पुष्प विक्रम मल्ल |
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २०५२ फागुन १४ गते सहिद भएको दिन र निरंकुश पञ्चायती तानासाही राजतन्त्र विरुद्धको संघर्षमा झापा आन्दोलनका क्रममा क. रामनाथ दहाल, क. विरेन राजवंसी, क. कृष्ण कुइँकेल, क. नारायण श्रेष्ठ र क. नेत्र घिमिरे २०२९ साल फागुन २१ गते सहिद हुनुभएको दिनलाई जोडेर २०५६ साल देखि एकीकृत नेकपा माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्मलाई ऐतिहासिक सहिद सप्ताह दिवस भव्य रुपले मनाउँदै आएको कुरा स्मरण गराउन चाहन्छौँ ।
नेपालको रानीतिक आन्दोलनको इतिहासमा जनयुद्ध एक महान संघर्ष हो । सामन्ती राजतन्त्रात्मक राज्यसत्ता एवं बहुदलीय संसदीय व्यबस्थाको विरुद्ध एकीकृत माओवादीका अध्यक्ष क. प्रचण्डको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि ऐतिहासिक जनयुद्ध सुरु भएको कुरा सबैलाई थाहा नै छ । महान जनयुद्धमा धादिङ जिल्लाका प्रथम सहिद क. नारायणप्रसाद उपाध्याय सहिद हुनुभयो । धादिङ जिल्लाका १११ जना र बाहीरबाट १ जना गरी ११२ जना सहिद र बेपत्ता २७ जना गरी जम्मा १३९ जना सहिद तथा बेपत्ता भएको कुरा सबैले गम्भीरता पूर्वक विचार गर्नु जरुरी छ ।
सहिद सप्ताहको यस शुभ अवसरमा चाहे राण शासन विरोधी संघर्ष होस्, चाहे २००७–०१६ अवधिमा होस्, चाहे ०४६ । ०४७ देखि २०५२ साल फागुनसम्मको अवधिमा होस्, अथवा ऐतिहासिक जनयुद्धको भिषण रक्तपातपूर्ण युद्धमा होस्, चाहे २०६३ देखि अहिलेसम्मको अवधिमा होस् सामन्ती राजसंस्थालाई ध्वंस गरी जनताको संघिय गणतन्त्रात्मक राज्यसंस्थाको स्थापना गर्न साहदत प्राप्त गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु प्रति हार्दिक लालशलाम चढाउँदै ति सम्पूण सहिदहरुको अधुरो सपना पुरागर्न सम्पूण देशभक्त र क्रन्तिकारी कम्यूनिष्टहरुले निरन्तर संघर्षमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नु नै सहिद सप्ताह मनाउनुको सार हो । त्यसैले यो महान सहिद सप्ताहको शुभ अवसरमा महान सहिदहरु र महान बेपत्ता योद्धा जन्माउने महान सहिद परिवारजन र आम नेपाली जनता प्रति हार्दिक लालसलाम चढाउँदै सहिद सप्ताह ऐतिहासिक सहिद दिवस भएकाले भव्य रुपमा सफलपार्न लागि परौँ ।
यस बर्गीय समाजमा सहिदपनि बर्गीय नै हुन्छ । तसर्थ सामन्ती, दलाल, नोकरशाही पूँजीपति वर्गले जनताको संघर्ष आन्दोलन महान जनयुद्ध दमन गर्ने क्रममा साहदत गर्नेहरुलाई पुरानो सत्ताको ध्वंसपछि बन्ने नयाँ सरकारले सहिद घोषणा गर्दछ भने पुरानो सत्ताधारी बर्गले आफ्नो सत्ताको रक्षा गर्ने क्रममा आन्दोलनकारीको तर्फबाट मारीएकालाई उसले पनि विर सहिद भनेर घोषणा गरेको इतिहाँस नै छ । त्यसैले महान जनयुद्धका क्रममा साहदत प्राप्तगर्ने सम्पूर्ण सहिदहरुलाई एकीकृत माओवादीको सरकारको समयमा राष्ट्रिय सहिद घोषणा गरियो भने राहत स्वरुप एकलाख रुपैँया प्रदान गरियो । फेरि हाम्रो सरकार बन्यो भने सहिद र सहिद परिवारको लागि सम्मानको व्यवस्था गर्ने नै छ । तसर्थ बर्गीय राज्यसत्तामा सहिद पनि बर्गीय हुने हुँदा सामन्ती राजतन्त्रात्मक राज्यसत्ताको विरुद्ध संघर्ष गरी नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नकोलागि साहदत प्राप्तगर्ने सबै सहिदलाई राष्ट्रिय सहिद मान्नु पर्दछ । यसर्थ झापा आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गतेका दिन साहदत प्राप्तगर्ने रामनाथ दहाल सहित ५ जना सहिदपनि नेपाली क्रान्तिका सहिदको रुपमा मानेका छौँ । त्यसैले फागुन १४(२१ लाई सहिद सप्ताहको रुपमा मनाउन लागि रहेका छौँ । हजारौँ सहिदहरुलाई राष्ट्रिय रुपमा सहिद दिवस २०५६ देखि मनाउँदै आइरहेको कुरालाई फेरि एक पटक स्मरण गर्नु जरुरी छ ।
संसारको इतिहाँसलाई संक्षेपमा हेर्दा के देखिन्छ भने कुनैपनि तानासाहले राजीखुसि जनतालाई अधिकार दिएको इतिहाँस नै छैन् । किनकी कुनैपनि तानासाहले सजिलोसित जनतालाई अधिकार दिँदैन । त्यसैले निरंकुश शासकको विरुद्ध जनताले संघर्ष गर्दा जीबनको कोटा चुक्तागर्नु अनिवार्य हुन्छ । त्यसैले राणा शासन, निरंकुश पञ्चायती व्यबस्था विरुद्धको संघर्षमा विर नेपालीका विर छोरा–छोरीले रगत बगाएपछि मात्र राण शासन र पञ्चायती शासनको अन्त्य भायो । पञ्चायतको अन्त्यपछिको संबैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको नोकरशाही दलाल सामन्ती राजतन्त्रात्मक राज्यसत्ताको ध्वंसगरी जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाको लागि महान जनयुद्धमा हजारौँ सहिदहरुले बलिदान गरे । जनयुद्ध र १९ दिनको जनआन्दोलन बाट एकात्मक सामन्ती राजतन्त्रको उपरिसंरचनाको अन्त्य भएर संघिय गणतन्त्रात्मक संबिधान निर्माणको प्रक्रिया चलिरहेको कुरा अवगत नै छ । महान जनयुद्ध नभएको भए सामन्ती राजतन्त्रको अन्त्य भएर संघिय गणतन्त्र नेपालको नयाँ संंबिधान बन्ने प्रक्रियामा नेपाल हुँदैन थियो । यदि कोहि कसैले जनयुद्धको बल विना नै राजतन्त्रको अन्त्य भएको कुरा गर्छभने त्यो पूर्वाग्रही विचार बाहेक केहि होइन । तसर्थ यस ऐतिहाँसिक सहिद सप्ताहको अवसरमा हजारौँ सहिदहरुले रगतको बलिदान गरेको कारणले नै राजतन्त्रको अन्त्य भएको छ । तर, एकीकृत माओवादीले उठाएको राजनीतिक क्रान्ति पुराभएको छैन् । हमी निरन्तर रुपबाट नेपाली जनक्रान्ति सफलगर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जाहेर गरौँ । यो नै सहिद दिवश मनाउनुको मुख्य सार हो भन्नेकुरा बुझ्नु पर्दछ ।
सहिद सप्ताह भव्यरुपले मनाउनुको अर्काे मुख्य विषय नेपाललाई भारतको प्रान्त बनाउन नदिनु हो, भने नेपालका राजनीतिक पार्टीहरु मुख्यतः नेपाली काँग्रेस भित्रका केहि नेताहरु र एमाले भित्रका ओली(नेपाल लगायत भरतीय विस्तारबादका दलालहरुको देशव्यापी राजनैतिक भण्डाफोर गरी आम जनता समक्ष भरतीय दलालहरुलाई नाङ्गेझार बनाउनु जरुरी छ । किनकि नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता एवं रक्षाको लागि भारतीय विस्तारवादी शासकका दलालहरुका विरुद्ध वैचारिक संघर्ष गर्नु मुख्य सर्त हो । यतिमात्र होइन नेपाललाई भारतको एउटा प्रान्त बनाउने राजनीतिमा भरतीय शासकहरु लागिरहेको हुँदा यस सहिद सप्ताह दिवसको अवसरमा नेपाल अर्र्ध सामन्ती र नव औपनिवेसीक देश रहेको छ । भारतको नव औपनिवेसिक देश भएकोले आत्म निर्णयको अधिकार सहित एउटा स्वतन्त्र विरोध गर्न नेपालमा भारतीय शासकहरुले दिएका छैनन् । तसर्थ पहिलो सर्त नै भारत संग भएको सन १९५० देखिको असमान सन्धि सम्झौता खारेज गरी नयाँ सन्धि गर्नु पर्दछ । नेपालको राजनीतिक निर्णय दिल्ली दरवारबाट गर्ने होइन की, नेपाली जनता नेपालको राजनीतिबाट नेपाल सरकारले गर्ने स्थिति पैदा गर्नको लागि फेरि एक पटक दिल्ली दरवार र उसका नेपाली दलालको विरुद्ध संघर्षको श्रृष्टि गर्ने प्रतिबद्धता जाहेर गर्नु नै सम्पूण सहिदको सम्मान गर्नु हुनेछ ।
सहिदले देखाएको बाटोमा लाग्न हामी बाँचेकाहरुले प्रतिबद्धता गरौँ र नेपालको राष्ट्रिय स्वाधीनताको रक्षागर्न वृहत शन्ति सम्झौता सफल पार्न जनताको संघिय गणतन्त्रको संबिधान निर्माण गर्ने जस्ता राजनीतिक कार्यभार पुरागर्न सडक, सदन र सरकारको तीनवटा मोर्चाबाट अगाडि बढ्ने प्रतिबद्धता व्यक्तगर्नु नै सहिदको सच्चा सम्मान हुनेछ । यो महान कार्यभार पुरागर्न सबै तहका देशभक्त, गणतन्त्रवादीहरु, सर्बहारा बर्गका पक्षधर क्रान्तिकारी कम्यूनिष्टहरु लगायत आम नेपाली जनता एकजुट हुनु र सडक संघर्षको बाटोबाट नै नयाँ संबिधान संबिधानसभाबाट जारी गर्न दवाव दिन सफल हुनेछौँ । यदि संबिधानसभाबाट संबिधान जारी गर्न नदिने षड्यन्त्र गरी संकटकाल घोषणा गर्ने, राष्ट्रपति वा कुनै नयाँ रुपको सैनिक शासन लागुगर्ने षडयन्त्र गरेमा त्यसको विरुद्ध लाखौँ–लाख जनताजनआन्दोलन गर्ने प्रतिबद्धता गरी कुनैपनि हालतमा जनताको संघिय गणतन्त्रको संबिधान बनाउन सफल हुनेछ । जनताको अगाडी कुनैपनि भारतीय दलालको हार हुनेछ र नेपाली जनताको जित हुनेछ । सहिद सप्ताह दिवस भव्य रुपले सफल पारौँ । लेखकः एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज हुनु हुन्छ ।

0 comments:
Post a Comment