Showing posts with label फिचर. Show all posts
Showing posts with label फिचर. Show all posts

Thursday, July 12, 2012

शुरुका अवस्थामा बनेका नेपाली सिनेमाले गाउँघरको वास्तविक कथालाई चित्रण गरेको हुन्थ्यो । गाउमा हुने शोषण, दमन, गाउँमा हुने प्रेम कथा, सामाजिक परिवेशलाई जीवन्त रुपमा पर्दामा उतारिन्थ्यो । अश्लिल संवाद र दृश्यको बाढी आउन थालेपछि सेन्सर वोर्डले पनि चलचित्रको सेन्सरमा केहि कडाई गर्न थाले पनि यौनजन्य दृष्य राखिएका र अश्लिल संवाद सहितका चलचित्र बनाउने क्रम रोकिनुको साटो अझ बढेको छ । त्यसैले समाजको माग अनुसारको भन्दै बनाइएका यस्ता चलचित्रले एउटा गम्भीर प्रश्न उठाएका छन्, के नेपाली समाजको माग यस्तै अश्लिलता र खुलेआम यौन गतिविधी हो त ? सेक्सका दृष्य र छाडा शव्द राख्नासाथ फिल्म राम्रो चल्ने मनसायले निर्माता निर्देशकका ध्यान  गईरहेको छ ।
यही आधारमा नेपाली चलचित्रहरु अगाडि बढ्ने हो भने नेपाली चलचित्र उद्योगको अन्त्य धेरै टाढा छैन । सकिन्छ भने चलचित्रलाई मर्यादित र सकारात्मक बनाउनु पर्छ, कि चलचित्र अत्याधुनिक बनाईनु पर्छ । फेरी अत्याधुनिक भनेको सेक्स वा नायक नायिकाको कपडा फुकाल्नु वा अश्लिल शब्द बोल्नु कदापि होईन तर अहिले नायक, नायिका तथा निर्देशको बुझाई नायक र नायिकालाई नङ्ग्याउनु र भद्धा किसिमले अश्लिल शब्द प्रयोग गर्नु बुझ्नमा आएको छ । नेपाली चलचित्र बजार. कता जादैछ नेपाली चलचित्र बजार ?नेपाली सेक्स साइकोलोजी सिनेमालेले नेपाली फिल्म बजार तताएको छ । नेपाली सिनेमा र नेपाली दर्शकबीच यस्तो फाटोको स्थिती आउनुको कारण के छन् ?  त्यसो भए के दर्शकीय मनोविज्ञानमा परिवर्तन भएको हो ?
पछिल्लोपटक नेपाली सिनेमामा यौनजन्य विषय उठान र भद्धा प्रस्तुती हुन थालेपछि नेपाली सिनेमामा विकृति भित्रिएको भन्दै चिन्ता सुरु भएको छ। नेपाली चलचित्रको वर्तमान अवस्थाको विश्लेषणात्मक अध्ययन गर्दा अर्को एउटा पाटो पनि छ जसले नेपाली क्षेत्रको सुधारको दृश्य देखाउँछ । नेपाली चलचित्र सकिन लाग्यो भन्नेहरूले इङ्गित गरेको ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts