Friday, July 13, 2012

ब्ल्याक एण्ड ह्वाइट इमेजमा सीमित च्यानल हेर्नुपर्ने एवं भद्दा टेलिभिजन सेट राख्नुपर्ने बाध्यता अब इतिहास भैसकेको छ । बदलिँदो लाइफस्टाइलसँगै टेलिभिजन टेक्नोलोजीले लामो फड्को मारेको छ । जसले उपभोक्तालाई सयौं च्यालनको विकल्प मात्र दिएको छैन, दिएको छ-एउटै स्त्रिmनमा अनेकौं सुविधा पनि ।

अब घरको भित्तामा यस्तो स्त्रिmन झुन्ड्याउन सकिन्छ जसलाई टेलिभिजनसँगै कम्प्युटरका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यो स्लिम स्त्रिmनलाई इन्टरनेट कनेक्सनमा पनि जोड्न सकिन्छ । यसमा गुणस्तरीय पिक्चर क्वालिटीसँगै थि्रडीको मज्जा लिन सकिन्छ । घरभित्रै बसेर फिल्म हलको सुविधा उपभोग गर्न पाइन्छ । स्याटलाइट प्रविधिमा आधारित डिटिएच -डाइरेक्ट टु होम) को आगमनले टेलिभिजनको गुणस्तरलाई थप उकासेको छ ।

मनोरञ्जनको साधनका रूपमा भित्रिएको टेलिभिजनले नेपाली समाजलाई पनि दह्रो पकडमा राखेको छ । कुनै पनि घर यस्तो नहोला, जहाँ टेलिभिजन छैन । कुनै बेला

'बिलासिताको साधन' भनिने टेलिभिजन अब उच्च र मध्यम मात्र होइन निम्न वर्गीय परिवारका लागि पनि मनोरञ्जनको अभिन्न हिस्सा बन्न पुगेको छ । आधुनिकतालाई पछ्याइरहेको नेपाली समाज अब टेलिभिजन मनोरञ्जनबाट अलग्गिन नसक्ने भैसकेको छ । टेलिभिजनको यो बढ्दो क्रेजसँगै नेपाली च्यालनहरू पनि बढेका छन् । केही समयअघि सरकारी नियन्त्रणको नेपाल टेलिभिजनमा सीमित नेपाली च्यानलको संख्या अहिले दर्जनको हाराहारीमा पुगेको छ । जसले मनोरञ्जन मात्र होइन, देश-विदेशमा घटेका क्षण-क्षणका घटनाहरूका सम्बन्धमा सर्वसाधारणलाई अपडेट गराइरहेको छ । त्यसो त विश्वका कुनै पनि ब्रान्डका टेलिभिजन खोज्न अन्त जानु पर्दैन, नेपाली बजारमै उपलब्ध छन् । कस्तो टेलिभिजन लिने ? यसमा पनि थुप्रै विकल्प छन् । पुराना मोडलदेखि एलसिडी, एलइडी र स्मार्ट टेलिभिजनसम्म सजिलै खरिद गर्न सकिन्छ ।

पछिल्लो समय भित्रिएको स्मार्ट टेलिभिजन अहिले 'हट प्रोडक्ट' का रूपमा छाएको छ । सोनी, सामसुङ, एलजी आदि केही ब्रान्डले यो टेक्नोलोजीको टेलिभिजन बजारमा ल्याएका हुन् । एलसिडी, एलइडी हुँदै आएको यो पछिल्लो टेलिभिजनमा पनि नेपाली उपभोक्ताहरू आकषिर्त हुँदै गएको सिजी इलेक्ट्रोनिक्सका रविशंकर भट्ट बताउँछन् । 'नेपालमा टेलिभिजनको ट्रेन्ड परिवर्तन भैरहेको छ' भट्ट भन्छन्-'जसले सिआरटी टेलिभिजन रिप्लेस भएको छ ।' बदलिँदो जीवनशैलीसँगै बढ्दो क्वालिटी कन्सनेसका कारण स्मार्ट टेलिभिजन रुचाइएको उनले बताए । सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा एक वर्षअघि एलजीको स्मार्ट टेलिभिजनको बिक्री प्रारम्भ गरेको हो ।  एलजी ब्रान्डमा ३२, ४२ र ५५ इन्च स्त्रिmनसहितको थ्री डी टेलिभिजन उपलब्ध छ । अन्य दुई मोडलमा भने थ्री डी सुविधा छैन । यसैगरी सामसुङ र सोनीको पनि थ्री डी टेक्नोलोजीमा आधारित स्मार्ट टेलिभिजन नेपाली बजारमा पनि उपलब्ध छ ।

Related Posts:

  • नेपाली बजारमा स्मार्ट टेलिभिजन ब्ल्याक एण्ड ह्वाइट इमेजमा सीमित च्यानल हेर्नुपर्ने एवं भद्दा टेलिभिजन सेट राख्नुपर्ने बाध्यता अब इति… Read More
  • दिमागबारेका केही रोचक तथ्यमस्तिष्क मानव सरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ ।मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसि… Read More
  • Changing Channels, From Cable to the Web Curabitur at est vel odio aliquam fermentum in vel tortor. Aliquam eget laoreet metus. Quisque auctor dolor fermentum nisi imperdiet vel placerat purus convallis. Fusce et risus eu justo euismod pellentesque. Suspendiss… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts