Saturday, December 31, 2011

मणिराज गुरुङ
धादिङ पुस १६ जोगिमारा
नमोबुद्ध युवा क्लबको आयोजनामा जोगीमारा –५, गोईराङमा आज तमु ल्होछार विषेश शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आयोजक क्लबका अध्यक्ष मणिराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङको जोगीमारा, चितवनको काउले र गोरखा जिल्लाको विभिन्न स्थानबाट ३ सय भन्दा बढि स्थानीय गुरुङ समुदायको सहभागीता रहेको थियो । हिजो बेलुका देखि शुरु भएको कार्यक्रममा विविध सांस्कृतीक  प्रस्तुतीहरु समेत प्रस्तुत गरीएको थियो । सहभागी आगन्तुक पाहुनाहरुलाई आज सामुहिक भोज खुवाएर शुभकामना आदान प्रदान गरिएको जोगीमाराबाट सहकर्मी मणिराज गुरुङले जानकारी दिनुभएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts