Tuesday, November 4, 2014

मुलुक यतिबेला संघीय राज्य निर्माणको जगमा उभिएको छ । सबल र सक्षम राष्ट्र निर्माणका लागि राज्यका हरेक अङ्ग र निकाय चलायमान र सबलीकरण हुनु जरुरी छ । जब राज्यका सबै निकाय स्वत स्फूर्त रुपमा    चलायमान  हुन्छन तब मात्र राज्य पूर्नसंरचना  सम्भव छ ।

Saturday, October 18, 2014

अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ की ? भनेर चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो छाताको आविष्कार गरेका छन् जो छोटो लठ्ठी जस्तै छ र सोही लठ्ठीले जस्तोसुकै झरीमा पनि जिउमा एकथोपा पानी पर्न दिनेछैन र पूर्ण रुपमा ओत लगाउनेछ ।

Thursday, October 16, 2014

धादिङ । काँग्रेस एमाले संविधान निार्माण प्रक्रियालाई आफुअनुकुल बजाउन खोजेको भन्दै आन्दोलकमा उत्रिएका दलहरुले शुक्रवार काठमाडौमा विरोध सभा गर्दैछन् । 
धादिङ नुवाकोट रसुवा लगाएतका जिल्लामा कार्यकर्ताहरुलाई विरोध कार्यक्रममा जनताहरु सहभागि गराउन समेत २२ दलले निर्देशन दिईसका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड मोर्चामा आवद्ध २२ दलले शुक्रबार काठमाडौंमा हुने प्रदर्शनमा खुलामञ्च भरिने गरी सडकमा मानिस उतार्ने दाबी गरेका छन् ।

Monday, October 13, 2014

असोज २८ धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङले आज पत्रकार सम्मेलन आयोजना ग¥यो । एमाओवादी साँङ्कोस गाविसका अध्यक्ष हरि गुरुङलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै पत्रकारलाई जानकारी गराउन पत्रकार ससम्मेलन आयोजना गरेको हो । आश्विन २२ गते नेपाली काँग्रसका कार्यकर्ता भरतबहादुर सारु मगरलाई इन्दबहादुर गुङले धारिलो हतियार प्रयोगगरी हत्या गरे गत्या गरेका थिए । अहिले गुरुङ प्रहरी हिरासदमा छन् ।

Thursday, October 9, 2014

धादिङ । नीलकण्ठ नगरपालीका –१३ साँङ्कोष मधुवन निवासी २५ बर्षीय काँग्रेस कार्यकर्ता भरत सारु मगरलाई अज्ञात समुहले धारिलो हतियारको प्रयोग गरी घर नजिकैको कोदो बारीमा मारेर फालिदिएको अवस्थामा भेटिएको  छ ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts