Monday, February 24, 2014

धादिङबेसी चैत्र ३। फागुन शुक्ल पूर्णिमा अर्थात रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले एक आपसमा रङ्ग र अबीर लगाएर मनाएका छन् ।
होलीको रमझममा धादिङबेसी सदरमुकाममा मात्र नभएर काठमाडांैको ठमेल सम्म रङ्गिएको थियो । हाम्रो संस्किृतिलाई विदेशिले पनि साथ दिए होली रमाईलो भयो भन्नु हुन्छ नलाङ घर भई काठमाडौ ठमेल रहँदै आएका रुद्र भट्ट ‘सुरेश’ । 
छिमेकी जिल्लाहरु नुवाकोट र गोरखामा पनि होलि पर्व भव्यताको साथ मनाईएको छ । विहानैदेखी होलि खेल्नको लागि युवायुवतीहरु चोक–चोकमा जम्मा भएका थिए । साथिहरु मिलेर सडकमा एक आपसमा अविर दलेर रमाईलो गरेका थिए ।
दैत्यराज हिरण्यकशिपुले विष्णुभक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भसम भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको पुराणमा उल्लेख छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts