धादिङ पुस १७ मलेखु/
एकिकृत नेकपा माओवादी धादिङका सह–इचार्ज उक्तम कडेल माथि आज हात पात भएको छ । धादिङको बेनिघाट गाउँ विकास समिति स्थित मलेखु रिचोकटारमा रहेको वागेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको आर्थिक अनियमिताको विषयमा कुरा उठाउँदा कंडेल माथि हातपातको प्रयास भएको घटना प्रति माओवादी धादिङले विज्ञप्ति मार्फत घोर भत्र्सना गरेको छ । विज्ञप्तिमा आगामी दिनमा यस्ता घटनाहरु नदोहो¥याउन आग्रह गर्दै अन्यथा कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ । ‘आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राख्न एमाले जिल्ला नेतृत्वलाई आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि विद्यालयमा भवन निर्माणको क्रममा आर्थिक अनियमितता भएको प्रतिवेदन छानविन समितिले सार्वजनिक गरेको थियो । भवन निर्माणका क्रममा आर्थिक अनियमितता भएको आशंकामा स्थानीय समाजसेवी देवप्रसाद त्रिपाठी ‘जयदेव’ को संयोजकत्वमा गठन गरिएको सर्बदलीय छानविन समितिले यस्तो प्रतिवेदन प्रस्तुत गरेको हो । प्रतिवेदनमा विद्यालयमा भवन निर्माणका लागि गुणस्तरहिन सामाग्री प्रयोग गरेको, विलमा उल्लेख भएको परिणाममा निर्माण सामाग्री प्रयोग नगरिएको र आर्थिक हिसाव पारदर्शी नभएको उल्लेख गरिएको छ ।
यता विद्यालयका प्रधानाध्यापक देवप्रसाद त्रिपाठीले भने आफूमाथि लागेको आर्थिक अनियमितताको आरोप निराधार भएको बताउनु भएको छ । भवन निर्माणको सम्पूर्ण हिसाव आफूले सार्वजनिक गरेको भन्दै उहाँले छडको लागि जिम्वेवारी दिइएको सुपरभाइजर र सिमेन्ट उपलब्ध गराउने व्यक्तिले आफूलाई त्यहि अनुसारको विल पेश गरेको बताउनु भयो । यस विषयमा सुपर भाइजर संग बुझेर थप भन्न सकिने प्रधानाध्यापक त्रिपाठीको भनाई छ । भवनको विदेशी दातृ निकायको सहयोगमा दुई वर्ष अघि निर्माण सम्पन्न भएको थियो ।
0 comments:
Post a Comment