संचारकर्मी राज शर्मा |
केही समय पहिला अफिसबाट ९ बजेतिर खाना खानको लागि कोठामा जाँदै थिए । कोठा नजिकै केही मानिसहरु झुम्म भएका रहेछन् । मोटरसाइकल छिर्ने ठाउँ थिएन्, हर्न बजाए, बाटो त खुल्ला भयो तर बाटोमा एक महिला ढलि राखेको देखे । अर्धचेत अवस्थामा रहेकी ति महिलाको कपडाहरु भिजेको तथा रगतको टाटा जस्तो देखिन्थ्यो । ति महिलालाई समाएर एउटा १६/१७ बर्षजतिको केटो आमा आमा भन्दै रुन्चे स्वरमा सहयोगका लागि याचना गर्दै थियो । साथमा अर्को एउटा ५/६ बर्षको बच्चा पनि थियो । सो स्थानमा विद्यालय जान लागेका केही शिक्षिका, सोही स्थानमा बस्ने केही स्थानीय बासी, बच्चाहरुलाई विद्यालय पु¥याउन जान लागेका अभिभावक समेत गर्दा १८–२० जना जम्मा भइसकेका थिए ।
मैले के भएको भनेर सोध्दा एक शिक्षिका (कुराकानीमा स्कुल जान लागेको अव के गर्ने घरमै भएको भए त अलिक व्यवस्था गर्न हुन्थ्यो नि भनेको आधरमा)ले सुत्केरी रे हस्पिटलबाट निकालिदियो भनिन् । मलाई पनि अवस्था हेर्दा केही सोच्न बाध्य बनायो । गाडीका साथीहरुलाई फोन गरेर घर जाने व्यवस्था मिलाईदिने कि, पुलिसलाई फोन गरेर केही व्यवस्था हुन्छ कि जस्तो लाग्यो । त्यति नै बेला रुँदै त्यो केटोले आमालाई बाले उपचारका लागि ल्याएपनि सुत्केरी भएर हस्पिटलमा रहेकै बेला बच्चा मरेकाले छाडेर भागेको बतायो । यस्तो सुन्दा त्यहाँ जम्मा भएका सबैलाई भावुक बनायो । त्यसमा पनि जम्मा हुने धेरै महिला दिदी बहिनीहरु नै थिए । त्यत्तिकैमा एक जना शिक्षिकाले अलि अलि पैसा उठाएर घर जाने व्यवस्था मिलाईदिउँ भनिन् सबैले हुन्छ भने । १००÷५० का दरले १० मिनेटको वीचमा १५ सय जति पैसा जम्मा भयो । बाटोमा मोटरसाइकलमा हिडेकाहरु अन्य केही काममा हिडेकाहरुसँग पनि सबैले सहयोगको लागि आग्रह गरे । मैले गाडी मिल्छ कि भनेर फोन गरे तर तत्काल मिल्ने अवस्था भएन । म कोठामा गए, कपडा फेरेर पुनः केही व्यवस्था त गर्न प¥यो भनेर प्रहरीका इनिक्स्पेक्टरलाई फोन गरे । गाडीमा राखेर पठाईदिने व्यवस्था मिलाउँला भन्ने जवाफ आयो ।
त्यतिबेलासम्म सो स्थानमा झण्डै ५० जनाजति मानिसहरु आउने जाने हेर्ने कठ्ठै भन्ने केही सहयोग गर्ने गरिरहेका थिए । म पुनः सोही स्थानतर्फ जाँदै गर्दा उमेरले मेरै दमली हुँदा हुन् के भएको भनेर मलाई प्रश्न गरे, मैले यस्तो भएको भनेर आफुले सुनेको र देखेको आधरमा भने । दाईले यी हराम फेरि यहाँ आएछन् भन्दै कराउनुभयो । यिनीहरुलाई अस्ति पृथ्वीचोकमा १५ सय बटुलेर घर जाओ भनेको हो फेरि यहाँ आएछन् भन्नुभयो । मैले जाँउ न त को रहेछन् भनेर दाईलाई लिएर सोही ठाउँमा पुग्दा ती महिलाले कसैले ल्याईदिएको खाना खाएर त्यो छोरो भन्नेले उठाउँदै गरेको अवस्थामा भेट्यौं । ती दाईले यही हो, हरामी भनेर कराउनुभयो । म नजिकै गए, मदिराको गन्ध आयो । मलाई पनि आशंका लाग्यो । केटाले मदिरा सेवन गरेको रहेछ । त्यसपछि अस्ति पनि पृथ्वीचोकमा यसरी नै मागेको रे अनि फेरि किन घर नगएको त ? भन्दा म होइन म होइन् भनेर त्यो केटा रुन थाल्यो । केही समय पहिला शिथिल देखिएकी महिला लर्वराउँदै उठिन्, त्यो केटोले बोकेर त्यहाँबाट हिड्यो । त्यहाँ बाँकी रहेका मानिसहरु काम गरेर खाए हुने नि भन्दै आ–आफ्नो काममा फर्किए । म पनि कोठामा गए, खाना बनाएर खाँए । त्यहीवीचमा प्रहरी अफिसबाट आएको फोन रिसिभ गरे, गाडी मिलाईदिएर फोन गरेको भन्ने कुरा आयो, मैले तिनीहरुलाई केही पैसा उठाईदियौं र गए भन्ने जवाफ दिए । (समय भने धेरै नै भइसकेको थियो ।)
केही समयपछि म अफिसमा आए । कार्यकक्षमा नपुग्दै साथीहरुसँग भेट भयो । बाटोमा घर जाने क्रममा भएको घटना सुनाए । एक साथीले यो ठग्ने तरिका हिन्दी फिल्ममा देखाउँछ भन्दै सोही प्रकृतिको अर्को घटना सुनाउनुभयो । घटना अनुसार वहाँकी दिदीले पनि १ बर्ष जति पहिले पाल्पा घर भन्ने महिला र केटाकेटीले त्यसै भनेकाले ५ सय दिएको रे । पछि ठग भन्ने थाहा पाएर प्रहरीलाई बुझाउने भनेर खोज्दा भागेका रहेछन् । जे होस् साथीहरु प्नि घटनाबारे अचम्मित भए । मलाई भने ति महिला, उनको त्यो छोरो सानो फुच्चेले हिन्दी फिल्म हेरेरै यस्तो सिके भन्ने त विश्वास कत्ति पनि लागेन । म यति भन्न सक्छु पहिलोपटक सो अवस्थामा जो कसैलाई देख्ने जो कोही नेपालीको भावना छुन्छ अनि सहयोग गर्छ । साथीले पाल्पा रामपुरकै भनेका थिए भन्ने जानकारी दिएपछि ति महिला र केटो यस्तै नाटक गर्दै ठगीको मेसो गर्दैछन् भन्ने लाग्यो । आर्थिक अवस्था कमजोर भएर यस्तो नाटक गरेका होलान् । तर महिला र केटोले श्रम गरेर खानसक्ने शारीरिक अवस्था छ । आखिर यसरी ढाँटेर कतिदिन चल्ला गुजारा ।
अरु जनसमुदायलाई सूचित गर्नुपर्छ भन्ने सोचाईका साथ यति लेख्न बाध्य भए, तर पनि आफ्नै आँखा अगाडि भएको रियल जस्तै लाग्ने त्यो घटना अभिनय थियो या वास्तविकता भन्नेमा अहिलेसम्म द्विविधा रहेकै छ । ठग कामका लागि भारतीय मूलकाहरु(सबै होइन्) विभिन्न तरिका अपनाउँछन् भन्ने छलफल साथीहरुसँग हुने गर्दथ्यो । केही घटना सुनेको पनि हो । तर नेपाली(पाल्पा घर बताउने) त्यसमा पनि ३५/४० वर्ष जतिको देखिने महिला, भर्खर १५ वर्ष आसपासको केटोले यस्तो जुक्ति लगाएर ठग्छन् भन्दा पत्याउन गाह्रो पर्ला तर तिनीहरु सुत्केरी र विरामीको अभिनयमा ठगिरहेका छन् भन्ने वास्तविकतामा पु¥याउने केही प्रमाणहरु थाहा पाएपछि के भनौं । तपाईं भन्नुस न है नेपाली मन न हो, एउटी सुत्केरी महिलाको सडकमा नै यस्तो अवस्था देखिदा जो पनि संवेदनशील बन्छ । केही घटनाहरु सुनेपछि सोही आधारमा ठगी हो भन्ने लागेर मैले यति लेखिसक्दा वास्तविकता हो भनी पत्याउनैपर्छ । तर मेरो ठाउँमा जो सुकै नेपाली भएपनि पत्याउन भने गाह्रै पर्ला जस्तो लाग्छ । साभारः जनमुक्तिमार्ग साप्ताहिक

0 comments:
Post a Comment