Monday, August 26, 2013

धादिङले १८ जनाको नाम  छनौटको लागि केन्द्रमा पठायो

धादिङ । एकीकृत नेकपा माओवादीले धादिङले आगामी संविधानसभा निर्वाचनको लागि प्रत्येक्ष र
शनिबार जिल्ला समिति सदस्यहरुको बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष ३ जना र समानुपातिक ३ जना  गरी ६ जना उम्मेद्वारहरुको नामावाली ठोस गरेको थियो । निर्वाचन क्षेत्र नं.१ बाट प्रत्यक्षतर्फ पुष्पविक्रम मल्ल, राजु नेपाल र विजय बुर्लाकोटी, समानुपातिक तर्फ रामबहादुर भण्डारी, सुशिला थापा र बीरबहादुर तामाङ  । 
त्यसैगरी क्षेत्र नं. २ प्रत्यक्षमा कल्पना धमला, मनराज भण्डारी, र गणेश तिवारी समानुपातिक तर्फ बेदनिधी अधिकारी, दिपक विश्वकर्मा र लक्ष्मी थापा । यसैगरी निर्वाचन क्षेत्र न.३ बाट प्रत्यक्षमा शालिकराम जमकटेल, उत्तम कंडेल र दिपक लामिछाने समानुपातीकमा रामबहादुर तामाङ, ध्रुर्व सुवेदी र सृजना रिजाललाई  सिफारीस गरेको छ । बैठकका सभापति समेत रहनु भएका पुष्पविक्रम मल्ले उम्मेद्वारीको बन्छ, त्यो ठुलो कुरा नभएको भन्दै समग्रमा पार्टीले जित्नु पर्छ र जित्छ पनि, ढुक्क भएर जनताका जान कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । हिजो कस्ल,े के भन्यो, के ग¥यो, गरेन भन्ने कुरा सबैले त्यागी पार्टीलाई जिताउन कार्यकर्तालाई आग्रह गर्नू भएको थियो ।
अब मंसिर ४ गते संविधानसभाको निर्वाचन हुन्छ, यसमा कुनै संझौता नहुने बताउँदै मल्लले निर्वाचन देखि डराएकाहरुले विभिन्न हल्ला चलाउने गरेको बताउनु भएको थियो । उहाँले नेकपा –माओवादीले चुनाव बहिस्कार गरे पनि कार्यकताले एमाओवादलिाई भोट हाल्ने बताउनु भएको थियो ।
त्यसैगरि पूर्व सभासद कल्पना धमलाले हिजो पार्टी गुटमा विभाजित आस्थामा थियो त्यो बेला के भया,े रिस राग र निराशा सबैले त्यागौं  गुटको अन्त्य भएको छ, एकता बद्धभएको छ चुनाव हामीले नजिते कस्ते जित्ने जनता आशावादी रहेको कुरा स्पष्ट पार्दै जिल्ला कमिटी सदस्यहरुलाई जनताको घरदैलो पूग्न आग्रह गर्नु भएको थियो । चुनाव केन्द्रित बनेको एमाओवादी धादिङले चुनाव सम्मको लागी नयाँ कार्यनीति समेत बैठकले बनाएको एक नेताले बताए । जस अन्तरगत पार्टीमा पूर्णकालिन कार्यकर्ताको ठोस गरिने, कम्तीमा पनि एक सयको हाराहारीका पूर्णकालिन कार्यकता हुनुपर्ने, प्रत्येक गाविसमा एक जना पूर्ण कालिन कार्यकर्ता हुनुहुपर्ने  ।   हरेक निर्वाचन क्षेत्रमा रहेका वाइसिएल तथा पूर्व जनमुक्ति सेनाका युवासंगै आम युवाहरुलाई उत्पादनमा जोडेर चुनावी मैदानमा लैजाने तयारी गर्ने छलफल भएको कार्यालय सचिव विनोलबाबु रिमालले जनमुक्तिमार्गलाई बताउनु भयो ।
समानुपातिक निर्वाचनतर्फका उम्मेद्वारहरुको नाम केन्द्रमा छनौटको लागी पठाएको छ । एकमहिने जनसृदृढीकरण अभियान सकेको एमाओवादी धादिङले केन्द्रको सर्कुलर अनुसार  प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारहरुको नाम पार्टी केन्द्रमा पठाएको हो ।

Related Posts:

  • धादिङ बन्दले जनजीवन प्रभावित, पसल समेत खुलेनन्धादिङबेसी असार ३० / अन्तरजातीय विवाहका विषयलाई लिएर गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलित समूदाय दोषी माथि कारबाहीको माग गर्दै गरेको धादिङ बन्दले बिहानै यातायातका कुनै पनि सवारी चलेका छैनन् भने धादिङबेसी सदरमुका… Read More
  • उत्तरी धादिङमा सवारी सञ्चालनमा रोक धादिङबेसी असार ११ / मनसुन शुरु भएसँगै दैनिकजसो बर्षा हुन थालेपछि  जिल्लाका ग्रामीण सडकहरुमा यातायातका साधन सञ्चालनमा रोक लगाईएको छ । जिल्ला विकास समिति धादिङले सूचना प्रकाशित गरी यातायातका साधनहरु सञ्चालन नगर्न-नगर… Read More
  • रामघाटको सेती नदीमा २२ घर डुवान, २९ जनाको उद्धारपोखरा, असार २८– बुधवार राती पोखरा आसपासमा भिषण वर्षापछि सेती नदीमा बाढी ले ठुलो क्षेति पुर्याएको छ । सेती नदीमा आएको बाढीका कारण पोखराको रामघाटस्थित खोला किनारमा रहेका २२ घर डुवानमा परेका छन् । बाढीका कारण २० घर उच्च जोखिममा … Read More
  • माओवादी फुटपछिको 'आधारक्षेत्र’ Read More
  • इच्छुकको पुख्र्यौली घर । दाङ, असार १० । प्रगतिवादी साहित्यकार तथा पत्रकार महान शहीद कृष्ण सेन ‘इच्छुक’को अर्घाखाँचीको जलुके–७ सातमारामा रहेको पुख्र्यौली घरको कन्तविजोग भएको छ । दाङको भालुवाङनजिकै राप्ती नदीको किनारमा रहेको उक्त घरमा गत वर्ष … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts