धादिङ पुस १७ सेर्तुङ/
सेर्तुङ स्थित मुक्रावदेवी उच्च माध्यमिक विद्यालयका शिक्षकहरु माथि शनिवार भएको आक्रमणको विरोधमा आज सेर्तुङमा विरोधसभा सम्पन्न भएको छ । राप्रपाका नेता एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङको प्रत्यक्ष निर्देशनमा शिक्षकहरु माथि आक्रमण भएको भन्दै शिक्षक, विद्यार्थी एवम् स्थानीय बासिन्दाले आन्तरिक कार्यक्रमको शिलसिलामा सेर्तुङ पुगेका राप्रपा नेता बुद्धिमान तामाङलाई कालो झण्डा देखाएका थिए । घटनाको विरोधमा धादिङ जिल्लामा क्रियाशील ५ वटा शिक्षक संगठनहरु अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले गरेको शैक्षिक संस्था कारण धादिङका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द भए । घटनाको विरोधमा एकिकृतनेकपा माओवादी धादिङले सेर्तुङमा विरोधसभा समेत सम्पन्न गरेको छ । आक्रमणमा परी घाइते भएका मुक्रावदेवी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज धमेना, पूर्व प्रधानाध्यापक कृष्णप्रसाद भट्टराइ र शिक्षक अर्जुन अर्यालको काठमाडौं सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचार भैरहेको छ ।
यसैबीच मुक्रावदेवी उच्च माध्यमिक विद्यालय श्रोतकेन्द्र भित्रका सम्पूर्ण विद्यालयहरुमा भोलीदेखि सुरु हुने भनिएको परीक्षा अर्काे सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको छ । श्रोतकेन्द्रले सबै विद्यालयमा एउटै प्रश्न पत्र पठाउनु पर्नेमा श्रोतकेन्द्र विद्यालयमा नै सो घटना घटेकाले केहि दिनको लागि परीक्षा स्थगीत गरिएको बताइएको छ ।
0 comments:
Post a Comment