दक्षिण
कोरियाको किम्हेबाट संकलन भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका
चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको संस्था लक्ष्मी
प्रस्तिस्ठान लाई हस्तान्तरण गरिएको छ ।
अगस्ट 15 मा लक्ष्मी प्रतिस्ठानको कार्यालयमा प्रतिस्ठानका अध्यक्ष
बिष्णु गौतम र श्रीमती लक्ष्मी गौतम लाई संयुक्त रुपमा सहयोग संकलन
समितिका संयोजन सदस्य एवं किम्हे मैग्रेन्ट्स हाउसका प्रतिनिधि निर्मल
थपलिया र साथमा अन्तरास्ट्रिय पत्रकार महासंघका महासचिब दामोदर नेपाल ले
रु. एक लाख पाँच हजार हस्तान्तरण गर्नु भएको थियो | उक्त रकम किम्हे बाट
निर्मल थपलिया, हरि थपलिया र हरि कृष्ण थपलियाको संयुक्त प्रयास बाट संकलन
गरिएको थियो भने नपुग रकम संकलन आयोजक समिति संजोजकहरुको तर्फबाट मिलेर
एउटा घर निर्माणको लागि आवस्यक रकम जुटाइएको थियो | किम्हे मैग्रेंट्स
हाउसले उपलब्ध गराएको कपडाहरु सस्तो बजारको नाम दिएर बिक्रि वितरण गरि
झन्डै ७५० हजार कोरियन वोन संकलन गरिएको थियो | हरि थपलियाको प्रयासबाट
हिमालयन इन्टरटेन्ट मेन्ट हाउसले बुसानमा प्रदर्सन गरिएको कबर्दी फिल्मबाट
एक लाख कोरियन वोन सहयोग पठाएको थियो | सो रकम किम्हे मैग्रेंट्स हाउसका
संचालक यज्ञ राज सुबेदीले एक कार्यक्रममा निर्मल थपलियालाइ सम्बन्धित
चेपांगको गाउँ कान्दा रुपान्तरण अभियानमा अहोरात्र लागिरहेको संस्थासम्म
पुर्याउनको लागि हस्तारन्तरण गर्नु भएको थियो | कान्दा रुपान्तरण अभियान
मा ८५ ओटा घर बनाउने योजना अनुसार हाल सम्म ३२ ओटा घर निर्माण भैसकेको छ |
बर्षादको कारण केहि अवरोध भएता पनि घर निर्माण तथा छात्राबास तथा स्कुल
निर्माण कार्य लगातार भैरहेको लक्ष्मी प्रस्तिस्ठानका अध्यक्ष बिष्णु
गौतमले बताउनु भएको छ |
कान्दा रुपान्तरण अभियानक लागि एउटा घर बनाउन संकलित रकम
किम्हे मैग्रेंट्स हाउसको सहयोगमा सस्तो बजारबाट संकलित - ७५००००
नगद सहयोग -
बुसान इन्टरटेन्मेन्ट (कबर्डी फिल्म ) १०००००
विवेक क्षेत्री -२००००
कृष्ण गुरुङ ( तमु ब्रो)- १००००
राजकुमार के सी -१००००
आकाश देवकोटा -१००००
टिकाराम बास्तोला -१००००
बलराम बास्तोला- १००००
रमेश थापा -१००००
राजन अधिकारी -१००००
सी एम पौडेल- १००००
रसिन्द्र यादब -१००००
जयराम पाण्डे -१००००
सुरेस कट्टेल -१००००
बासु के सी -१००००
धरणी धर न्यौपाने -१००००
मधु सुधन महत १००००
गौरब पराजुली -१५०००h
सुरेश प्रजापति १००००
देवराज राई-१००००
0 comments:
Post a Comment