Saturday, August 20, 2011


रेडियो बिहानी धादिङबेसी भाद्र ३ गते
धादिङको खाल्टे गाउँ विकास समिति वार्ड न ४ डाँडागाउँ स्थित कालीका माई मन्दिरको मुर्ती, गजुर लगायत सम्पूर्ण समान चोरी भए पछि आज प्रहरी समक्ष उजुरी दिएका छन् ।
शुक्रवार राती मन्दिरमा रहेको सम्पूर्ण सामानहरु चोरी भएको र मन्दीर पनि तोडफोड भएको छ । कालीका सामुदायिक बनको बीचमा रहेको सो मन्दिरमा रहेको सुनको जलप लगाएको गजुर, कालीका माईको मूर्ती, सात वटा घण्ट र दैनिक पूजा आजामा प्रयोग हुँदै आएको सामाग्रीहरु चोरी भएको हो ।
मन्दिरको ढोका घनले फुटाएर मुर्ती चोरी भएको बिहान थाहा भएको थियो । मूर्ती चोर्ने व्यक्ति अथवा समूहको बारेमा कुनै पत्तो नलागेको र खोजीकार्य जारी रहेको स्थनीय बासीन्दाले बताएका छन् ।
चोरहरुलाई पक्राउ गरी तत्काल कारबाहीको लागि स्थानीय बासीन्दाले प्रहरीलाई उजुरी समेत दिएका छन् ।  यसअघि पनि सो मन्दिरको गजुर चोरी भएको थियो । धेरै समय अघि निर्माण भएको सो मन्दीर त्यसक्षेत्रमा प्रसिद्ध मन्दिर हो ।  

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts