Friday, December 30, 2011

राजन अधिकारी
धादिङ पुस १५ गजुरी /
जन आदर्श बहुउदेश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा आज गजुरीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तारा भण्डारीको अध्यक्षता र जिल्ला कृषि महांसघ धादिङका सदस्य रङ्गप्रसाद थपलियको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा गजुरी गाँउ विकास समितिका सचिव तिर्थ दुवाडी, कृषि समाग्री संस्थान गजुरीका प्रतिनिधि बुद्धि बहादुर बानियाँ समबृद्धि विकास बैंकका रमेश खड्का लगायत सहित संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
६ लाख ४३ हजार २ सय कुल पूँजी रहेको संस्थाले गत आर्थिक वर्षमा कुल पूँजीको ३५ प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको सो अवसरमा जानकारी दिइएको थियो । २ लाख ३१ हजार ५ सय ऋण लगानी गर्दै आइरहेको संस्थको २ सय ४८ जना शेयर सदस्य रहेका छन्  ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts