धादिङ पुस १५ मुरलीभञ्ज्याङ/
एकीकृत नेकपा माओवादीका जिल्ला कमिटि सदस्य तथा अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष बद्रिप्रसाद सुवेदी माथि आज मुरलीभञ्ज्याङमा स्थानीय काँग्रेस समर्थित युवाहरुले हातपात गरको घटनाको माओवादी धादिङले घोर भत्र्सन गरको छ । एकीकृत नेकपा माओवादी धादिङका सह–ईञ्चार्ज रामबहादुर भण्डारीले आज एक विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषी माथि तत्काल कारबाही गर्न प्रशासन सँग माग गर्नुभएको छ ।
एमाओवादी शन्ति प्रक्रिया प्रति प्रतिबद्ध रहँदै शान्ति र संविधान निर्माण प्रक्रियामा अघि बढिरहको भन्दै विज्ञप्तिमा दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रन बाध्यहुने चेतावनी समेत दिइएको छ । सुवेदीमाथि मुरलीमञ्ज्याङ गाउँ विकास समितिको गाउँ परिषदका बेला काँग्रेस समर्थित स्थानीय रामशरण थपलिया लगायतको समूहले हात पात गरको माओवादी धादिङले जनाइएको छ ।
यसैबीच नेपाली काँग्रेस मुरलीभञ्ज्याङले भने आफूहरु माथि नै हातपात भएको जनाएको छ । गाउँ परिषदमा सम्बोधन गर्ने विषयमा कुरा नमिलेपछि सामान्य विवाद भएको सो क्रममा स्वयम आफूमाथि हातपात भएको काँग्रेस मुरलीभञ्ज्याङका सभापति गुणबहादुर थपलियाले बताउनु भयो । सो अवसरमा विवाद भएपछि माओवादीले गाउँ परिषद बहिस्कार गरेको थियो ।

0 comments:
Post a Comment