Tuesday, August 20, 2013

पुष्पविक्रम मल्ल
दोश्रो संविधानसभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्वाचन आयोगले तय गरेको सन्दर्भमा एकीकृत माओवादीले देशव्यापी जनसम्बन्ध सुदृढीकरण सम्पन्न भयो । यस क्रममा धादिङको ५० वटै गाविसका पार्टी पंक्ती समर्थन शुभचिन्तक एवं अन्य जनसमुदाय सँग भेटघाट सम्पन्न गरेको छ । तसर्थ जनसम्बन्ध सुदृढीकरण अभियानले दिएको उपलब्धीहरुलाई संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
वैचारिक तथ राजनितिक पक्ष
एककिृत माओवादीको हेटौंडा महादिवेशनले पारित गरेको पार्टी कार्यदिशा र प्रथम विस्तारित वैठकले गरेको ऐतिहासिक निर्णयलाई पार्टी पंक्ती एवं अन्य जनसमुदायलाई प्रशिक्षण गर्ने र पार्टी र जनसमुदायबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ दिने काम सम्पन्न भएको छ ।
तसर्थ पहिलो चरणको यो अभियानले पार्टी नेता कार्यकर्ता र जनता बीचको जनसम्बन्ध स्थापित गर्ने आधार तयार गरेको छ । हाम्रो पार्टीका नेताहरु कार्यकर्ताहरु विरुद्ध साम्राज्यवादको गुरुयोजनामा  दुश्मन र विरोधीले विभिन्न संचार माध्यामहरुबाट झुटा आरोपहरु लगाएर जनतालाई भ्रममा पार्ने कामलाई एक हदसम्म स्पस्ट पार्ने काम गरेको छ । किनकी महान जनयुद्धको दश वर्षको रक्तपातपुर्ण युद्धको जग र उन्नाइस दिनको जनआन्दोलन लगाएत सबै किसिमका संघर्षबाट वाइस  सय वर्ष पुरानो निरन्तरताको प्रतिकृयावादी राज्यसत्ताको माथिल्लो संरचना राजतन्त्रलाई अन्त्य गरी संघीयता, गणतन्त्र धर्मनिरपेक्षता र समानुपातिक जस्ता चार उपलब्धिहरु संविधान सभाको पहिलो वैठकबाट जारी गरेको कुरा सबैलाई थाहा नै छ ।
पहिलो संविधान सभाको निर्वाचनमा जनताले एकीकृत माओवादीलाइ ठुलो पार्र्टी बनाएको हुँदा राजतन्त्रको अन्त्य भएको हो । तसर्थ राजनैतिक रुपमा पुरानो प्रतिकृयावादी राजतन्त्रात्मक राज्य सत्तालाई गुणात्मक रुपबाट जबर जस्त ध्वस्त गरि संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिकलाई अन्तरिम संविधान सभामा अग्रगामी राजनैतिक निकासको ढोका खोलिदियको छ । यो नै मुख्य राजनैतिक परिवर्तन हो । यो राजनैतिक परिवर्तन समेतलाई दोस्रो संविधानसभाको निर्वाचनबाट संस्थागत गर्नु हो । तसर्थ यी चार कुराहरु (संघियता, धर्मनिरपेक्षता, गणतन्त्र र समानुपातिक ) समेतको उपलब्धिलाइ दोस्रो संविधान सभाबाट संस्थागत गर्ने र पुँजिवादी जनवादी क्रान्तिका बाँकी रहेका केहि कार्यभारहरुलाई पुरा गर्ने र समाजवादी क्रान्तिको तयारीमा लागि पर्ने नितान्तै नयाँ नेपाली क्रान्तिको लागि नयाँ संश्लेषण गरेको कुरा स्पष्ट पार्ने काम भयो । तसर्थ ००६ साल देखि भन्दै आएको नयाँ जनवादी क्रान्तिको राजनैतिक कार्यदिशाको पुँजीवादी जनवादी क्रान्तिको राजनैतिक कायृदिशा पारित गरेको छ । तसर्थ हाम्रो पार्टीको राजनैतिक कार्यदिशा पुँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभारलाई पुरा गर्न दोश्रो संविधानसभाको निर्वाचनमा संघीयता पक्षधरलाई दुई तिहाई र हाम्रो पार्टीलाई बहुमत दिएर सरकार निर्माण गर्न जनताले सहयोग गर्ने छ ।
राजनैतिक रुपबाट प्राप्त गरेको यो परिवर्तन हो । तर दुई पटक सम्म एकीकृत माओवादीको नेतृत्वमा सरकार बनेतापनि जनताको जीवनमा गुणात्मक रुपबाट परिवर्तन गर्न न सकेको स्थिति पनि रहेको यथार्त हो । साथै हाम्रो पार्टी पंत्ती भित्र देखा परेको केहि विसंगतीहरु केहि विकृतीहरु र जनताको अपेक्षा अनुसार विकास निर्माण लगायतका काम हुन नसकेको स्थितिमा पार्टी पंती, जनसमुदायमा देखिएको भ्रमलाई यस अभियानले स्पष्ट पार्ने काम गरेको छ ।  राजनैतिक क्रान्ति पुरा गर्न अझै पार्टी भित्र एकतबद्ध भएर दोश्रो संविधान सभाको चुनावमा हाम्रो पार्टीलाई विजय गराउने सुनिश्चिता पैदा गरेको छ । माक्र्सवादको समाजवादी क्रान्तिको दर्शन अनुसार राजनैैतिक क्रान्तिमा हरेक राजनैतिक घटना, क्रान्तिलाई क्रान्तिकारी कम्यूनिष्टहरुको हो र होइन दुबै अर्थमा बुझ्नु पर्छ । किनकी भौतिक विज्ञानमा हो भन्नु पर्ने हुन्छ कित होईन भन्नु पर्छ । तर राजनीति क्रान्तिका भएको घटनालाई हो भनेर बुझ्नु पनि ठिकहुन्छ होईन भनेर बुझ्न पनि ठिक हुन्छ । जस्तोकी जनयुद्धमा दशौं हजारको बलिदानी भएर नै १९ दिनको जनआन्दोलन भयो र जनताले एकीकृत माओवादीलाई ठुलो पार्टी बनाएको हुँदा नै २२ सय वर्ष पुरानो सामन्ती राजतन्त्रात्मक राज्य सत्ताको मुख्य नाईके राजतन्त्रको अन्त्य भएको छ ।
यो महान् उपलब्धीलाई बुझ्नु पर्छ ठिक हो भनेर, अर्कोतिर दशौंहजार सहिदलाई सहिद घोषण सरकारबाट गरियो । सहिद परिवारलाई सरकारबाट केहि राहत दियौं । तर पनि सहिद वेपत्ता परिवारको आधारभुत समस्याहरु घाईते अपाङ्ग, महान जनयुद्धका क्रममा चमत्कारीपूर्ण कार्य गर्ने नेता तथा कार्यकर्ता लगायत जनतको आधार भुत समस्याहरु समाधान गर्न नसकेको स्थितिलाई हेर्दा होईन भनेर पनि बुझ्न सकिन्छ ।
तसर्थ दार्शनिक रुपले हो र होईन दुबै ठकि हो भनेर राजनैतिक क्रान्तिलाई बुझ्नु पर्दछ । तव मात्र हामीले राजनैतिक क्रान्तिलाई ठीक सँग बुझ्न सकिन्छ भनेर कसैले भनेमा कौवाको पछि–पछि दगुर्न सरह हुनेछ । त्यसैले विरोधीहरु र दुश्मनको भ्रममा पर्नु हुँदैन । हाम्रो पार्टीले आर्थिक उत्पादनलाई केन्द्रमा राखेर नेपाल चीन भारतको त्रिदेसीय रणनीति साझेदारीबाट नेपालको भौतिक पूर्वाधार विद्युतको उत्पादनमा चीन र भारत सँग अध्यक्ष क. प्रचण्डले प्रस्ताव राखेपछि चीन सरकारले रसुवा–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्ग बनाउने दशहजार आठसय मेगावाट विद्युत कर्णालीबाट उत्पादन गर्ने भारत सरकारले सैद्धान्तिक सहमति दिएको छ । यसरी दुई छिमेकी देशबाट भौतिक पूर्वाधारको लागि सहयोग लिने र देशभित्रबाट राष्ट्रिय उद्योगको विकास गरी २ करोड ६५ लाख नेपाली जनताको जीवनमा सुधार गर्ने नीति लिएको छ । यसरी हाम्रो पार्टीले आर्थिक उत्पादनलाई केन्द्रमा राखेको छ । अब आउने ५–१५ वर्ष भित्र नेपाली जनतालाई देशमा नै रोजगारको अवसर प्रदान गरी नेपाललाई धनी देश बनाउन सकिन्छ । जन सम्बन्ध सुदृढीकरण अभियानले हाम्रो पार्टीको विचार राजनीतिलाई संस्लेषण गर्न सफल भएको छ । पार्टी पंती एकताबद्ध भई धादिङको तीनवटा निर्वाचन क्षेत्रमा क्रान्तिकारी जनसमुदायले एककिृत माओवादी पार्टीलाई मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनमा विजय गराउने कुरा सुनिश्चित गरेको छ । किनकी एमाले, नेपाली काँग्रेस राप्रपा लगायत अन्य पुँजीवादी सामन्ती राष्ट्रघाती पार्टीलाई धादिङका क्रान्तिकारी जनसमुदायले पराजीत गर्ने छन् ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts