Thursday, February 23, 2012

धादिङ फागुन ११ जोगिमारा / 
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं धादिङ क्षेत्र नं. १ का सभासद पुष्प विक्रम मल्लले गरिखाने वर्ग र देशभक्तहरुलाई टिक्न नदिन चलखेल भैरहेको बताउनु भएको छ । देशभक्त नागरिक र गरिखाने वर्षलाई टिक्न नदिन सामन्तवादी र विस्तारवादीहरुले चलखेल गरिरहेको उहाँले बताउनुभयो । ‘दशौँ मजदुर बलिदान दिवस’को अवसरमा आज धादिङको जोगिमारा गाउँ विकास समितिको वडा नं. ९ स्थित मजिमटारमा आयोजित एक कार्यक्रममा संबोधन गर्दै मल्लले सो कुरा बताउनु भएको हो ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मल्लले जेठ १४ गतेसम्ममा संविधान बन्न  नदिने चलखेल भैरहेको भन्दै जनस्तरबाट खबरदारी गर्नु पर्ने आवश्कता औंल्याउनुभयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि एवं धादिङ क्षेत्र  नं ३ का सभासद तथा मजदुर नेता शालिकराम जम्कटेलले शहिदहरुले गरेको त्याग र बलिदानलाई भुलेर अगाडि बढ्न नहुने विचार व्यक्त गर्नुभयो । अखिल नेपाल टे«डयुनियन महासंघका मजदुर संगठनका केन्द्रीय सदस्य हरि डल्लाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० जना सहिदका परिवारहरुलाई अभिर र टिका सहित दोसल्ला ओडाएर अभिनन्दन गरिएको छ । सोहि अवसरमा सहिदका परिवारहरुलाई प्रति परिवार २० किलोका दरले चामल समेत वितरण गरिएको हाम्रा स्थानीय सहकर्मी मणिराज गुरुङले बताउनुभयो । कालिकोटको कोटवाडा विमानस्थल निर्माण गर्न जाँदा २०५८ सालमा जोगगिमाराका १७ सहित ३५ जना मजदुरहरुको तात्कालिन शाही सेनाले हत्या गरेको दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts