Sunday, November 20, 2011

मंसिर ५
धादिङबेसी / मंसिर महिना लागे लगत्तै कृषकहरु यतिबेला खेतीपाती थन्क्याउनमा व्यस्त वनेका छन् । करिव दुई साता अघि देखि प्रतिकुल वनेको मौसममा शनिबारबाट सामान्य सुधार आए संगै किसानहरु खेतीपाती थन्क्याउन व्यस्त वनेका हुन् । असार र साउन दुई महिना झरी वादल, घामपानीको वास्ता नगरी दिनरात मेहनत गरेका किसानहरु अहिले परिश्रमको फल थन्क्याउन थालेका हुन् । विशेष गरि यो समय असारमा रोपेको धान तथा साउन र भदौमा रोपेको कोदो टिप्ने सिजन भएकाले किसानहरुलाई धान र कोदो थन्क्याउनमा भ्याइ नभ्याइ छ ।
धादिङ, गोरखा, नुवाकोट सहित देशभरका विशेष गरी पहाडी क्षेत्रका किसानहरुले यतिबेला बढि नै मेहनत गर्ने गर्छन । अधिकांश कृषि पेशामा निर्भर रहेकाले पनि यतिखेर विभिन्न भेगमा रहेका टारी खेतहरुमा धान काट्ने, विटा लगाउने र दाँई गर्ने चटारो छ ।
केहिदिन अघि घाम नलाग्दा चिसो वढ्नुका साथै वाक्लो हुस्सु साथमा छिटफुट पानी समेत परेकाले काटेको धान थन्क्याउने तथा पाकेको धान काट्नको लागी तयारीमा रहेका किसानहरु समस्यामा परेका थिए । काटेको धानहरु खेतमा नै कुहिने अवस्थामा पुगेको, काट्न नभ्याएका धानहरु पनि वोटबाटै झरेर गएको तथा पाकेर टिप्ने वेला भएको कोदो पनि टिप्नमा समस्या भए पछि किसानहरु चिन्तित् वनेका थिए । तर, मौसमको सुधार संगै किसानहरुको निरासा केहि आशामा परिणत भएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts