सुमन अधिकारी, धादिङबेसी फाल्गुण २
गत माघ २८ गते देखी धादिङबेसीमा सञ्चालन भएको सामुदायिक अध्ययन केन्द्र व्यवस्थापन सम्बन्धी तीन दिने तालिम हिजो सम्पन्न भएको छ । अनौपचारिक शिक्षा कार्यक्रम धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा जिल्ला भरका सामुदायिक अध्ययन केन्द्रका पदधिकारी र सामाजिक परिचालिका गरी ३३ जनाको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक रामशरण श्रेष्ठ र विद्यालय निरिक्षक निर्मला देवी लामीछानेले प्रशिक्षण दिनु भएको थियो । सो अवसरमा सामुदायिक अध्ययन केन्द्रको व्यवस्थापन, समुदायको आवश्यकता महसुस र पहिचान तथा सामुदायिक अध्ययन केन्द्रको वार्षिक कार्ययोजना निर्माण गर्ने सम्बन्धमा जानकारी गराइएको थियो ।

0 comments:
Post a Comment