Sunday, August 10, 2014

भगवती उप्रेती
रहर मलाई कत्ति थिएन आफ्नो गाउँ छोड्न
वाध्यताले पर्यो सानु त्यही यात्रा भर्न
पोहर सालै आउँछु भन्थ्यें सोचे जस्तो भैन
यस्तै रैछ आफ्नो जिवन आफनै वसमा छैन...

वर्खालाग्यो आ“धी हुरी  भेल चल्न थाल्यो
छिट्टै आउछु भन्दा भन्दै दिन ढली गयो
खेतवारी डिल वसी झ्याउँकिरीले गाउथ्यो
वेसहारा बन्दै मन सारै डर लाउ“थ्यो ....

चाहेकी थिए“ जिवन भर संधै  खुशी हुन
भावीले नै छल गरेर लेखी दियो रुन
एउटा पिर त मानिसको सायद सवलाई हुन्छ
वाहीरी ओंठल हाँसे पनि भित्री मन रुन्छ......

सोध्छौ संधै फोन गरेर आउने वेला भयो
आउँछौ भनी कुर्दा कुर्दै महिनौ विती गयो
कस्तो चाह रैछ हाम्रो संधै अपुरोमा
विना अर्थ दिलमा छायौ आशा अधुरोमा ...

सम्झनाले सताउँदा जली रहने मन
हजारौँको भिडमा पनी लाग्ने एक्लो पन
तर अब पिर नगर आउने वेला भयो
जनै पुणिर्मा आए पछी हिउद सुरु भयो......

छिटै भेट हुन्छ अब बस बाटो हेरी
आउनेछु म तिम्रै सामु नजलाउनु फेरी
पोहोर साल फाट्यो मन घाउ चर्की दुख्छ

थप्यौ भने तिमीले चोट अब मुटु फुट्छ....
(उप्रेती अधिकार कर्मी तथा गाईका हुनु हुन्छ ।)

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts