Showing posts with label gallery. Show all posts
Showing posts with label gallery. Show all posts

Monday, February 24, 2014

धादिङबेसी चैत्र ३। फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले एक आपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् ।
होलीको रमझममा धादिङबेसी सदरमुकाममा मात्र नभएर काठमाडांैको ठमेल सम्म रङ्गिएको थियो । हाम्रो संस्किृतिलाई विदेशिले पनि साथ दिए होली रमाईलो भयो भन्नु हुन्छ नलाङ घर भई काठमाडौ ठमेल रहँदै आएका रुद्र भट्ट ‘सुरेश’ । 

Saturday, August 4, 2012

काठमाडौं, श्रावण २१ । एकीकृत नेकपा माओवादीले माघ १४ गतेबाट महाधिवेशन गर्ने भएको छ । माघ महिनाभित्रै महाधिवेशन सक्याउने र जनयुद्ध दिवस फागुन १ गते महाधिवेशनको निर्णय सार्वजनिक गर्ने गरी निर्णय भएको जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडा कोटेश्वरमा शनिबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले माद्ध १४ गते महाधिवेशनको उदघाटन गर्ने निर्णय गरेको हो । बैठकले सबै राज्यसमितिका इन्चार्जहरु हेरफेर गरेको पनि गरेको छ । साथै पार्टीको प्रवक्तामा अग्नि सापकोटालाई तोकेको नेता दिनानाथ शर्माले जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले बस्दै आएको लाजिम्पाट निवास छोड्ने घोषणा गरेपछि अर्को निवास खोज्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको पनि जनाइएको छ ।

Monday, July 30, 2012

धादिङबेसी ,श्रावण १५/ जिल्ला विकास समिति धादिङमा हुने गरेका हरेक अनियमितिाहरुलाई बाहिर ल्याएरै छाड्ने जिल्लामा क्रियाशिल ६ दलका प्रतिनिधिहरुले आइतवार घोषणा गरेको छन् । यसले केहि हदसम्म धादिङका जनतालाई शान्तोना मिलेको छ ।
करोडौ अनियमिति भएको जनगुनासाहरु बाहिर आउने गरे पनि चुप रहने दलहरु किन यो घोषणामा पुगे ? के बाहिर ल्याउलान त, जिविसको अनियमिता ? यो त भविश्यले बताउला ।  तर पनि  अनियमिता भएको पक्का हो । ढिलै भए पनि ६ दलले गरेको यो घोषणा स्वागतयोग्य छ । स्थानीय विकास अधिकारी इन्दुघिमिरे यतिखेर धादिङ हुनुहुन्न ।
गत आर्थिक वर्षमा धादिङबेसी सदरमुकाम रिङरोड चक्रपथ निर्माणको लागि छुट्याइएको १६ लाख रुपैयाँ विना टेन्डर, विना स्टमेट, घिमिरेले सुटुक्क सामान खरिद गरेर ल्याएपछि दलहरु घिमिरेप्रति चिडिएका थिए । दलहरुका अनुसार घिमिरेले उक्त १६ लाखको सामान खरिदमा ३५ प्रतिशतसम्म कमिशन खाएको आरोप लगाएका छन् । त्यसो त जिल्ला विकास समिति मा काम गर्ने प्रविधिक होस वा सामाजिक क्षेत्रमा काम गर्ने हरेक योजना शाखाको काम होस् पैसामा वार्गेनिङ हुने यो कुरा पहिलो होईन । विभिन्न समयका अनियमिताको प्रसंगमा आई रहने जिल्ला विकास समिति धादिङका प्रमुख जिल्ला इन्जिनियर गुरुप्रसाद शर्माको नाम यस पटक पनि आएको छ । स्थानीय विकास अधिकारी घिमिरे, इन्जिनियर शर्मा र योजनाशाखा प्रमुख विनोद अर्यालको मिलेमतोमा जिविसमा अनियमिता हुने गरेको ६ दलको आारोप छ ।
कार्यक्रमा अनियमिता गर्ने स्थानीय विकास अधिकारी इन्दु घिमिरे, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल र जिल्ला प्रहरी उपरीक्षक गणेश रेग्मीलाई अख्तियार सम्म लैजाने एकीकृत नेकपा माओवादी धादिङका सह–इन्र्चाज रामबहादुर भण्डारीले बताउनु भएको थियो  । दहरुले सथानीय विकास अधिकारी र प्रमुख जिल्ला इन्जिनियर शर्मा तर्फ यंकित गर्दैे ढुङ्गा, बालुवा, गिटीबाट लाखौ बुझ्ने गरेको तथ्य आफुहरुसँग भएको समेत बताएका थिए ।
त्रिशुली नदीबाट स्काभेटर लगाएर बालुवा निकाल्ले कार्य रोकिएको छैन । रोकियोस पनि कसरी, अनुगमन गर्ने निकाय नै हामी अनुगमन गर्न आउँदै छौ, भनेर जानकारी गराउँने गर्छन् । यसबाट अनियमिता भएको प्रष्ट हुने उनीहरुको भनाई छ । वर्षाको समय ग्रामीण सडकहरु हिफाजतका लागि सर्वदलिय सहमति अनुसार बन्द गरिएको ग्रमीण सडकहरुमा अत्यावस्यक यातायतको साधन भन्दै जिविसले कुपन दिने र बेलुका ८ वजे पछि ५ हजार तिरी गाडीहरु आवत–जावत गर्ने गरेको पाईएकोले मनपरी कुपन वितरण, र अवैधानिक कर्मचारी नियूक्ति गर्ने घिमिरे र शान्ति सुरुक्षाको जिम्मा लिएको प्रसाशनक अधिकारीको मिलेमतो देखिएको भन्दै एमाले काँगे्रस बाहेकका ६ दलले यातायात खुल्ला गरिएको बताएका थिए ।
वर्षायाममा यातायात सुचारु गर्दा बाटो भत्किन्छ भनेर बन्द गरिनु जनहितको निम्ति थिए र बाटो धेरै विग्रँदा आर्थिक भार थाम्न मुस्किल पर्ने हुन्छ । बाटो बन्द हुँदा सडक गाउँमा पुगेको महसुस गर्ने तमाम ग्रामीण भेगका समुदाय बाटो बन्दहुँदा समयमै मल, खाद्यान्न लगायतका बिउ विजन ढुवानी गर्न सकिरहेका थिएनन् ।
हुनेखाने पहुँचवालाहरलाई खुल्ला र गरिब किसानहरुलाई बन्द गरिएको ग्रमीण सडक सुचारु भए पछि ६ दलले धन्यावाद पाएका छन् ।  जिल्लामा रहेका ६दल मात्र होइनन् जिविस.मा भएको अनियमितताको विरुद्धमा सबै दलहरु लाग्नु आवश्यक छ । दलहरुले यसैगरी दलिय स्वार्थ भन्दा माथि उठेर जनहितका लागि काम गरुन् शुभकामना ।

Wednesday, July 18, 2012

३ साउन, काठमाडौं । शिविरमा अनियमिता भएको भन्दै छानविनको माग गरी पूर्व लडाकूहरुले नारावाजी गरेपछि एकीकृत नेकपा माओवादी विस्तारित बैठक अवरुद्ध भएको छ । पूर्व लडाकूहरूले शिविरमा बस्दा आफूहरुले बुझाएको रकमको हिसाब खोज्दै भृकुटीमण्डपमा जारी विस्तारित बैठकमा नारावाजी गरेका हुन् ।
लडाकूहरुको नाराबाजीपछि माओवादी अध्यक्ष प्रचण्डले विस्तारित बैठक भोली बिहीबार विहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो । लडाकूहरुको माग जायज भएको भन्दै उहाँले यसबारे पार्टीमा छलफल गरेर सम्वोधन गर्ने बताउनु भएको छ ।
बुधबारको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भएको समूहगत छलफलका निकर्ष प्रस्तुत गर्ने कार्यक्रम थियो । प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न माओवादीले १४ बटा समूह बनाएको छ ।
पूर्व लडाकूहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कमजारी स्वीकार गरी लडाकू कमाण्डरहरुलाई सम्वोधन नगरेसम्म विस्तारित बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
शिविरमा भएको अनियमिताको छानविन गर्नु पर्ने, आर्थिक पारदर्थिता हुनु पर्ने, पार्टीभित्र मैलाएको गुट अन्त्य गर्नु पर्ने र आफूलाई राजनीतिक हैसियत दिनु पर्ने लगायतका ११ बुँदे माग अघि सारेका छन् । उनीहरुले कम्पनी सहायक कमाण्डरदेखि माथिका पूर्व लडाकूहरुलाई राजय समिति सदस्यमा बढुवा गर्न, जनमुक्ति सेना विघटन भएको अवस्थामा शसत्त, संगठन बनाएर जनताको घरदैलोमा जान पाउनु पर्ने माग गरेका छन् ।

Monday, July 16, 2012

newsdhading.blogspot.com

Thursday, July 12, 2012

वैज्ञानिकहरुले ब्रम्हाण्डमा इश्वरीय कण फेला परेको पुष्टि गरेका छन् । स्विजरल्याण्डमा हालै एक कार्यक्रमकाबीच वैज्ञानिकहरुले हरेक पदार्थमा इश्वरीय तत्व अर्थात् हिग्स कण रहने कुरा आफुहरुले पत्ता लगाएको घोषणा गरे ।
यसअघि पनि इश्वरीय तत्व फेला परेको भन्ने बारेमा विभिन्न अफवाह आउने गरेपनि यसको अहिलेसम्म वैज्ञानिक ढंगले पुष्टि हुन सकेको थिएन । तर स्विजरल्याण्ड र प|mान्सको सीमा क्षेत्रमा जमिनमुनि रहेको २७ किलोमिटर लामो सुरुङभित्र गरिएको चर्चित लार्ज हाड्रोन कोलाइडर प्रयोगबाट हरेक पदार्थको अणुको बीचमा हिग्स कण रहने र सोही कणले नै हरेक पदार्थमा पिण्डको सिर्जना गर्ने तथ्य पत्ता लागेको हो ।
उक्त निकै महंगो तथा जटिल वैज्ञानिक प्रयोगबाट निकालिएको पछिल्लो नतिजा प्रारम्भिक मात्र भएको र यसमा केही परिमार्जन हुन सक्ने भएपनि इश्वरीय तत्व हुने कुराको भने सबुत नै फेला परेको वैज्ञानिकहरुको भनाइ छ ।
ब्रम्हाण्डमा इश्वरीय तत्व रहेको कुरा वैज्ञानिक ढंगले नै पुष्टि भएपछि अब ब्रम्हाण्ड तथा यसमा रहेका तारा र ग्रह उपग्रहको उत्पत्तिका विषयमा पनि धेरै प्रश्नहरु मेटिने बताइएको छ ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts