Thursday, October 16, 2014

धादिङ । काँग्रेस एमाले संविधान निार्माण प्रक्रियालाई आफुअनुकुल बजाउन खोजेको भन्दै आन्दोलकमा उत्रिएका दलहरुले शुक्रवार काठमाडौमा विरोध सभा गर्दैछन् । 
धादिङ नुवाकोट रसुवा लगाएतका जिल्लामा कार्यकर्ताहरुलाई विरोध कार्यक्रममा जनताहरु सहभागि गराउन समेत २२ दलले निर्देशन दिईसका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड मोर्चामा आवद्ध २२ दलले शुक्रबार काठमाडौंमा हुने प्रदर्शनमा खुलामञ्च भरिने गरी सडकमा मानिस उतार्ने दाबी गरेका छन् ।
बुधबार बसेको २२ दलको बैठकमा ३१ गतेको सभाको तयारीबारे समीक्षा भएको छ । सभालाई २४ गते संविधानसभा अगाडि प्रदर्शन गर्दै सुरु भएको आन्दोलनको ‘क्लाइमेक्स’ भनिएको छ ।
खुलामञ्चमा हुने सभामा २२ दलमा आवद्ध तीन मोर्चाका तीन(तीन प्रमुख नेताहरुले सम्बोधन गर्नेछन् ।  बुधबार बसेको २२ दलको बैठकमा सभाका लागि आवद्ध दलहरुले कति मानिसलाई उतार्ने भन्ने बाँडफाँड गरेको छ ।  एमाओवादीले २० देखि ३० हजार मानिस ल्याउने बताइएको छ ।  यस मध्य धादिङबाट ५ हजार मानिस खुल्ला मञ्च लैजाने एमाओवादीको कोटामा परेको एमाओवादीका एक नेताले बताए । पहिचानमा आधारित संघीय गठवन्धनले १०र १५ हजार तथा मधेसवादी दलहरुले ४र५ हजार आफ्ना समर्थकलाई खुलामञ्चमा उपस्थित गराउने बताएका छन् ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts