तिमी घर फर्क प्रकाश
हाम्रो गाउँको करवीरे कार्कीले औपचारकि रूपमै सातवटी बिहे गर्यो। गाउँका सबै रमाइलो मानेर हाँसे। पल्ला गाउँको सुइखुट्टे सुवेदी पटकपटक छरछिमेकका महिलामाथि जाइलागेका कथा दोहोरएि। कतिपटक त कति जनालाई लिएर कतिदिनसम्म हराएका घटना पनि भए। तैपनि, उत्रो केही भएन। गाउँमा गाइँगुइँ भयो, त्यत्ति हो। न कसैले उसलाई निलम्बन गर्यो, न कसैले फेसबुकको भित्तोमा उसको अनुहारमा मोसै दल्यो। बिचरा हाम्रा युवा नेता प्रकाशबाबुको प्रेमलाई किन कसैले देखिनसहेका ! कस्तो अराजक र असंयमी भएको हाम्रो समाज ! उनको निजी मामिलामा यी फेसबुके साथीहरू किन यसरी जाइलागेका ! उमेर पुगेका केटाकेटीमा माया बस्यो, घुम्न गए। दुनियाँलाई किन टाउको दुखेको !
साथमा बिना नभएको भए प्रकाश सगरमाथा चढ्नै सक्थेनन्। एकले अर्कालाई तागत दान गरेर नै उनीहरू बाबुआमाको, परविारको, पार्टीको र सिंगै देशको शिर उँचो बनाउन सफल भएका हुन्। त्यत्रो उद्यम गरेर आएको जोडीलाई स्वागत गर्नुको सट्टा कारबाही गर्ने बाबु पनि कस्ता !
'देखासिकी गरखिा, आरसिेचाहिँ मरजिा' भनेजस्तो हाम्रा फेसबुके साथीहरू, आफू केही गर्न नसक्ने, उद्यम गर्नेको उछित्तो काढ्ने। कतिसम्म लेख्न सकेको ! 'दुई करोडको डेटिङ् सगरमाथामा, लाखौँको हनिमुन स्वीट्जरल्यान्डमा' अरे ! जसले सक्छ उसले गर्छ। सर्वहाराले चाहिँ सधैँ भोकै, प्यासै, निस्तै बस्नु भन्ने छ ? उनीहरूसँग चाहिँ यसो दुई-चार आनासुकी हुनै नहुने ? यसो राम-रमाइलो गर्नै नहुने ! आफ्ना छोरालाई कति खर्च दिने, कहाँबाट ल्याएर दिने भन्ने कुरा उनका पिताजीको निजी मामिला होइन र !
प्रकाश बाबु ! त्यो फेसबुक भन्ने भाँडामा तिमीलाई धेरैले पारससँग तुलना गरेका छन्। सम्भिmँदै हाँसो लाग्छ ! त्यो पारसले अहिलेसम्म दोस्रो बिहे त गर्न सकेको छैन। तिमी त तेस्रो सकेर चौथोको खोजीमा छौ अरे! कहाँको भविष्यै नभएको भूतपूर्व राजाको छोरो, कहाँको तिमी भविष्यै भविष्य भएको वर्तमान अध्यक्षको छोरो। मान्छेहरू कतिसम्म तल झरेर टिप्पणी गर्छन्, सुन ! 'तिमी बिनालाई बम्बईमा छाडेर दिल्लीबाट अर्की लिएर पारससँग सल्लाह लिन सिंगापुरतिर गयौ अरे !' कस्ता नकचरा टिप्पणीकारहरू !
अर्को निम्नकोटीको टिप्पणी पनि सुन- 'एउटा दाजुले भाइलाई फोन गर्यो रे गाउँबाट। दिनहुँ झगडा भएर भाउजू साह्रै घाँडो भई रे, प्रकाशलाई भनेर लगिदिने व्यवस्था गरििदनुपर्यो रे !' निर्लज्ज टिप्पणीकर्ताहरू !
घरमा रुवाबासी छ अरे ! तिम्री माइली -माइली नै होइन त ?) र नाबालक बच्चो चिन्ताले ग्रस्त छन् अरे ! जवानीमा यस्ता घटना ठूलो कुरा होइन। आफ्नी साइँली मायालु लिएर तुरुन्त घर र्फक। साम, दाम, दण्ड, भेद सबैथोकको प्रयोग गरेर पत्नीहरूको व्यवस्थापन गर, तिमीले सक्छौ। शरम मान्नुपर्दैन। शरम मान्नलाई तिमी कुनै सर्वसाधारण जनताको छोरो पनि होइनौ। लाज लुकाएर आऊ, मजनूको ताज लगाएर लैलालाई लिएरै आऊ। अल्लारेजस्तो केटी लिएर के भागेको लाटा ? एक महान् क्रान्तिकारी योद्धाजस्तो छाती खोलेर आऊ, नयाँ पुस्तालाई पाठ पढाउन आऊ। युवाहरूको शिर ठाडो गराउँदै आऊ। यो देशलाई तिम्रो खाँचो छ। तिमी घर र्फक।
नेपाल साप्ताहिकबाट साभार