धादिङ पुस १६ बैरेनी/ आयुर्वेदको पहुँच पु¥याउने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले आज बैरेनी ९ मा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो शिविरमा ग्याष्ट्रिक , नशा तथा हाड र्जोनी लगयात महिलामा हुने आङ खस्ने सेतो पानी वग्ने लगायत ४ सय २६विरामी हरु परिक्षण गर्न आएका थिए । जसमा २ सय ९३ जना महिला र १सय ३३ जना पुरुष रहेको जिल्ला आर्यूवेद स्वास्थ्य केन्द्रका आर्यूवेद सहायक प्रकाश सापकोटाले जानकारी दिनुभयो । सो शिविरमा जिल्ला आर्यूवेद स्वास्थ्य केन्द्र धादिङका चिकित्सक डा. अनु शाक्य , बैकुण्ठ आचार्य अनुज कुमार शाह, प्रकाश सापकोटा लगायत रिना पाल लगायतले विरामी को परिक्षण गर्नू भएको थियो । सो शिविरको उद्घाटन बैरेनी गाविस वडा नं ९ का वृद्ध द्धय ९३ वर्षिय खडानन्द पण्डीत र ८३ वर्षिय दान बहादुर भण्डारीले संयक्त रुपमा गर्नू भएको थियो । उक्त शिविर जिल्ला विकास समिति धादिङ्गको आर्थिक सहयोगमा सम्पन्न भएको हो
Saturday, December 31, 2011
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment