Showing posts with label Local News. Show all posts
Showing posts with label Local News. Show all posts

Thursday, January 16, 2014

धादिङ माघ ३ । जिल्ला प्रहरी कार्यालय गोरखाले नागरिकका गुनासा सुन्न र अन्तरक्रिया गर्न फेसबुक पेज फेसबुक पेजमा नागरिकका गुनासो संकलन गर्न छुट्टै फारम बनाएर राखिने र सेवाग्राहिले त्यसलाई डाउनलोड गरी फर्म भरेर म्यासेज बक्समा पठाउन सक्ने बनाएको छ । यता धादिङ प्रहरीको भने नागरीक सुरक्षामा त्यति ध्यान दिएको पाईदैन । तर छिमेकी जिल्लाका भने प्रहरी प्रतिको अपेक्षा, गुनासा सुन्न र सल्लाह, सुझाव लिन फेसबुक पेज बनाएको प्रहरी प्रमुख डिएसपी रमेश थापाले बताउनुभयो ।
धादिङ ३ माघ । धादिङ जिल्लामा विहिबार १६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरि मनाईएको छ । ‘नसोधी–नबोली आउँछ भूकम्पीय विपद्, जागौं–जुटौं बचाउन स्रष्टिको सम्पदा’ भन्ने नाराका साथ सचेतनामूलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

Thursday, January 9, 2014

 पौष २५, धादिङबेसी । माध १५ गते देखि धादिङबेसीको खुल्ला मञ्चमा हुने बृुहत कुषि पर्यटन तथा धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र पारीएको छ । मेलालाई भव्य र सव्य रुपमा सम्पन्न गर्नको लागी आज मेला प्रचार प्रसार समितिको बैठक सम्पन्न भएको हो । मेलाको प्रचार प्रसारलाई तिव्र रुपमा अगाडी बढाउने उद्देश्य सहित बैठकको आयोजना गरिएको प्रचार प्रसार समितिले जनाएको छ । 
प्रचार प्रसार समितिका संयोजक राजेन्द्र प्रताप शाहको अध्यक्षतामा सम्पन्न भएको बैठकमा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, रेडियो बिहानीका सह–स्टेशन म्यानेजर नारायण सीलवाल, दिव्य दर्शन टेलिभिजनका प्रमुख पोषनाथ अधिकारी, प्रेस युनियन धादिङका अध्यक्ष मुरारी अधिकारी लगायत पत्रपत्रिका र रेडियोमा कामय गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

Tuesday, November 26, 2013

मंसिर १२ धादिङ । एकीकृत माओवादी प्रति जनताको अपार माँया पाएको धादिङको तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित  हँुदा हँुदै पनि स्थानीय प्रशासन र अन्य दलहरुको रणनीतिमा एमाओवादीलाई हराउनको लागि मतपेटीका साटेकोले आफुले हारेको बताएको छ ।

Friday, October 25, 2013

८ कार्तिक नीलकण्ठ । संविधानसभाको निर्वाचन नजिकीदै गर्दा एकीकृत नेकपा माओवादी निर्वाचन क्षेत्र न. २ आफ्नो पक्षमा जनमत जुटाउनको लागी जनताहरुको घरदैलो जाने अभियान अन्तगर आज नीलकण्ठ गाउँ विकास समितिको  पाँचधारेमा अन्तरया कार्यक्रम सम्पन्न गरेको हो  ।

Tuesday, October 22, 2013

सुदिप विश्वकर्मा
कार्तिक ५ मैदी । २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत नआउँदा जनपक्षिय संविधान निर्माण गर्न नसिकएको एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ । उहाँले अब पनि संविधान नबने देश ठूलो दुर्घटनामा फस्ने भन्दै समृद्ध नेपाल निर्माणको लागि माओवादीलाई बहुमत दिनको लागि आग्रह गर्नुभयो ।

Monday, October 21, 2013

(यतिबेला चौतर्फी चुनावी सरगर्मी बढेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा आफुले जित्ने दाबी सबै दलको छ । पहिलोे संविधानसभाको निर्वाचनमा धादिङका तीन वटै क्षेत्रमा एमाओवादीले बिजय भएको ताजै छ । आगामी मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनमा पनि आफुले तीन वटै क्षेत्रमा स्पष्ट बहुमत सहित विजय गर्ने एमाओवादीको दाबी छ । उसको दाबी अनुसार धादिङः२ का नेता कार्यकर्ता पनि आफुहरु निर्वाचन जितेरै देखाईदिने उद्घोष गर्छन् । धादिङ क्षेत्र नः २ अन्तगर्त पर्ने गाविसका एमाओवादी गाउ“ समिती अध्यक्ष तथा निर्वाचन परिचालन समितीका संयोजकको धारणा यस्तो छ । –सम्पादक ) 

Wednesday, October 9, 2013

हुने नै भयो मंसिर ४ मा निर्वाचन

धादिङबेसी । पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि दोस्रो संविधानसभाको निर्वाचन गराउन बनेको खिलराज रेग्मी नेतृत्वका सरकारले अन्ततः मंसिर ४ गते निर्वाचन गराउने पक्का भएको छ । सबै दललाई सहभागी गराउने रेग्मी सरकारको पहललाई वैद्य नेकपा माओवादी निकट मोर्चाले बहिस्कार गर्ने भए पछि अन्य दलहरुले निर्वाचन आयोगले तोकेको मिति बिहीबार मुलुकभर प्रत्यक्ष तर्फको उम्मेद्वारी दिएका छन् । 

Saturday, September 28, 2013

टापबहादुरको गोठमा मकैको घाँसले छोपि राखेको अवस्थामा फेला परेको काठ
असोज १३ । एकिकृत नेकपा माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग धादिङले अवैधरुपमा बेच्नको लागि लुकाई राखेको काठ आफ्नो नियन्त्रणमा लिएको छ । जोगिमारा गाउँ विकास समिति वडा नं. ७ निवासी एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका टापबहादुर श्रेष्ठले काटेर लुकाईराखेको २४५ थान सालको थाम (काठ)लाई योङ कम्युनिष्ट लिगको सक्रियतामा नियन्त्रमा लिइएको हो । 

Sunday, September 8, 2013

धादिङका तीन ठुलादलले केन्द्रमा पठाए उम्मेदवारको नाम

धादिङ । मंसिर ४ गते चुनाव हुन्छ, हुँदैन भईहाले पनि भए रहित वातावरणमा मतदान गर्न पाईन्छ पाईदैन, ढुक्क हुन नसकि रहेको अवस्थामा ठुला ४ दलले भने मंसिर ४ गते जसरी नी चुनावहुने दावी गर्दै आएका छन् । उनीहरुले जिल्ला जिल्लाबाट उम्मेद्वारीको नाम सिफरिस गर्न जिल्ला पार्टीलाई निर्देशन पनि गरि सकेका छन् । यसै सिलसिलामा धादिङको तीन वटै क्षेत्रबाट पनि पहिलो संविधान सभाका ठुला दल (एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले) ले उम्मेदवारको नाम केन्द्रमा सिफरिस गरेका छन् ।

Monday, August 26, 2013

धादिङले १८ जनाको नाम  छनौटको लागि केन्द्रमा पठायो

धादिङ । एकीकृत नेकपा माओवादीले धादिङले आगामी संविधानसभा निर्वाचनको लागि प्रत्येक्ष र
शनिबार जिल्ला समिति सदस्यहरुको बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष ३ जना र समानुपातिक ३ जना  गरी ६ जना उम्मेद्वारहरुको नामावाली ठोस गरेको थियो । निर्वाचन क्षेत्र नं.१ बाट प्रत्यक्षतर्फ पुष्पविक्रम मल्ल, राजु नेपाल र विजय बुर्लाकोटी, समानुपातिक तर्फ रामबहादुर भण्डारी, सुशिला थापा र बीरबहादुर तामाङ  । 

Wednesday, August 21, 2013

धादिङको तीन क्षेत्रमा नै चुनाव जित्ने दावी

भाद्र ५ ।धादिङ । एनेकपा माओवादी धादिङले श्रावण १० गतेवाट “पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभावाटै संविधान”  को मूल नारासहित संविधानसभाको निर्वाचनको तयारीका लागि पार्टी केन्द्रको निर्देशन अनुसार संचालन गरेको जनसम्बन्ध सुदृढीकरण अभियान सम्पन्न गरेको छ ।
अभियान सम्पन्न पछि तीनवटै क्षेत्रका संयोजकहरुले धादिङको तीन वटै क्षेत्रमा माओवादीले जित्ने दावी गरेका छन् ।

Tuesday, July 30, 2013

धादिङ श्रावण १६ । एकीकृत नेकपा (माओवादी)ले संविधानसभाको निर्वाचनलाई कन्द्रित गरेर देशव्यापीरूपमा एक महिने जनपरिचालन अभियान सञ्चालन गरि रहेको छ । साउन १० देखि सुरु भएको यस अभियानका क्रममा धादिङमा तीन केन्द्रीय नेता आएका छन् ।

Wednesday, July 10, 2013

धादिङ असार २६ । समग्र जिल्लाको विकासको लागी आफु प्रतिवद्ध रहेको केहि समय अगाडी कार्यभार सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले बताउनु भएको छ । जिल्लामा शान्ति सुव्यावस्था कायम गर्नको लागी  सबैको महत्वपुर्ण भुमिका रहने भन्दै पोख्रेलले सहयोग गर्नको लागी पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । कार्यभार सम्हालेपछि जिल्लामा क्रियाशील सञ्चारकर्मी सँगको परिचयात्मक कार्यक्रममा बुधवार बोल्दै उहाँले धादिङ अनेकतामा एकताले भरिपुर्ण जिल्ला हुदाँ हुदैँ पनि विकास निर्माणको क्षेत्रमा पछि परेको उल्लेख गर्नुभयो ।
 धादिङ असार २६ गते । सुनौला बजार गाउँ विकास समिति वडा न. ३ मा आफ्नै जेठाजुले जवरजस्ती
करणी गरेको भन्दै बुहारी न्याएको लागी  जिल्ला प्रहरी कार्यलय सम्म आईपुगेकी छिन् । मंगलवार अपराह्रन बारीमा कोदोको विउ गोड्न गएको समयमा आफ्नै जेठाजु हरी बहादुर श्रेष्ठले  आफुलाई जवरजस्ती गरेको  आरोप लगाएकी छिन् । बारीमा गएको श्रीमती घर नफर्केपछि श्रीमान बारीमा जादा आफ्नै दाजुले  जवरजस्ती गरिरहेको अवस्थामा देखेपछि श्रीमानले गाउँको अन्य व्यक्तिहरुलाई बोलाएर घट्नाको बारेमा जानकारी गराएका थिए ।

Monday, July 8, 2013

धादिङ २५ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रमा अपराध नियन्त्रणका लागि सञ्चालन गरेको अभियानको क्रममा प्रहरीले लागु औषध कोरोबाहीहरु, चोरी डकैतीमा संलग्नहुनेहरुलाई पक्राउ गर्न सफल भएको छ ।  असार १४ गतेदखी २३ गते सम्म सञ्चालन भएको अप्रेशनमा राजमार्ग क्षेत्रमा भएको विभिन्न अपराधहरु नियन्त्रण भएको र त्रिशुली नदी किनारबाट अबैध रुपमा निकाल्ने बालुवा गीट्टी ढुङगाा निकासी तथा ओसार पोसारका कार्यहरु पुर्ण रुपमा  नियन्त्रमा आएको आज पत्रकार सम्मेलन गरि प्रहरीले जानकारी दिएको छ ।

Friday, June 28, 2013

धादिङ १५ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मंसीर ४ मा जुनसुकै हालतमा पनि संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ । देश संक्रमण कालिमा गुज्रिरहेको भन्दै केसीले निर्वाचनै निकासको उत्तम विकल्प रहेको तर्क राख्नु भयो । नेपाल पे्रस युनियन धादिङ् शाखाले शनिवार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  बोल्दै केसीको यस्तो बताउनु भएको हो ।
धादिङ १५ असार । जिल्ला खेलकदु विकास समिति धादिङले  शनिबार एक कार्यक्रमको आयोजना गरि  नुवाकोटमा सम्पन्न भएको नेपाल–भारत आमन्त्रित मैत्रीपुर्ण अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका बिजयी दश जना खेलाडीहरुलाई सम्मान गरेको छ ।

Thursday, June 27, 2013

धादिङ १४ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रका अपराध नियन्त्रणका लागि धादिङका राजमार्गका सडक खण्डहरुमा एक हप्ते फ्लस आउट नामक विशेष अपरेशन आजबाट सुरु हुँदैछ । आजबाट शुरु हुने उक्त विशेष अपरेशन असार २१ गते अन्त्य हुनेछ ।
सुमन अधिकारी।
धादिङ १४ असार । सरस्वती उच्च माध्यमिक विद्यालय धुवाँकोट धादिङमा विहिवार पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका सदस्य निम बहादुर गुरुङको अध्यक्षता एकीकृत नेकपा माओवादी ताम्सालीङ राज्य समितिका सदस्य राजु नेपाल विकासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भिम बहादुर दाहाल, समाजसेवी राजकुमार श्रेष्ठ, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधी, शिक्षक तथा अभिभावकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजु नेपाल विकासले विद्यार्थीहरुमा छाडा प्रवृत्तिले गर्दा शैक्षिक गुणस्तर खस्कीएको बताउनु भएको थियो ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts