Saturday, December 31, 2011

रेडियो बिहानी धादिङबेसी पुस १६/
बेनिघाट गाउँ विकास समितिको मलेखुमा रहेको वागेश्वरी उच्च माध्यामिक विद्यालयमा भवन निर्माणको क्रममा आर्थिक अनियमितता भएको प्रतिवेदन छानविन समितिले सार्वजनिक गरेको छ । भवन निर्माणका क्रममा आर्थिक अनियमितता भएको आशंकामा स्थानीय देवप्रसाद त्रिपाठी ‘जयदेव’ को संयोजकत्वमा गठन गरिएको सर्बदलीय  छानविन समितिले यस्तो प्रतिवेदन प्रस्तुत गरेको हो । प्रतिवेदनमा विद्यालयमा भवन निर्माणका लागि गुणस्तरहिन सामाग्री प्रयोग गरेको, विलमा उल्लेख भएको परिणाममा निर्माण सामाग्री प्रयोग नगरिएको र आर्थिक हिसाव पारदर्शी नभएको उल्लेख गरिएको छ ।
भवनको प्राविधिक परिक्षणका क्रममा विलमा उल्लेख भएको भन्दा करिव २ सय ६० बोरा सिमेन्ट कम र करिव ७ सय किलो छड कम प्रयोग भएको पाईएको छानविन समितिका संयोजक देवप्रकाश त्रिपाठी ‘जयदेव’ले बताउनु छ । छानविन समितिले ३ महिना लगाएर प्रतिवेदन पेश गरेपछि आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको हो । भवन निर्माणको आर्थिक कारोवारका विद्यालयका प्रधानाध्यापक देवप्रसाद त्रिपाठीले गरेकाले यस विषयमा थप छानविन आवश्यक रहेको उहाँले बताउनु भयो । छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भनेर नतोकिएको पनि प्रधानाध्यापकले आर्थिक कारोवार गरेकाले स्वभाविक रुपमा उहाँ माथि आशंका गरिएको संयोजक त्रिपाठीको भनाइ छ ।
यता विद्यालयका प्रधानाध्यापक देवप्रसाद त्रिपाठीले भने आफूमाथि लागेको आर्थिक अनियमितताको आरोप निराधार भएको बताउनु भएको छ । भवन निर्माणको सम्पूर्ण हिसाव आफूले सार्वजनिक गरेको भन्दै उहाँले छडको लागि जिम्वेवारी दिइएको सुपरभाइजर र सिमेन्ट उपलब्ध गराउने व्यक्तिले आफूलाई त्यहि अनुसारको विल पेश गरेको बताउनु भयो । यस विषयमा सुपर भाइजर संग बुझेर थप भन्न सकिने प्रधानाध्यापक त्रिपाठीको भनाई छ । भवन विदेशी दात्री निकायको सहयोगमा दुईवर्ष अघि निर्माण सम्पन्न भएको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts