Saturday, December 31, 2011

धादिङबेसी पुस १७ /
धादिङ जिल्लामा क्रियाशील ५ वटा शिक्षक संगठनहरुले आज धादिङ सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द आह्वान गरेका छन् । मुक्राब देवी उच्च माध्यमिक विद्यालय सेर्तुङका शिक्षकहरु माथि हिजो साँझ भएको आक्रमणको विरोधमा विद्यालय बन्द आह्वान गरिएको हो । अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक युनियन र शैक्षिक गण तान्त्रिक मञ्चले घटनाको घोर भत्र्सना गर्दै आज एक दिनका लागि सम्पूर्ण विद्यालय बन्दको आह्वान गरेका हुन् । राप्रपा नेपालका बुद्धिमान तामाङको प्रत्यक्ष निर्देशनमा शिक्षकहरु माथि आक्रमण भएको भन्दै विज्ञप्तिमा दोषीमाथि तत्काल कारबाहीको माग पनि संगठनहरुले गरेका छन्  । संगठनहरुले सोहि घटनाको विरोधमा आज धादिङबेसीमा विरोध ¥याली समेत प्रदर्शन गर्ने भएका छन् ।
यसैबीच आक्रमणमा परी गम्भिर घाइते भएका शिक्षकहरु प्रधानाध्यापक नवराज डि सि, पूर्वप्रधानाध्यापक कृष्णप्रसाद भट्टराइ र शिक्षक अर्जुन अर्याललाई उपचारको लागि काठमाडौं लैजाने तयारी भैरहेको छ ।  आक्रमणमा परी अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध तीन जना शिक्षक गम्भिर घाइते भएका थिए ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts