Thursday, February 23, 2012

मेलाको आकर्षक हेलिकप्टर होइन स्थानिय उत्पादन र प्राक्रितिक सौन्दरता हो ।
‘धादिङ कृषि पर्यटन तथा औधोगिक मेला २०६८’ सुरु हुन अब केहि दिन मात्र बाँकी छ । मेला मुल आयोजक समितिका जिम्मेवार व्यक्तिहरु यतिबेला काठमाडौ केन्द्रित छन् । उनीहरुले बेलाबेलामा धादिङबाट आफ्नो मुठ्ठिी भरका केहि पत्रकारहरुलाई काठमाडौ लगेर पत्रकार सम्मेलन भव्यरुपमा सम्पन्न भन्ने गरेका छन्  । मेला धादिङको हो,  मेला धादिङका उद्योगी, व्यापारी, किसान, मजदुरहरुको मेला हो, मेलाले धादिङको आन्तरीक पर्यटनलाई जोड दिएको छ । तर मेला आयोजना गर्ने मुलआयोजक समिति गठन सँगै विवादित बनेको मुल आयोजक समिति मेला सुरु गर्ने दिन सम्म आई पुग्दा पनि विवादित ढंगबाट अगाडी बढिरहेको देखिन्छ । विवाद सँगै महोत्सव सम्पन्न गर्न सबै राजनीतिक पार्टी, संघ, संस्था, उद्योग, व्यावसायीहरु मरिमेटेर लागि रहेका छन् । मेला आयोजक समिति अन्तर गत रहेको प्रसार प्रचार उपसमिति को क्रियाकलाप हेर्दा त के महोत्सव होला जस्तो देखिए पनि जिल्लाका सबै रेडियो पत्रपत्रिका र संचारकर्मीले दिनहुँ रेडियो कार्यक्रम गरेर होस वा समचारको माध्यमबाट होस् मेला भव्यहुने प्रचार गरि रहेका छन् । यति उत्साह हुँदा हुँदै पनि जिल्लाका आफ्नो मुठ्भिरका पत्रकारहरलाई लिएर किन उपसमितिका संयोजक धुर्व थापा प्रचारमा अगाडी बढे जिल्लाका संचार माध्यमलाई पन्छाएर किन उनी दाम लिएर काठमाडौ कुदे, उदेक लाग्दो छ ।  धादिङको पर्यटनलाई नजिकबाट निगालदै विभिन्न समयमा विभिन्न कार्यक्रम जनता स्तरमै आएर सर्वजनिक सुनुवाई गर्ने एविसि टेलिभिजनलाई पाखालगाई सुटुक्क दाम बोकेर व्यक्तिगत हिसाबले किन धुर्व थापा अर्कै मिडियामा पुगे । जिल्लाका मिडियामा सुचना प्रसारण गर्न डराउने मेला आयोजक समिति मेला केका लागि र किन गरि दै छ भन्ने तर्फ भन्दा मेलाबाट धादिङको दाम कसरी बाहिर पठाउन सकिन्छ काडमाडौ बसाईको रहस्य खुल्दै छ । धादिङ कृषि पर्यटन तथा औधोगिक मेलामा किन चाहियो हेलिकप्टर अनि लाखौ खर्च गरेर डलर कमाउने कलाकार किन ल्याउनु पर्यो । धादिङको आन्तरीक पर्यटनलाई व्यवस्थित गर्न छाडेर धादिङको पैसा बाहिर पठाउने खेल आयोजकले खेलिरहेको छ । ................

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts