Friday, December 30, 2011

युगल भण्डारी
धादिङ पुस १५ आगिञ्चोक/   
भिमोदय माध्यमिक विद्यालय आगीञ्चोक २ गोलाङको ३५ औँ बार्षिक उत्सव तथा नव निमिर्त ३ कोठे भवनको उद्घाटन समारोह आज सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष एवम एकीकृत नेकपा माओवादी धादिङका सह–ईञ्चार्ज रामबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, दलित मुक्ति मोर्चा क्षेत्र १ का संयोजक ईश्वर वावु सुनार, अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य युगल भण्डारी सहित संघ–संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि लयायत अभिभावकहरुको सहभागीता रहेको थियो ।
जिल्ला विकास समितिको १० लाखको लागतमा निमार्ण भएको ३ कोठे पक्कि भवनको कार्यक्रममा सभापति एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर भण्डारीले रीवन काटेर उद्घाटन गर्नु भयो । कार्यक्रमकै अवसर पारेर जिल्ला स्तरीय खेलकुद प्रतियोगीमा विद्यालयबाट सहभागी भई राष्ट्रपति रनीङ शिल प्रतियोगीतामा ३ हजार मिटरको दौडमा दोस्रो हुनुभएकी रीता नेपाली र हाई जम्ममा द्धितिय हुनुभएकी सृजना थपलीयालाई नगद सहित पुरस्कार सहित प्रमाणपत्र प्रदान गरीएको छ । सो अवसरमा गत शैक्षिक सत्रमा कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीयाहुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो  ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts