धादिङ फागुन १५ धुषा /
धुषा गाउँ विकास समितिको वडा नं. ५ र ६ को दाङबाङ क्षेत्रलाई धादिङ क्षेत्र नं. ३ का सभासद शालिकराम जम्कट्टेलले हरियो झण्डा फराएर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको छ । आइतवार दुईवटा वडाको १ सय ५६ घरमा शौचालय निर्माण भै प्रयोगमा आउन थालेपछि गाउँलाई खुल्ला दिशामुक्त घोषणा गएिको हो । कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि जम्कट्टेललेजनताको चेतना स्तर बृद्धि सँगै हाम्रो गाउँ राम्रो बनाऔं भन्ने तर्फ जनताहरुको ध्यान जान थालेको बताउनुभयो । सबै वर्ग र क्षेत्रको विकासका लागि केन्द्रमा बहस गरेको उहाँको भनाई थियो । गाउँको विकासका लागि सक्दो पहल गर्ने बताउनुभएका जम्कट्टेलले विकासको क्रममा सबैको सहमति आवश्यक रहनेमा जोड दिनुभयो । शान्ति नेपालका कार्यकारी निर्देशक उत्तमराज कर्णिकार, एमसिसि नेपालका पिटर मग्रेस, सोहि संस्थाका रुथ मस्केन, दानीयल माइका श्रृष्टि, शान्ति नेपालका कार्यक्रम संयोजक पि आर शर्मा सहित स्थानीय राजनीतिक दलका प्रतिनिधि र बुद्धिजिविहरुको आतिथ्य रहेको कार्यक्रममा स्थानीय बासिन्दाले सामुहिक रुपम विभिन्न प्रतिबद्धता समेत जनाएका थिए । सो अवसरमा उनीहरुले शौचालयको प्रयोग गर्ने, जथाभावी फोहोर नगर्ने र गाउँलाई सफा राख्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा विभिन्न साँस्कृतिक झाकीँ सहित साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

0 comments:
Post a Comment