मात्रै केन्द्रित हुन्छ ? छिमेकी राष्ट्रका प्रधानमन्त्री आएर घुमाउरो तथा व्याँग्यात्मक तरिकाले तिमीहरु आफैँ केहिपनी गर्न सक्दैनौ हाम्रो भरमा बाचेका छौँ जस्ता कुरा गरेर गए । नेपाललाई पानी र जवानी दुवै काम लाग्दैन । यस्तो मोदीले भन्दै गर्दा हाम्रा नेतालाई मनमा छोयो या छोएन थाहा भएन तर, म एउटा नेपाली नागरिकको नाताले टेलिभिजन हेर्दै गर्दा मेरो मन नराम्ररी दुःखेको छ । यो यथार्थ पनि हो ।
मोदीले संसदमा गरको सम्बोधनलाई नेपाली नेताहरुले शिक्षाको रुपमा लिनुपर्छ । साथै हामी युवाहरुले पनि यसलाई राम्रो संग बुझन जरुरी छ । विदेश जान हतारिने होइनौँ कि देशमा नै बसेर केही धेरथोर काम गर्नुपर्छ । बरु एकछाक नखाएर किन नहोस् देश विकासमा लाग्नु जरुरी छ । देशमा उत्पन्न हरेक समस्यासँग जुधेर समस्या समाधानमा लाग्नु वा समृद्धितर्फउन्मुख हुने बाटो पहिल्याउनुपर्छ । साथै हाम्रा नेताहरुले पनि यसलाई आत्मसाथ गरेर नेपालको पानी र जवानी दुवैलाई प्रयोग गरे नेपालमा नै काम लाग्छ । यो आँट नेताहरुले गर्नुप¥यो । विदेश जाने युवाहरुलाई मात्र होइन स्वदेशमा बस्ने युवाहरुलाई पनि तालिम दिएर युवा स्वरोजगार जस्ता युवामुखी कार्यक्रम ल्याएर व्यवस्थित ढंगले लैजानुपर्छ । अनि मात्र देशको विकास हुन्छ । नत्रभने सधैं अरुले देला र खाउँला भनेर बस्नु सिवाय अरु केहि हुनेवाला छैन । चेतना भया ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts