पढाइमा सामान्य साक्षर हुन उनी । यो देशले सधै गरिवि बेचिरहने कणाली अंचलको एक जिल्लो कालीकोट । त्यहि कालीकोटमा जन्मेका जीवन बुढा पंचायत विरोधी आन्दोलनबाट राजनीतिमा सक्रिय भएका थिए ।माअोवादी जनयुद्धमा लाग्दा उनी अठार बर्षका युवा थिए । सामान्य किसान परिवारमा जन्मेका जीवनको युवा अबस्था असमान्य रुपमा वित्यो । २०५२ सालबाट सुरु भएको जनयुद्धमा उनी भने ०५३ सालबाट पूर्णकालीन भएर लागेका थिए । जीवनले युद्धकालमा ११६ वटा युद्धमोर्चा लडे भने ८६ वटामा जिते वाँकीमा हार खाए ।
शान्ति सम्झौतापछि उनी कैलालीको तालबन्दमा रहेको सातौ डिभिजनका सहायक कमाण्डर भएर बसे । सेना समायोन सम्म भूमिका निभाए । उनीसँग शिविर बसाईका अनुभव जान्न खोज्दा उनी अचानक भावुक बने । पढौ उनकै शब्द
हामी पार्टीको निर्णय अनुसार देशका विभिन्न सात ठाँउमा अस्थायी शिविरमा बस्यौँ । ती अस्थाइ शिविर मध्येको एक हो कैलालीको तालबन्दमा रहेको सातौ डिभिजन । म त्यो डिभिजनको सहायक कमाण्डर थिए । कमाण्डर महेन्द्र बहादुर शाही थिए ।
कैलालीको जंगलमा पहिला त रुख मुनि नै बस्यौँ । त्यस पछि पलास्टीकका टहरा बनाएर बस्यौँ । शुरुमा बस्दा चिसो मौसम थियो । हामीसंँग भौतिक सामग्री थिएनन् । सरकारले पनि भने अनुसार काम गरिरहेको थिएन । तर पनि हामीहरुले मंसिरदेखि चैत बैशाखसम्म पलास्टीककै पालमा बस्यौँ । कयौ रात र दिन खुल्ला आकासमा बास बस्याँै । मिडियाहरुले लेखे । तर पनि सरकारले त्यति चासो दिएन । हामी शिविर बसकेका देशमा शान्ति, संविधान, संघियता र गणतन्त्रको लागि थियौ ।
अस्थायी रुपमा शिविर बसेको दिन देखि छोड्दा सम्म सहज रुपमा बस्न पाएनौ । हामी त इमान्दारीका साथ बसेकका थियौ । तर अन्य राजनितिक दलहरुले हामीहरुको इमान्दारीमाथि नै बेइमानी गर्न थाले ।
हामीहरुले पलास्टीका पालबाट सामान्य छाप्रामा बासको व्यवस्था ग¥यौ । हजारौ दुःख कष्ट सहेर जंगलमा बासको व्यवस्था ग¥यौ । कयौ रोगसंग लड्यौ । शुरुमा हावा हुरीका कारण रुख लडेर २ जनाको मृत्यु भयो १३ जना घाइते भए ।
मिलीट्यान्ट लाई त्यतिकै बस्नु सहज हुदैनथियो । हामी त लक्ष्य प्राप्तीका लागि बसेका थियौ । त्यहि भएर केहि सहज भयो । विचारले लैस भएको सेना थियो । त्यसलाई विचार र कमानमा राख्न खासै कठिन भएन । अलि अलि त हुने कुरा भइहाल्यो ।
दस बर्षसम्म हतियारसंग खेलको सेनाबाट हामीले केहि हतियार बाहेक सबै कन्टेनरमा राख्यौँ । मिलीट्यान्ट शक्तिलाई त्यतिकै राख्नु राम्रो हुदैन थियो । हामीले कयौ साथिहरुलाई त्यहि भीत्र बसेर पढ्ने बातावरण बनायौँ । त्यहि भएर कयौ साथिहरुले एसएलसी पास गरे । कयौ साथिहरुलाई कम्प्युटर अप्रेटर र डिप्लोमा गरायौँ । कयौ साथिहरुलाई डोजर चलाउने तालिम दिलायौँ । सिलाइ कटाई सिकायौँ ।
राजनितिक,वैचारीक,सांगठनीक हिसाबले समिक्षा गर्दा भूगोलका हिसाबले समस्या आएको मेरो सम्झनामा छैन । बरु शिविर भित्रमात्र होइन हामीहरु स्थानीय रुपमा पनि घुलमिल भएका हौ । हाम्रो त्याग तपस्या प्रति स्थानीय जनता साह्रै खुशि थिए । उनले हाम्रो प्रतिवद्धतालाई सहयोग गरे । गाणतन्त्र,संविधान,संघियता,धर्म निरपेक्षता र राजतन्त्रको अन्त्यकोलागि हामीले गरेको योगदानको सम्मान गर्थे ।
आजको मितीमा कम्युनिष्ट हौ भन्नेहरु समाजवाद हुदै साम्यवादमा पग्ने हो भन्छन् । त्यो खालको प्रशिक्षण दिनु अन्यथा होइन । लडाई जारी छ भन्छन् । केवल मोर्चा फरक छ । हामीलाई शिविरमा राख्दा शान्ति,संविधान र संघियताको प्रप्तीको लागि हो भनेको हो । अहिले कुन नेताले कसरी व्याख्या गर्छन त्यता नजाउ ।
मुख ले जति भनेपनि आजसम्म विश्व कम्युनिष्ट आन्दोलनमा जनमुक्ति सेनालेपनि प्रतिक्रान्ति रोक्न सक्दो रहेन छ,त्यो नेपालमा पनि देखियो नि भन्दा अलि बढी भावुक भए ।
संसार भरीका कम्युनिष्ट आन्दोलनको मूल्याङकन गर्ने हो भने बाह्य रुपमा हेर्ने हो भने त्यो साँचो हो । तर सबै कुराको छिनोफानो राजनितिले गर्छ । संघर्षको मूल सिद्धान्त भनेको राजनितिक विचार हो, सिद्धान्त हो । यदि यसमा स्खलन आयो भने हतियार बोकेको सेनाले मात्र केहि गर्न सक्दैन । हतियार बोकेको सेनाले मात्र सधैभरी राजनितिको गाइड लाईन समात्न सक्छ र प्रतिक्रान्ति रोक्छ भन्नु भ्रम हो । यो मुखले गर्ने व्याख्या हो । बन्दुक बोकेको सेनाले सधै जिवन जोखिममा राख्न पनि सक्दैन । मुल उद्देश्यको कुरा हो । संरचना,निती र नेतृत्वको कुरा हो । इमान्दारीको कुरा हो ।
पछिल्लो समय सबै भन्दा माथि उठेको आन्दोलन भनेको माओवादी आन्दोलन हो । माओवादी आन्दोलनपनि निष्पक्षता र निस्वार्थता भन्दा माथि उठ्न सकेन । हाम्रा राजनितिक नेताहरुले नेतृत्व गरेको आन्दोल पनि यहाँ सम्म मात्र पुगाउन सके । यहाँ बाट अगाडि बडेन पार्टी विभाजन भयो । हामी जहाँ आएका छौ त्यसले नै बताउछ, भनी रहनु प्रदैन ।
पछिल्लो चरणमा शान्ति प्रक्रियाको जुन ठाँउमा पुग्यौ अथवा नेपालको राजनीतिक सत्ताको जुन ठाँउमा आइपुग्यौ । अथवा भुमिका खेल्ने ठाँउमा पुग्दा राजनितिक डिसिजन गर्ने आभाव हाम्रो पार्टी नेतृत्वमा रह्यो । माओवादी आन्दोलन बाँचेको भनेको त्याग,सर्मपण,विश्वास र निस्वार्थता, थियो । तर मुल नेतृत्वले त्यसलाई बचाउन सकेन । अविश्वासले विभाजन र विघटन सम्म पुगायो ।
यदि दुबै माओवादी पार्टीले नयाँ सिराबाट राजनितिक र सांगठनिक रुपमा पुनःमुल्याङकन गरेनन् भने कसै कसैलाई माओवादी हुँ भन्ने त लाग्ला तर माओवादी आन्दोलन रहने छैन । पार्टी रहने छैन । विर्सजनको मिति पर्खनु पदैन । माओवादीको छायाँ पनि यो देशमा रहन सक्दैन ।
राजनितिक विचारधारा,समाज र संगठनको तहमा,संगठित राजनितिक विचारधाराले आफ्नो राजनिति पहिचानको औचित्य पुष्टि गर्ने हैसियत घुमाइसेक पछि सबै कुराको सुरक्षा र सम्ममान खोज्नु भुल हो ।
समायोजन गर्दा हरेक जनमुक्ति सेनालाई स्वविवेकले गरेको निर्णय हो । क्यान्टोन्मेन्ट छोड्दाको पिडा सबैलाई हुन स्वभाविक थियो । राजनितिक उद्देश्य लक्ष्य समान रुपमा बढेन भने सबैको मान सम्मान नै कम भएको अवस्थामा हामीले के खोजी राख्नु ।
हामीमा नैतिकता थियो । माओवादी आन्दोलन पनि त्यहि नैतिकतामा टिकेको थियो । मैले धेरै बैठकमा कुरा राखेको थिए । उठ्नु पथ्यौ उठ्यो । सधै विश्वास रहिरहन सकिदैन थियो । यसलाई सहि रुपमा राख्नको लागि विज्ञान सम्मत विधि र गणित चाहिन्थ्यो । दुईटा कुरा भएन । तेस्रो विश्वासमा पछि ह्रास आयो । जव विश्वास नै टुटे पछि जे हुनु थियो,त्यहि भयो ।
म भएको डिभिजनमा भएन । अन्य डिभिजनको बारेमा मलाई थाह छैन । हामीले त्यहिका साथिहरुलाई लेखा विधिको तालीम गराएर हिसाब किताब चुस्त दुरुस्त राखेका छौ । अहिले पनि म संग सबै हिसाब किताब छ । कसैले हेर्न चाहेमा देखाउन सक्छु । जहाँ बेइमानी भयो त्यहाँ कुरा उठाउनु ठिकै हो । मेरो हकमा त्यो लागु हुदैन । मसंग अहिले पनि अठ्सठठी फाइल छन् । सबै हिसाब किताब राखेको छु । विधि र पद्धतिमा राखेको छु । प्रस्तुति–कृष्णराज गिरी

0 comments:
Post a Comment