रेडियो बिहानी धादिङ पुस १५ ।
‘तमु ह्युला छ्यो जधी’ धादिङको आयोजनामा आज धादिबेसीमा ल्होसार विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष दुर्गाबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मनकुमारी तमुको प्रमुख आतिथ्य र सभासद विरबहादुर तामाङको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा एकीकृन नेकपा माओवादी धादिङका सह–सचिव विजय बुर्लाकोटी, नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष गुरु बुर्लाकोटी लगायतले तमु जातीहरुलाई ल्होसारको शुभकामना दिएका थिए । सो अवसरमा तमुहरुको जातीय पहिचान झल्कने साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । साथै नयाँ लुगा लगाउने, सेलरोटी, खिरलगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि रमाइलो गर्ने परम्परा छ । नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, सेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले पनि मनाउने गर्छन् । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यीवर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतिकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ जातिले बिरालो वर्ष बिदाइ गरेर गरुड वर्षका रूपमा स्वागत गर्दैछन् । नेपाल सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदा समेत दिँदै आएको छ ।

0 comments:
Post a Comment