सुदिप विश्वकमा,
धादिङ फागुन १४ त्रिपुरेश्वर /
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभासद पुष्प विक्रम मल्लले शान्ति प्रक्रिया छिट्टै पूर्णता पाउने बताउनु भएको छ । जनज्योती निम्न माध्यमिक विद्यालय त्रिपुरेश्वर १ सुकौराको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मल्लले सहमतिमा छिट्टै शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मल्लले “नेपालको राज्य संरचना जनताको पक्षमा न भै लोभी र पापीहरुको पक्षमा छ” भन्नुभयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि एवम् एकीकृत नेकपा माओवादी धादिङका सह–ईन्चार्ज रामबहादुर भण्डारीले हुँदा खाने र हुने खाने वर्गहरुका बीच दुई फरक–फरक शिक्षा प्रणाली कायम रहेसम्म सबै नागरिकको शिक्षामा पहुँच नहुने बताउनुभयो । सबै नागरिकको पहुँचमा रहने जनवादी शिक्षा प्रणालीको आवश्यकता रहेको उहाँको भनाई थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम गौलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण बुर्लाकोटीले विद्यालयको आर्थिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

0 comments:
Post a Comment