Friday, September 9, 2011


नविन अनुराग
धादिङबेसी भाद्र २३
कृषि क्षेत्रको व्यावसायीकीकरणको स्थिती र सम्भावनाको बिषयमा जानकारी गराउने उदेश्यले आयोजना गरीएको एक दिने कार्यशाला गोष्टि आज धादिङबेशीमा सम्पन्न भएको छ ।  कृषि तथा सहकारी मन्त्रालय व्यावसायीक कृषि तथा व्यापार आयोजना पब्लिक आवरनेश कम्पनीको आयोजना तथा विश्व बैङकको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।
वरिष्ठ योजना अधिकृत गंगादक्त आर्चायको अध्यक्षा र वरिष्ठ कृषि विकास अधिकृत निलकण्ठ पोख्रेलको प्रमुख आतिथ्यमा  सम्पन्न भएको  कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय धादिङका अधिकृत शिवजी प्रसाद दास, मुल्य श्रृङखला विकास बिषेशज्ञ भुषण दास श्रेष्ठ लगायतको गोष्ठीमा आतिथ्य रहेको थियो ।
नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय अन्तर्रगत विश्व बैङकको ऋण तथा अनुदानमा सञ्चालन भएको कार्यक्रम धादिङ सहित देशका २५ वटा जिल्लाहरुमा सञ्चालन भैरहेको छ । कृषि क्षेत्रका ब्याबसायीककरण निश्चित पुर्बाधार आवश्यक कृषि सामाग्रीहरुको सहज आपुर्ती, प्राबिधिक सेवाटेवा, बजार सँग अन्तर सम्बन्ध कायम र कृषकहरुको चेतनामा बृद्धिगर्ने  आयोजनाको उदेश्य रहेको छ । धादिङ जिल्लामा उत्पादनहुने कृषि साग्रीको पहिचान गरी त्यस तर्फ लगानी गरेर कृषि बस्तुको उत्पादनमा बृद्धिगरीने र कृषि सहकारीलाई सहयोग गरी गाउँ स्तर सम्म सेवा विस्तार गरिने पनि गोष्ठीमा जानकारी गराइएको थियो  

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts