मंसिर ४ गते /
धादिङबेसी/ सहमतिको राष्ट्रिय सरकार निमार्ण तर्फ दलहरुमा गृहकार्य भैरहेको बेला विज्ञान तथा प्रविधि मन्त्रि कल्पना धमलाले मन्त्री भएको दुइ हप्ता नपुग्दै यो सरकार कति दिन सम्म टिक्छ भन्ने कुरा यकिन नभएको बताउनु भएको छ ।
मन्त्रिपदमा नियुक्त भएपछि बधाई थाप्न पहिलो पटक धादिङ टेक्नु भएकी मन्त्री धमलाको सम्मानमा जिल्ला विकास समिति धादिङले आज आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकार जतिदिन टिके पनि राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रुपान्तरणको ढोका खुल्ने विश्वास पैदा भएको दावी गर्नुभयो ।
मन्त्रि धमलाले विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको कामको तत्कालै नतिजा नदेखिएपनि पछि यसको सकारात्मक परिणाम देखिने दावी गर्नु भएको थियो ।जम्बो मन्त्रि परिषदको कुरा चलिरहेको तर्फ इंगित गर्दै उहाँले कुनै पनि मन्त्रालय थपिएको नभै राजनीतिक दलहरुले नै बनाएको नीति र विधि भित्र रहेर मन्त्रि परिषद विस्तार गरिएको समेत जिकिर गर्नु भएको थियो ।
0 comments:
Post a Comment