Monday, January 2, 2012


रेडियो बिहानी पौष १८ गते सुनौलाबजार/
प्रहरी महानिरिक्षक रविन्द्रप्रताप शाहले नागरिक सुरक्षा, अपराध नियन्त्रणमा कठोरता र भ्रष्टाचार नियन्त्रणमा शुन्य शहनशिलता नेपाल प्रहरीको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रहरी महानिरिक्षक पदमा बहाल भएपछि पहिलोपटक औपचारिक कार्यक्रममा गृहजिल्ला धादिङ आइपुग्नुभएका शाहले आफूले पाएको उच्च पद र प्रतिष्ठा जिल्लावासीकै सद्भाव र अभिप्रेरणा बाट प्राप्त भएको बताउनुभयो । इलाका प्रहरी कार्यालय सुनौलाबजारको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरिक्षक शाहले  जिल्लावासीको नाताले धादिङ प्रति आफ्नो थप दायित्व रहेको भन्दै प्रहरी र नागरिक बीचको सहभागिता मुलक एकताबाट भवन निर्माण गरिएको बताउनुभयो । 
२ रोपनी १३ आना क्षेत्रफलमा रहेको इलाका प्रहरी कार्यालय सुनौलाबजरको नवनिर्मित भवन शान्ति मन्त्रालयको पूनर्निमाण आयोजना अन्तर्गत ६७ लाख  ८० हजार ६ सय ८७ रुपैँयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्य, स्थानीय विकास अधिकारी शंकर नेपाल सहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । यसैबीच महानिरिक्षक शाहले धादिङका प्रहरी नायव उपरिक्षक गणेश रेग्मीद्वारा प्रकाशीत कथा संग्रह ‘समानता’ को जिल्ला प्रहरी कार्यालय धादिङमा आयोजित एक कार्यक्रमका बीच विमोचन गर्र्नुभएको छ । सो अवसरमा साहित्यकार नविनबन्धु पहाडीले विमोचित कृतिको समिक्षा गर्नुभएको थियो 

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts