२०६९ साल, १ बैशाख,
निराशा, आक्रोस, पिडा र छटपटिका विच अन्तत २०६८ साल बिदा भएको छ । यो बर्षले केही तिता अनि केही मिठा सम्झना हामीमाझ छोडेको छ । समयको पावन्दी संगै राजनितिक क्षेत्र होस या सामाजिक क्षेत्र अनि रंगमञ्च यी क्षेत्रमा पनि बिर्सन नसकिने घट्ना भए बि सं २०६८ सालमा ।
राजनीति भन्ने शिर्षकमा कसैको आपत्ति रहन सक्छ । सुरुमै र्अथ्याउं राजनीतिलाई गु अर्थात दुसित बनाए हाम्रा नेताहरुले वर्ष २०६८ मा भन्न खोजिएको हो ।
राजनितिक अस्थीरता सडक दुर्घटना, हत्या हिंसा लगाएतले डेरा जमाए । आम नागरीकको चाहाना शान्ति र संविधान भन्दा पनि राजनितिक दलका नेताहरु सत्ता परिवर्तनको खेलमा रुमलिएका र अस्थिरताबाट शुरु भएको २०६८ अन्तिम समयमा आएर आम नागरीकको चाहाना पुरा हुने होकी भन्ने आशाको सङ्केत छाड्दै बिदा भएको छ । राजनीति भन्ने शिर्षकमा कसैको आपत्ति रहन सक्छ । सुरुमै र्अथ्याउं राजनीतिलाई गु अर्थात दुसित बनाए हाम्रा नेताहरुले वर्ष २०६८ मा भन्न खोजिएको हो ।
के के घटना भएत २०६८ सालमा
२०६८ साल बैशाख २ गते नेपालको तीनदिने भ्रमणमा रहनुभएका भुटानी प्रधानमन्त्री जिग्मे बाई थिन्ले र तत्कालीन प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भयो ।
सो भेटवार्तामा आठ वर्षदेखि अवरुद्ध भुटानी शरणार्थी समस्या समाधान गर्न द्धिपक्षीय वार्ता प्रक्रिया पुनः सुरु गर्ने सहमति भयो ।
६ गते रातो राहदानी दुरुपयोग गरेको आरोपमा सभासद्द्धय गायत्री साह र बीपी यादव पक्राउ पर्नुभयो ।
८ गते प्रधानमन्त्री खनाल निकट मानिनुभएका ल्हारक्याल लामाद्धार नागरिकता विवादमा परेपछि अर्थ राज्यमन्त्रीबाट राजिनामा दिनुभयो ।
बैसाख २० गते सिन्धुलीमा बस दुर्घटना हुदा १६ यात्रुको मृत्यु भयो भने २१ गते नै डोटीमा भएको बस दुर्घटनामा परी २० यात्रुको मृत्युभयो ।
२६गते विश्वको सर्वोच्व शिखर सगरमाथा आरोहण गर्ने क्रममा ८२ वषिर्य पूर्व परराष्टमन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधन भयो ।
जेठ ६ गते मिङमा शेर्पाद्धरा कञ्चनजङघा आरोहरणसगै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण गरी नया कीतिर्मान कायम भयो । ९ गते मधेसी जनाधिकार फोरम चौथोपटक विभाजित भयो र सहअध्यक्ष जेपी गुप्ताको नेतृत्वमा नया पार्टी गठन भयो ।
११ गते सरकारद्धारा विद्यालयलाई शान्ति क्षेत्र घोषण गरियो । २४ गते अख्तियारद्धारा सुडान घोटला प्रकरणमा २९ करोड रुपिया भ्रष्टाचार गरेको भन्दै तीन पूर्वप्रहरी महानिरीक्षक सहित ३४ प्रहरी अधिकृत र दुई ठेकेदार विरुद्ध विशेष अदालतमा मुद्धा दायर भयो ।
असार १३ गते एघारौ� राष्ट्रिय जनगणना कार्य सम्पन्न भयो ।
२० गते रातो पासपोर्ट दुरुपयोगम नेकपा एमालेका सभासद् नारदमुनि राना पक्राउ पर्नुभयो ।
३१ गते तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीद्धरा आ व २०६८र ६९ का लागि बजेट प्रस्तुत गर्नुभयो ।
३२ गते कोसीमा यस वर्षकै सबैभन्दा ठूलो बाढी गयो ।
साउन २ गते राजेन्द्र महतो नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टी विभाजित भयो ।
१४ गते तत्कालिन प्रधानमन्त्री झलनाथ खानालले नया मन्त्रीलाई सपथ नगराएको भन्दै माओवादी अध्यक्ष दाहालद्धारा एकीकृत माओवादीका तर्फबाटका मन्त्रीहरुको सामूहिक राजीनामा प्रधानमन्त्री झलनाथ खनालसामु पेस गर्नुभयो ।
२२ गते सरकारद्धारा सार्वजनिक ठाउमा धूम्रपान गर्न निषेध गर्ने ऐन लागू भयो ।
२९ गते तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार गठन गर्न नसकेपछि र आफ्नै पार्टीबाट सहयोग प्रप्त नभएको भन्दै राजीनामा दिनुभयो र सो राजिनामा राष्ट्रपतिद्धारा स्वीकृत भयो ।
भदौ ११ गते डा बाबुराम भट्टराई मुलुकको ३५औ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । ११ गते सर्वोच्च अदालतद्धारा संविधानसभाको म्याद थप विरुद्द परेको रिट खारेज भयो ।
१९ गते वाणिज्य विभागले राजधानीको न्युरोडमा रहेको साझा कर्नर र श्रीकृष्ण गुदपाक भण्डारमा छापा मारियो ।
असोज १ गते ९० सालयताकै सबैभन्दा ठूलो भूकम्प जाँदा नेपालमा आठजनाको मृत्यु भयो भने एक सयभन्दा बढी घाइते र दुई हजारभन्दा बढी घर लगायतका भौतिक संरचना क्षतिग्रस्त भयो । ७ गते प्रधानमन्त्री डा बाबुराम भट्टराईद्धारा संयुक्त राष्ट्रसङघको ६६औ महासभालाई सम्बोधन गर्नुभयो ।
८ गते बुद्ध एयरको विमान ललितपुरको कोटडाँडामा दुर्घटना हुँदा विमानमा सवार सबै १९ को मृत्यु भयो ।
१५ गते हत्याकाण्ड आरोपमा सर्वोच्चद्धारा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुङगेललाई आममाफी दिन सरकारद्धारा राष्ट्रपतिलाई आग्रह गरियो ।
२३ गते राष्ट्रपति डा रामवरण यादव कतारको चारदिवसीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभयो
२६ गते सिन्धुलीबाट काठमाडौ आउदै गरेको बस सुनकोसीमा खस्दा ४२ जनाको मृत्यु र २० जना घाइते भए ।
२९ गते हत्याका आरोपी माओवादी केन्द्रीय सदस्य तथा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहद्धारा राजीनामा दिनुभयो ।
कात्तिक ४ गते प्रधानमन्त्री डा बाबुराम भट्टराई र भारतीय समकक्षी डा मनमोहन सिंहबीच हैदरावाद हाउसमा महत्त्वपूर्ण औद्योगिक लगानी प्रवद्र्धन तथा संरक्षण बिप्पा सम्झौता भयो । १३ गते नक्कली भ्याट बिल बनाई अर्बौ राजस्व ठगी गर्ने ४३७ व्यापारिक र्फमको नाम अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरियो ।
१५ गते तीन प्रमुख दल र संयुक्त मधेसी मोर्चा शान्तिप्रक्रिया टुङग्याउने विषयमा सातबुदे सहमतिमा हस्ताक्षर भयो भने ६ हजार पाच सयसम्म माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिने, माओवादीको वैद्य पक्षद्धारा भने सहमतिको विरोध भयो ।
१७ गते जनताको गुनासो सुन्न र सुझावका लागि हेलो सरकार ११११ संयन्त्र प्रधानमन्त्री कार्यालयमा स्थापना भई काम सुरु भयो ।
२७ गते प्रधानमन्त्री डा बाबुराम भट्टराईद्धारा तीन राज्यमन्त्री थप गरी इतिहासकै सबैभन्दा ठूलो ४९ सदस्ययी सरकार गठन गर्नुभयो ।
२७ गते हत्या आरोप प्रमाणित भएका माओवादी सभासद् बालकृष्ण ढुङगेललाई आममाफी दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दियो । मङसिर ३ गते माओवादी लडाकुको पुनर्वर्गीकरणको कार्य सातवटै मुख्य शिविरमा सुरु भयो ।
६ गते सरकारद्धारा अध्यक्ष विनाको आठ सदस्यीय राज्य पुनःसंरचना आयोग गठन गरियो ।
९ गते सर्वोच्च अदालतद्धारा संविधानसभाको म्याद अन्तिमपटक थप गर्न आदेश दिदैं यसपछि संविधान नबने संविधानसभा स्वतः विघटन हुने फैसला सुनायो ।
१३ गते अन्तरिम संविधानलाई एघारौ पटक संशोधन गरी संविधानसभाको म्याद पुनः ६ महिना थप गरियो ।
११ गते सर्वोच्च अदालतद्वारा मधेसीलाई समूहगत रुपमा सेनामा भर्ना गर्ने कार्य रोक्न सरकारका नाममा अन्तरिम आदेश जारी भयो ।
११ गते नै संविधानसभाको म्याद अन्तिमपटक थप गर्न सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न प्रधानमन्त्री डा बाबुराम भट्टराई र सभाध्यक्ष सुवास नेम्वाङद्वारा सर्वोच्च अदातलमा निवेदन दर्ता गराउँनुभयो ।
१२ गते सर्वोच्च अदालतद्वारा संविधानसभाको म्याद थपबारेको फैसला पुनरावलोकनका लागि दिइएको निवेदन दरपीठ गर्यो ।
२१ गते सरकारद्धारा थप ३७ नगरपालिका घोषणा भयो ।
३० चीनका प्रधानमन्त्री वेन जिआबाओद्धारा एकदिवसीय नेपाल भ्रमण गर्दै नेपाललाई ७५ करोड डलर सहयोग गर्ने लगायत आठबुदे सम्झौता र सहमतिमा हस्ताक्षर गर्नुभयो ।
माघ २ गते व्यापारी अपहरण गरेको आरोपमा पूर्वमन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ता पराउ पर्नुभयो ।
५ गते माओवादी जनसत्ताले गरेका निर्णय कार्यान्वयन नगर्न सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश जारी भयो ।
२९ गते नेपाली सेनाले ६ हजार पाच सय माओवादी लडाकुलाई मेजर पदसम्म दिने गरी कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्यो ।
फागुन १ गते सुडान घोटला प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले तीन पूर्वप्रहरी प्रमुख र दुई ठेकेदारलाई कैद सजाय र जरिवाना गर्दै ३१ प्रहरी अधिकारीलाई सफाइ दिइयो ।
७ गते ६२औ राष्ट्रिय प्रजातन्त्र दिवस सरकारले औपचारिक रुपमा नमनाएकोमा सर्वत्र विरोध भयो ।
९ गते सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरी सर्वोच्च अदालतद्वारा डेढ वर्ष कैद र एक करोड ६८ लाख जरिवाना, डिल्लीबजार सदरखोर चलान गरियो ।
१४ गते दाङका ७२ वर्षीय चन्द्रबहादुर डागी विश्वकै होचा व्यक्ति घोषित हुनुभयो ।
१५ गते नेपाल आयल निगमको गेटमा गराइएको शक्तिशाली बम विस्फोटमा परी तीनको मृत्यु र सात जना घाइते भए ।
२४ गते पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टमगर भिसाविना जर्मनी जाने क्रममा दुवई विमानस्थलमा ४८ घन्टा नियन्त्रणमा पर्नुभयो ।
२५ गते नेपालमा पहिलोपटक एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता राजधानीमा सुरु भयो ।
२६ गते सरकारद्धारा माओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराईलगायत ३६७ जनाको मुद्दा फिर्ता गर्ने निणर्य गरियो ।चैत ४ गते माओवादी उपाध्यक्ष वैद्य पक्षद्धारा भट्टराई सरकारलाई राष्ट्रघातीको संज्ञा दिदै आन्दोलनको घोषणा भयो ।
१० गते प्रधानमन्त्री डा बाबुराम भट्टराईद्वारा श्रममन्त्री सरिता गिरीलाई सचिवको सरुवा गरेको भन्दै बर्खास्त गर्नुभयो ।
१३ गते प्रधानमन्त्री डा बाबुराम भट्टराईद्वारा कृषिमन्त्री नन्दनकुमार दत्तलाई पनि बर्खास्त गर्नुभयो ।
१४ गते नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि गरियो । १५ गते प्रधानमन्त्री र सभामुखले संविधानसभाको म्यादबारे दिनुभएको निवेदन दरपीठलाई सर्वोच्चद्धरारा सदर । आगामी ०६९ जेठ १४ मा संविधानसभाको म्याद स्वत समाप्त हुने फैसला गर्यो ।
१७ गते सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन गर्ने तीन प्रमुख दलको बैठकमा सैद्धान्तिक सहमति भयो ।
१७ गते नै सेना समायोजनको काम चैत मसान्तसम्म सम्पन्न गर्ने गरी सेना समायोजन विशेष समितिले निर्णय गर्यो ।
२२ गते झापामा पत्रकार यादव पौडेलको अज्ञात समूहद्वारा हत्या भयो । २८ गते सेनासमायोजन विशेष समितिबाट माओवादी लडाकु र उनीहरु बसेका शिविर नेपाली सेनाको मातहतमा ल्याउने निर्णय गरी सोही दिन नै माआवादी शिविरहरुमा नेपाली सेनालाई प्रवेश गराइयो ।
त्यसका विरुद्ध माओवादी बैद्य पक्षद्धरा बिरोध प्रर्दशनका साथै पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बावुराम भट्राईको पुत्ला दहन भयो ।
र अन्तत वर्षको अन्त्यसँगै सेना समायोजन र शान्ति प्रक्रियासँग जोडिएका दलीय विवादहरुमा सहमति जुटाउँदै संविधान निर्माण प्रकृयालाई गति दिन प्रमुख दलहरुबीच ऐतिहासिक सहमति भएको छ । योसँगै आम नागरीकमा २०६९ साल जेठ १४ मै नयाँ संविधान बन्ने विश्वास पलाउँन थालेको छ ।टपनेपाल न्यूजबाट साभार
0 comments:
Post a Comment