Sunday, May 11, 2014

रामकुमार थापा
बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक  वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्षे जनयुद्धलाई सहयोग गरेको भन्दै आजकै दिन शिक्षक गोविन्द सिंखडालाई हत्या गरेको  सम्झना दिवन मनाएको हो ।
अहिलेको शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने, बुर्जुवा शिक्षा प्रणाली लागु गर्नेुपर्ने  माग राख्दै तात्कालीन एमाओवादीको आन्दोलनमा धादिङका सात जना शिक्षकहरुले ज्यानको बलिदानी दिनुभएको थियो । माओवादीले सन्चालन गरेको दश बर्षे जनयुद्धमा आफ्नो ज्यान बलिदानी दिने शिक्षकहरुको सम्झनामा अखिल नेपाल शिक्षक संगठनले एक कार्यक्रमबीच शहिद शिक्षकहलाई सम्झीएको हो ।
अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्यसमिति धादिङका अध्यक्ष अर्जुन बहादुर नगरकोटीको अध्यक्षता, एकिकृत नेकपा माओवादीका बरिष्ठ केन्द्रिय सदस्य हेमन्त प्रकाश वलीको प्रमुख आतिथ्य, एमओवादीका केन्द्रिय सदस्य पुष्प विक्रम मल्लको विषेश आतिथ्यमा सम्पन्न भएको दिवसमा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव शंकर अधिकारी, संगठनका जिल्ला उपाध्यक्ष दुर्लभ कुमार तामाङ, एकिकृत नेकपा माओवादीका जिल्ला नेताहरु मनराज भण्डारी शैलेस, दिपक विश्वकर्मा, दिपक लामिछाने लगायतको आतिथ्य रहेको थियो ।
 शिक्षक बलिदानि दिवस तथा प्रशिक्षण कार्यक्रममा जिल्लाभरका अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी हेमन्त प्रकाश वलीले जनयुद्धको समयमा शिक्षकहरुले सहयोग नगरेको भए पार्टीले अहिले यो ठाउन आउन नसक्ने बताउनु भयो । शिक्षकहरु समाजको ऐना भएको भन्दै उनीहरुको महत्वपुर्ण सहयोग र सद्भावले गरेको र अब पनि सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।
 यसैगरि कार्यक्रममा बोल्दै विशेष अतिथी पुष्प विक्रम मल्लले काँग्रेस एमालेले शिक्षकहरुको हक हितको लागि केहि पनि काम गर्न नसक्ने स्पष्ट पार्नुभयो । यसैगरि कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव शंकर अधिकारी, जिल्ला अध्यक्ष अर्जुन बहादुर नगरकोटी, जिल्ला उपाध्यक्ष दुर्लभ कुमार तामाङ लगायतले शिक्षकहरुको हक हितको लागि अखिल नेपाल शिक्षक संगठन सदैव तयार रहेको स्पष्ट पार्नुभयो ।
 शिक्षक आन्दोलनमा सहयोग गर्नको लागि सम्पुर्ण अस्थाई, राहत, बाल विकास केन्द्रमा  अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई आग्रह गर्नुभयो ।
अहिले अस्थाई शिक्षकहरुलाई सरकारले विस्तापित गर्ने हल्ला चलिरहेको भन्दै अतिथीहरुले सरकारले अस्थाई शिक्षकहरुलाई पदबाट हटाएर कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । अस्थाई शिक्षकलाई प्रक्रिया पु¥याएर स्थाई गर्नुपर्ने र नीजि स्रोतमा अध्यापन गराउने शिक्षकहरुलाई सम्मानजनक सेवा सुविधा दिनको लागि सरकार सँग माग गरेको छ । सरकारले आफु खुसी अस्थाई शिक्षकहरुको जागि खोस्यो भने अखिल नेपाल शिक्षक संगठन चुप लागेर नबस्नै भन्दै त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी सरकार हुनुपर्ने बताएका थिए । यसैगरि कार्यक्रमको अवसर पारेर अस्थाई शिक्षक संघर्ष समितिको गठन गरेको छ । अस्थाई शिक्षकहरुको हक अधिकारको लागि नवराज थपलियाको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समितिको गठन गरिएको छ । यसैगरि जनार्दन नेपालको संयोजकत्वमा १७ सदस्यीय राहत शिक्षक संघर्ष समितिको समेत गठन गरिएको छ । राहत शिक्षक संघर्ष समितिमा बाल विकास र नीजि स्रोतमा अध्यापन गराउने शिक्षकहरुको समते सहभागिता रहेको छ । भेलाले यहि आउदो बैशाख १० गते नेपाल राष्ट्रिय अभिभावक संघको जिल्ला भेला गर्ने निर्णय गरेको छ । जनयुद्धको समयमा धादिङबाट गोविन्द सिंखडा, अर्जुन लम्साल, चक्र बहादुर श्रेष्ठ, धु्रर्व ढुङगाना लगायत सात जना शिक्षकहरुको मृत्यु भएको थियो । यसैगरि शहिद अर्जुन लम्सालका छोरी रिता लम्साललाई आजै अखिल नेपाल शिक्षक संगठले सम्मान गरेको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts