Showing posts with label लेख/विचार. Show all posts
Showing posts with label लेख/विचार. Show all posts

Wednesday, June 11, 2014

सुदरशन खतिवडा
मुलुकका दुईवटा ठूला कम्युनिष्ट पार्टीहरु यतिबेला आन्तरिक किचलोमा रुमल्लिएका छन् । दोस्रो ठूलो दल एमाले र तेस्रो ठूलो दल एमाओवादीको आन्तरिक जीवनका विवादहरु नियाल्दा उदेकलाग्दो छ । कथनीमा आदर्शका शब्दहरु नछुटाउने यी दलहरुको जीवनव्यवहार असाध्यै ढोंगी र भद्दा लाग्दछन् ।मुलुकमा अत्याधिक कम्युनिष्ट जनमत भएपनि यस्तै किचलो र अनेकताले कम्युनिष्टहरुले विरलै मात्र आफ्नो लक्ष्यमा सफलताहासिल गरिरहेका छन् । रणनीतिक लक्ष्य एउटै भएपनि कार्यनीतिक श्रृंखलाका विविधता र फरक बुझाईका कारण फरक पार्टीभित्र मात्र होइन, एउटै पार्टीभित्र पनि अनेकता देखिन्छन् । तर यहाँ त विचारको फरक बुझाई भन्दा पनि व्यक्तिको टकराव अथवा जुँगाको लडाईले लक्ष्य उद्देश्यहरु लिलामीमा राख्ने गरिन्छ ।
दिपक विश्वकर्मा
प्रसङ्ग नं. १
जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अघिबढ्ने हेटौंडामा सम्पन्न सातो महादिवेशनद्वारा प्राप्ति कार्यदिशा पछि विचारमा एकरुपता देखिएता पनि विराटनगरमा सम्पन्न प्रथाम राष्ट्रिय सम्मेलन, विषेश गरि संगठानात्मक सम्मेलनमा आफ्नो पक्षको कार्यकर्ताहरु केन्द्रिय समितिमाकम परेको लगाएत विषय राख्दै केन्द्रिय समितिमा नबस्ने घोषणा ग¥यो । जसले सम्मेलन अर्पूणता रह्यो देशैभरिका उर्जाशिल कार्यकर्तालाई निराशाका साथ फर्काईयो । केन्द्रिय समितिलाई विस्तारगरि १५१ सदस्यीय बनाउन केन्द्रिय सदस्य मनोनित गर्ने प्रक्रियामा केहि सहमति देखिएता पनि पदाधिकारी, स्थायी समिति, पोलिट व्यूरो निर्वाचन प्रकृयालाई भारदारी लोकतन्त्रको संज्ञा असहमति प्रकट गरे ।
बाबुरामको फरक सात बुँदालाई तलसम्म छलफलको रुपमा लैजाने सहमति पश्चात केन्द्रिय समितिको बैठक टुङ्गियो । पछिल्लो अवधिमा विभिन्न सांचार माध्यममा समानान्तर समिति बनेको चर्चा, प्रचार ।

Tuesday, May 20, 2014

 सेक्रेटरी बन्न धेरै गारो धो नि हैन ?
पदाधिकारी र नेतृत्व चयन सम्बन्धि विषय व्यापक छलफल भएकै हो जिल्ला सम्मेलन भनिसके पछि छलफल हुने नै भयो । नेताहरुको कार्यव्यस्तताको कारणले सहमति जुटाउन नसक्दा जिल्ला सम्मेलन पटक–पटक सारिएको चाहिँ सत्य हो ।

Saturday, May 17, 2014

पढाइमा सामान्य साक्षर हुन उनी । यो देशले सधै गरिवि बेचिरहने कणाली अंचलको एक जिल्लो कालीकोट । त्यहि कालीकोटमा जन्मेका जीवन बुढा पंचायत विरोधी आन्दोलनबाट राजनीतिमा सक्रिय भएका थिए ।

Monday, April 14, 2014

दिपक विश्वकर्मा
२०७० साल नेपाली इतिहासमा विशेष रह्यो । नेपाली जनताले २००७ साल देखि देखेको संविधान सभाको निर्वाचन पहिलो संविधान सभाको विघटन पछिको अन्यौलतालाई चिर्दै २०७० मंसिर ४ मा सम्पन्न भयो । यसले जनतामा केहि आशा, उत्साह पैदा ग¥यो । यद्यपी यो निर्वाचन संगै राजनीतिक उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङगको समानुपातिक प्रतिनीधित्वको सुनिश्चित गर्ने समानुपातिक निर्वाचन प्रणालीको सही कार्यन्वयनको भन्दा पनि प्रणाली नै वेठिक भएका जस्ता हल्ला, छलफल र वहसहरु भए पहिलो संविधान सभाको तुलनामा दलित, महिला जनजाति, मधेसीको प्रतिनीधित्व घट्न पुग्यो ।
गंगालाल गुरुङ
आजबाट नेपालमा विक्रम संम्बदको साल फेरीएको छ । हिजो अर्को नै साल थियो तर आज बाट भने पूर्व क्षितिजबाट सूर्यको लालीम किरण धर्तीमा स्पर्श गर्दै गर्दा नेपाल नयाँ जोश जाँगर र उमंगको साथ नयाँ बर्ष २०७१ साल शुरुवात भएको छ । वि.सं २०७० साललाई फर्केर हेर्दा नेपालको इतिहासमा केहि सम्झन लायकका कामहरु पनि भएका छन् । जुन कामहरु भएका छन त्यसलाई सार्थकता दिन सकेमा २०७१ साल फदायी ठानिनेछ ।

Monday, March 24, 2014

केशरीप्रसाद पन्त
विकासको मूल आधार नै शिक्षा हो । शिक्षा विना सभ्य र समृद्ध समाज निर्माण हुन सक्दैन । शिक्षाको उज्यालो ज्वोतीले नै मानिस ज्ञान, विज्ञान र सिप हाँसिल गर्न सक्षम बन्छ ।  आजका बालबालिकाहरु शिक्षाको ज्वोतीबाट नै भविष्यको योग्य र राष्ट्रका कर्णधार बन्न सफल हुन्छन् । तसर्थ नेपालको अब बन्ने नयाँ संविधानमा उच्च शिक्षा सम्म पढ्न चाहने विद्यार्थीहरुका लागि लाग्ने खर्चको व्यवस्था सरकारले गर्नुपर्छ र दक्ष जनशक्ति उत्पादन पश्चात रोजगारीको सुनिश्चितता हुने कुरा समावेश गरिनुपर्छ, तब मात्र युवा शक्तिलाई विदेश पलायनबाट रोक्न सकिन्छ र सक्षम राष्ट्र निर्माणमा टेवा पुग्नेछ । त्यसैले बाल(बालीकाहरुका लागि लिइने एस.एल.सी परीक्षा पनि सहज र सरल ढंगबाट लिइनुपर्छ ।
राजु स्याङतान
........त्यस पछि उनले आफ्नो केश डल्लो पारी, अनि दुई लालावालाको मुखतिर पुलुक्क हेरिन् । हेराई असामान्य थियो । अनुहारमा विछिप्त कहानीहरु मडारिरहेको थियो । दुई बच्चाहरुलाई खस्रा हातले सुम्सुम्याए पछि गाडीको झ्यालबाट पर–पर हेर्दै आफैसँग हराउन थालीन् । गाडीको बेगसँग सरोकार थिएनउनलाई । रोसीखोलाको नागबेलीसँग पनि कुनै मतलव थिएन उनलाई । वेगिरहेको गाडीलाई उछिन्दै एक हुल पंछीहरु तिमाल डाँडा तिर सोझियो ।

Sunday, February 9, 2014

केशरीप्रसाद पन्त
जननी जन्म भुमिश्च स्वर्गदारी गरियसी, जन्म दिने आमा र जन्मभुमी स्वर्गभन्दा पनि प्यारो हुन्छ तर मानिसहरु भन्ने गर्छन– ‘के छ र नेपालमा ?’ साँचो अर्थमा भन्ने हो भने ‘के छैन नेपालमा ?’ तमाम् युवाशक्ति जुटेर अगाडि बढ्ने हो भने, थोरै समयमा नेपाललाई झिलिमिलि बनाउन सकिन्छ । स्वीट्जरल्याण्डका कुरा गरेर व्यार्थमा युवा शक्तिहरु विदेशिने आफ्नो देशको बारेमा सोच्दै नसोच्ने हो भने नेपाल र नेपलीको मुहारमा परिवर्तन आउन सक्दैन ।

Monday, February 3, 2014

गंगालाल गुरुङ
लोककगीत र लोक साहित्यको दायरा फराकिलो रहेको छ । मनको पीर, दुःख, वह अनि बेदनालाई लोकगीत अनि साहित्य मार्फत प्रस्तुत गर्दा मन नै हलुका भएको महशुस हुने गर्दछ । प्रत्येक नेपालीको नशा नशामा बग्ने रगतमा लोकगीतको कर्ण बगेको हुन्छ । किनकी चाहे जो सुकै होस् सानो बालक देखि लिएर वृद्ध सम्मको मानिसमा लोकगीत र लोकसाहित्यको मोह हुने गर्दछ । लोकगीत चाहे सुखमा रमाई रहेको बेलामा किन नहोस चाहे दुःखको सागरमा रुमलिरहेको बेलामा किन नहोस् हामी लोकगीत गुनगुनाई रहेका हुन्छौं ।
राजु स्याङ्तान
दास युगमानव सभ्यतामा सताब्दीऔं अघि नै अन्त्य भईसके पनि बदलिएको समय अनुसार दासताको स्वरुप बदलिएको छ । तत्कालिन दास युगमा दासहरुलाई काबुमा ल्याउन कोर्राको प्रयोग गरिन्थ्यो । वर्तमानमा दासहरुलाई प्रयोग गर्न सुन्दर र सौम्य तरिकाले कोरा आर्दश र सपनाको खेति गरिन्छ । तत्कालिन दासहरु खानका लागि खोरमा थुनिन्थ्यो, बर्तमानमा एक पेट खान जन्मभूमिलाई चटक्कै माया मारेर मुग्लान जानु पर्छ । तत्कालिन दास युगमा खुट्टामा नेल र हातमा हतकडी लगाइन्थ्यो ।

Monday, January 20, 2014

गंगालाल गुरुङ
सामाजिक सञ्जाल फेसबुक अहिले सबैको ओठ–ओठमा झुण्डिएको छ । फेसबुक नाम नसुन्ने सायदै होलान् । उमेरले चार बीस काटेका हजुर बुवा र आमाले पनि अहिले फलानो नातीको फोटो कस्तो छ हेरौ न बाबु तिम्रो फेसबुकमा होलानी भनेर भन्ने गर्दछन् । २१ औ शताब्दीमा अहिले फेसबुक आधारभूत आवश्यकता जस्तै बन्नपुगेको छ । बिशेष गरी युवा पिढीलाई फेसबुकको मोहले  चुर्लुम्म डुवाएको छ । सबैको ध्यान फेसबुकमा केन्द्रीत भएको छ ।

Wednesday, January 15, 2014

रामबहादुर भण्डारी
अन्तरघात आफ्नो पार्टी, व्यक्ति भित्रबाट, पार्टीलाई असहयोग  गरिने हरेक योजना असफल, विरोध भन्ने बुझिन्छ । जुन व्यवहार सुन्ने, देख्ने सामान्य मानिसहरुलाई लाग्न सक्छ, यो कस्तो वेईमान, खराव काम व्यावहार गरेको भनेर नीच, घटिया
जस्ता शब्हहरु धोकाको पनि हद हुन्छनी भनेर आक्रोस पोखिहाल्छ ।
यस पटकको संविधानसभाका निर्वाचनमा प्रत्यक्षमा हार्ने  उमेदवारहरुले आफुहरु सँग असहमति राख्ने सहयोगी कार्यकर्ताहरुलाई अन्तरघात एवं  तथ्य वा तथ्यहिन आरोपहरु औपचारिक वा अनौपचारिक रुपले लगाएर कायकर्ताहरुको राजनीतिक ईतिहासकै हत्या गराई आफ्नो पहँुच पार्टीमा आजीवन टिकाईराख्ने प्रवृत्तिले प्राथमिकता पायो । 

Saturday, January 4, 2014


काठमाडौं : एमाओवादी नेता बाबुराम भट्टराईको सानेपास्थित निवासमा गत मंगलबार उनीनिकट नेताहरूको गोप्य बैठक बसिरहेको थियो। पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सभासद्को सूचीप्रति असन्तुष्ट नेता भट्टराई, टोपबहादुर रायमाझी, हिसिला यमी, देवेन्द्र पौडेल, प्रभु साहलगायत अध्यक्ष पुष्पकमल दाहालविरुद्ध प्रतिवादको रणनीतिबारे त्यहाँ छलफल गरिरहेका थिए।

Friday, January 3, 2014

नारायण सिलवाल
दोश्रो पटक भएको संविधानसभाको निर्वाचनमा एमाओवादीले कल्पना नै नगरेको मत परिणम आयो ।
जनयुद्धको बेला खिचिएको रामबहादुर भण्डारीको फोटो
मतदान पक्रियामा धाँदली वा अन्य जे कारणले हारे पनि अन्ततः एमाओवादीलाई चुनावी पक्रियामा गईसके पछि मान्नै पथ्र्यो र दलहरु सँग छानविन गर्ने सहमति सहित माओवादीले आफ्नो हार स्वीका¥यो । लोकतन्त्रमा जनताले गर्ने फैसलालाई मान्दै अगाडी बढेको एमाओवादी समानुपातीक सभासदको सुचि बुझउँदा सम्म आउँदा विछिप्त जस्तै बन्या,े पार्टी केन्द्रमा विचारको मतभेदको चलिरहँदा धादिङमा भने धमिलो पानीमा माछामार्ने खेल खेलियो अन्ततः धमिलो पानीमा माछा मार्नेहरु नै क्षेणिक सफल भएको देखिएको छ ।

Sunday, December 8, 2013

नारायण सिलवाल
संविधान सभा निर्वाचन २०६४मा धादिङको तीनवटै सिट जित्न सफल एमाओवादीले यो दोश्रो संविधान सभको निर्वाचमा तीनवटै क्षेत्र गुमाएको छ । एमाओवादीले धाँधलीका कारण आफुलाई हराईयो बताउँदै आएको छ भने काँग्रेस एमाले जीतको खुसियाली सँगै सत्ता लुछाचुडीतर्फ अग्रसर भइसकेका छन् । निर्वाचन आयोग धाँधलीरहित चुनाव भएकोमा गर्व गरिररहेको छ । एमाओवादीले लगाएको धाँधली प्रमुख कारण होला या नहोला यो पंत्तिकारलाई भने एमाओवादीले हार्नुमा धाँधली मात्र ठान्दैन ।

Friday, December 6, 2013

सागर कु“वर
विविध आशंका, अन्योल र अनिश्चितताका वाफजुद संविधानसभाको निर्वाचन २०७० सम्पन्न भएको छ । निर्वाचनको सम्पन्नता स“गस“गै अनेक प्रकारका प्रतिक्रियाहरु आएका छन । फरक फरक मानिसहरुका फरक फरक धारणाहरु आउने क्रम रोकिएको छैन । त्यसका साथसाथै निर्वाचन पश्चात अब देशमा संविधान बन्नेछ वा छैन, त्यस खालका अड्कलवाजीहरु पनी हुन थालेका छन । संविधानसभाको निर्वाचन सम्पन्न भए पनि संविधानसभाको गठन हुन बा“की नै रहदाको समयमा आएका यसप्रकारका अड्कलवाजीहरु वजार हल्लाका रुपमा निकै रमाइला भएका छन ।

Tuesday, December 3, 2013

डा. टीकाराम पोखरेल
निर्वाचन हुन्छ कि हुँदैन भन्ने अनिश्चितता र अन्यौलताका बाबजुद अभूतपूर्व रुपमा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । चुनावअगाडि चुनावका जे–जति संभावित चुनौतीको आँकलन गरिएको थियो तर अनुमान गरे जति चुनौतीको सामना गर्नु परेन । सरकार र निर्वाचन आयोगको सतर्कतासँगै निर्वाचनमा आमजनताको स्वतस्फूर्त सहभागिताले गर्दा चुनौतीहरु आफैँ निस्तेज भए । निर्वाचन आयोगले यो निर्वाचनलाई इतिहासमै सबैभन्दा बढी प्रतिशत मत खसेको भनिसकेको छ । परिणामहरु बाहिर आउन लाग्दा प्रारम्भिक परिणामहरु कतिका लागि उत्साहपूर्ण र कतिका लागि निराशापूर्ण पनि देखिएको छ ।
मोहनविक्रम सिंह
संविधान सभाको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष चुनावमा जनताको व्यापक सहभागिता हो । जनताको त्यस प्रकारको व्यापक सहभागिता त्यो वेला भएको छ, जुन बेला नेकपा–माओवादीले चुनावको वहिष्कार गर्ने र त्यसलाई असफल पार्ने घोषणा गरेका थियो । कैयौ“ स्थानहरूमा वम विष्फोटनहरू भएका थिए ।
रामदीप आचार्य
सुरुवात
अन्ततस् संविधानसभाको दोस्रो निर्वाचन नौटंकी नै सावित भयो । क्रान्ति र प्रतिक्रान्तिबीचको टक्कर उत्कर्षमा पुगेका वेला संविधानसभाको कार्यनीति बिचौलिया भएर आएको थियो । बिचौलियाको कामै त्यही हो, जता शक्ति उतै ढल्किने । जनता अधिकारका लागि बन्दुक बोकिरहेका थिए । शक्तिमा थिए । संविधानसभा क्रान्तिकारीजस्तो देखियो ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts